एसिया कप क्रिकेटमा भारतको लगाचार चौथो जित

फागुन २१ । बंगलादेशमा जारी एसिया कप क्रिकेट अन्तर्गत समूह चरणको अन्तिम खेलमा भारतले युएईलाई ९ विकेटले हराएको छ ।
बंगलादेशको मिरपुरमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८१ रन जोड्यो । युएईका लागि शैमान अनवरले ४३ रन जोड्नुबाहेक अन्य कुनै पनि ब्याट्सम्यान क्रिजमा टिक्न सकेनन्।
जवाफमा ८२ रनको सामान्य लक्ष्य भारतले १० ओभर १ बलमा १ विकेट गुमाएर पुरा गर्‍यो । भारतका लागि रोहित शर्माले ३९ रन तथा युवराज सिंहले अविजित २५ रनको योगदान दिए ।
जितसँगै भारतले एसिया कप क्रिकेटमा समूह चरणका सबै ४ खेल जितेको छ । ८ अंक जोडेको भारत र ६ अंक जोडेको आयोजक बंगलादेश फाईनलमा पुगिसकेका छन् । फाईनल खेल शनिबार हुनेछ ।
प्रतियोगिता अन्तर्गत आज हुने खेलमा पाकिस्तान र श्रीलंका भिड्नेछन् । यी दुबै टोली समूह चरणबाटै बाहिरिसकेकाले आजको खेल औपचारिकतामा मात्र सिमित हुनेछ ।

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.