Ads Below Title

Ads Inside Post

Ads End Post

Mar 13, 2016

सिमरा गोल्डकपको उपाधि हेटौंडाको विजय युथलाई

बिमल रानाको ह्याटि्रकको मदतले रुपन्देही ११ लाई पराजित गर्दै हेटांैडाको विजय युथ क्लबले सातौं सिमरा गोल्डकपको उपाधि जितेको छ ।
शनिबार भएको फाइलन भिडन्तमा रुपन्देहीलाई ४-० ले पराजित गर्दै हेटौडाले पहिलो सहभागितामै उपाधि उचालेको हो । उपाधिसँगै हेटौंडाले पाँच लाख ५१ हजार हात पारेको छ भने उपविजेता रुपन्देहीले दुई लाख ५० हजारमै चित्त बुझाएको छ ।
सिमरा रंगशालामा भएको खेलको २१ औं मिनेटमा बिमल रानाले गोल गर्दै टिमलाई अग्रता दिलाए । सुनिल बलले प्रहार गरेको कर्नर बललाई सदुपयोग गर्दै रानाले हेड गोल गरे । त्यसअघि रुपन्देहीका गणेश खड्काले सुरुवातमै गोल गर्ने अवसर चुकाएका थिए ।
दोस्रो हाफमा लय समातेको हेटौंडाले तीन गोल थप्दै फराकिलो जित आत्मसाथ गर्‍यो । लगातार दबाब सिर्जना गरेको हेटौंडाले खेलको ५८ औं मिनेटमा अग्रता दोब्बर पार्‍यो । सुनिल बिकको पासलाई सदुपयोग गर्दै बलले अग्रता दोब्बर पारेका हुन् ।
त्यसको एक मिनेट बित्न नपाउँदै बिमलले ब्यक्तिगत दोस्रो टिम तथा टिमका लागि तेस्रो गोल गरे । फिनिसिङमा कमजोर देखिएको रुपन्देहीको रक्षापंक्ति सम्हालिन नसक्दा हेटौंडाका बिमल रानाले चौथो ७९ औं मिनेटमा ह्याटि्रक पुरा गरे ।
बिमलको प्रतियोगितामा यो चौथो गोल हो । चार गोल गरेका बिमलले सर्वाधिक गोलकर्ताको उपाधिसहित १५ हजार नगद पाए ।
बिमल नै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चुनिए । उनले मोटरसाईकल प्राप्त गरे । प्रतियोगिताको उत्कृष्ट गोलरक्षक हेटौडाका अशोक बराल र प्रशिक्षक सुविन घिमिरे घोषित हुँदा अन्य बिधाको पुरस्कार रुपन्देहीका खेलाडीले हात पारे ।
उत्कृष्ट मिडफिल्ड रुपन्देहीका शिव श्रेष्ठ, उत्कृष्ट डिफेन्स देवेन्द्र तामाङ, उत्कृष्ट फर्वाड योगेश गुरुङ घोषित भए । उनीहरुले नही १५ हजार प्राप्त गरेका छन् ।

No comments:

Post a Comment

Thanks.

Comments system

[facebook]

Disqus Shortname

Spot.IM ID

Flickr User ID

96081833@N05

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjfkzhO7bGO0Nyjr-N1AwrFWueKcgjQWVtusxtDZeXn1vSKu0KUImgxTnQm82EMGM3XZU7nf-GolGILRCaLMpzYlkoTpOdG4BDmPCjQRaf1-PMpQqyehHJguEq0nG3aIMBEJ-d42VjlGX3G/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.

Google ads Main JS