विश्वकप क्रिकेटमा आज नेपाल र श्रीलंका भिड्ने

माघ २३ । भारतमा जारी दृष्टिविहीन विश्वकप ट्वेन्टी ट्वेन्टी क्रिकेटमा आज नेपालले श्रीलंकासंग खेल्नेछ ।

प्रतियोगितामा यो नेपालको छैटौं खेल हुनेछ । यसअघिका पाँच खेलमध्ये नेपाल एक खेलमा विजयी भएको छ भने चार खेल गुमाएको छ ।
नेपालले दक्षिण अफ्रिकालाई हराउँदा अष्ट्रेलिया, पाकिस्तान, बंगलादेश र वेष्ट इंडीजसँग पराजय भोगेको थियो ।
हिजोको खेलमा नेपाल वेष्ट इन्डिजसंग ४३ रनले पराजित भएको हो । खेलमा पहिले ब्याटिङ्ग गरेको वेष्ट इन्डिजले ७ विकेटको क्षतिमा दुई सय ८ रन बनायो ।

जवाफमा नेपालले ३ विकेटको क्षतिमा एक सय ६५ रनमात्र बनाउन सक्यो । १० टोली सहभागी प्रतियोगिताको लिग चरणमा शीर्ष चारमा रहने टिम सेमिफाइनलमा पुग्नेछ ।

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.