ओडुम्बे केन्याको ब्याटिङ कोच नियुक्त

 माघ ११ । केन्याले विवादास्पद पूर्व कप्तान मौरिस ओडुम्बेलाई ब्याटिङ कोच नियुक्त गरेको छ ।
माघ
आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपालसँगको खेल अघि ओडुम्बे केन्याली टोलीको ब्याटिङ कोचमा नियुक्त भएका हुन् ।

ओडुम्बे सन् १९९६ देखि २००१ सम्म केन्याको कप्तान थिए र, केन्याले तीन पटक विश्वकप खेल्दा उनको मूख्य भूमिका छ । तर, २००४ मा उनी विवादमा परे ।
किताब प्रकाशकबाट रकम लिएको आरोपमा उनीमाथि ५ वर्ष प्रतिवन्ध लाग्यो ।
अब उनी आफ्नो पूर्व टिममेट मुख्य प्रशिक्षक थोमस आडोयो र सहायक प्रशिक्षक लामेक ओनयानगोसँगै राष्ट्रिय टोलीको प्रशिक्षण टोलीमा आवद्ध भएका छन् ।
नेपाल र केन्याको खेल आगामी मार्च दोस्रो साता हुनेछ तर, औपचारिक घोषणा हुन बाँकी छ ।

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.