बास्केटबल प्रतियोगितामा निम्सलाई दोहोरो उपाधि


माघ २४  । आयोजक निम्सले छैटौं जितेन ठकुरी स्मृति अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा आइतबार दोहोरो उपाधि जितेको छ । निम्स सिनियर ब्वाइज र गर्ल्स दुवैमा च्याम्पियन बन्यो ।


टोखास्थित घरेलु कोर्टमा भएको ब्वाइज फाइनलमा निम्सले द स्काइलार्क स्कुललाई ५५–५१ ले पराजित गर्‍यो । निम्सको जितमा नम सुनारले १५ अंक योगदान गरे ।
तेश्रो क्वाटरको समाप्तिसम्म निम्स ३१–३४ ले पछि थियो । चौथो तथा अन्तिम क्वाटरमा १४–७ को अग्रता बनाउदै निम्सले उपाधि सुनिश्चित गरेको थियो । पहिलो क्वाटरमा १४–१७ ले पछि परेको निम्स दोश्रोमा १८–९ ले अगाडि रह्यो । तेश्रो क्वाटरमा पनि निम्स ९–१८ ले पछि परेको पर्‍यो ।
गर्ल्सको उपाधि भिडन्तमा निम्सले द चाँदबाग स्कुललाई ३२–२४ ले हरायो । निम्सकी मुना बस्नेतले १२ अंक जोडिन् ।
पहिलो क्वाटरमा दुवै टिमले १०–१० को बराबरी खेले । दोश्रोमा निम्सले ९–२ को अग्रता हासिल गर्‍यो भने तेश्रोमा ६–१० ले पछि प¥यो । चौथो क्वाटरमा निम्स ७–२ ले अगाडि रहँदै उपाधि हात पार्न सफल भयो ।
ब्वाइजमा सञ्जय नेपाली तथा गर्ल्समा मुना बस्नेत ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । दुवै उपाधि विजेता निम्सका हुन् ।
विजेतालाई निम्सकी प्रमुख कार्यकारी अधिकृत निकोल ठकुरी, बास्केटबल प्रमुख प्रशिक्षक दिनेशचन्द्र नकर्मी र निम्सका प्रिन्सिपल ज्ञानेन्द्र कार्कीले एक कार्यक्रमबीच पुरस्कृत गरे । आठदिने प्रतियोगिताको ब्वाइज र गर्ल्समा समान १२–१२ टिम गरी जम्मा २४ टिम सहभागी थिए ।
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.