Responsive Ad Slot

Showing posts with label Basketball. Show all posts
Showing posts with label Basketball. Show all posts

बास्केटबल प्रतियोगितामा निम्सलाई दोहोरो उपाधि

No comments

Feb 6, 2017


माघ २४  । आयोजक निम्सले छैटौं जितेन ठकुरी स्मृति अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा आइतबार दोहोरो उपाधि जितेको छ । निम्स सिनियर ब्वाइज र गर्ल्स दुवैमा च्याम्पियन बन्यो ।


टोखास्थित घरेलु कोर्टमा भएको ब्वाइज फाइनलमा निम्सले द स्काइलार्क स्कुललाई ५५–५१ ले पराजित गर्‍यो । निम्सको जितमा नम सुनारले १५ अंक योगदान गरे ।
तेश्रो क्वाटरको समाप्तिसम्म निम्स ३१–३४ ले पछि थियो । चौथो तथा अन्तिम क्वाटरमा १४–७ को अग्रता बनाउदै निम्सले उपाधि सुनिश्चित गरेको थियो । पहिलो क्वाटरमा १४–१७ ले पछि परेको निम्स दोश्रोमा १८–९ ले अगाडि रह्यो । तेश्रो क्वाटरमा पनि निम्स ९–१८ ले पछि परेको पर्‍यो ।
गर्ल्सको उपाधि भिडन्तमा निम्सले द चाँदबाग स्कुललाई ३२–२४ ले हरायो । निम्सकी मुना बस्नेतले १२ अंक जोडिन् ।
पहिलो क्वाटरमा दुवै टिमले १०–१० को बराबरी खेले । दोश्रोमा निम्सले ९–२ को अग्रता हासिल गर्‍यो भने तेश्रोमा ६–१० ले पछि प¥यो । चौथो क्वाटरमा निम्स ७–२ ले अगाडि रहँदै उपाधि हात पार्न सफल भयो ।
ब्वाइजमा सञ्जय नेपाली तथा गर्ल्समा मुना बस्नेत ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । दुवै उपाधि विजेता निम्सका हुन् ।
विजेतालाई निम्सकी प्रमुख कार्यकारी अधिकृत निकोल ठकुरी, बास्केटबल प्रमुख प्रशिक्षक दिनेशचन्द्र नकर्मी र निम्सका प्रिन्सिपल ज्ञानेन्द्र कार्कीले एक कार्यक्रमबीच पुरस्कृत गरे । आठदिने प्रतियोगिताको ब्वाइज र गर्ल्समा समान १२–१२ टिम गरी जम्मा २४ टिम सहभागी थिए ।

आर्सनललाई हराउँदै म्यानचेष्टर सिटी दोस्रो स्थानमा

No comments

Dec 19, 2016

पौष ४।  उपाधिको दाबेदार आर्सनललाई हराउँदै म्यानचेष्टर सिटी इंग्लिस प्रिमियर लिगको दोस्रो स्थामा उक्लिएको छ ।
आइतबार राति भएको खेलमा सिटीले एक गोलले पछि परेको अवस्था उल्टाउँदै २–१ के जित निकालेको हो ।
सिटीको घरेलु मैदान इत्तेहाद स्टेडियममा भएको खेलमा आर्सनलले पाँचौ मिनेटमा नै वालकाटको गोलबाट अग्रता लिएको थियो । र, पहिलो हापमा यो अग्रता कायमै राख्यो ।
र, दोस्रो हाफको सुरुमा नै सानेले घरेलु टोलीका लागि बराबरी गोल फर्काए । ७१ औं मिनेटमा स्टर्लिङले गोल गरे ।
पहिलो हाफमा पछि परेको सिटीमा उसका मुख्य खेलाडी एग्युरोको अभाव खड्किएको थियो । जुन, भूमिका दोस्रो हाफमा केभिन डि ब्रुयेनले निभाए । उनकै पासमा स्टर्लिङले गोल गरे ।
यो जितसँगै म्यानचेष्टर सिटी १७ खेलबाट ३८ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ । तर, लिग लिडर चेल्सीभन्दा अझै ७ अंकले पछाडि छ ।

पोखरामा भेट्रान्स राष्ट्रिय पुरुष खुला बास्केटबल हुने

No comments

Aug 28, 2016

भदौ ११ । पोखरामा भेट्रान्स राष्ट्रिय पुरुष खुला बास्केटबल प्रतियोगिता हुने भएको छ ।
४० वर्षमाथिका खेलाडीलाई लक्षित गरी आगामी कात्तिक ४ देखि ६ गतेसम्म प्रतियोगिता गर्न लागिएको कास्की जिल्ला बास्केटलबल संघले जनाएको छ ।
प्रतियोगितामा १२ टिमले भाग लिने बताइएको छ ।
प्रतियोगिताका संयोजक नारायणप्रसाद शर्माले पहिलो हुने टिमलाई ४० हजार ४ सय ४४ र दोस्रो हुनेलाई २५ हजार ५ सय ५५ रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिने जानकारी दिए ।
प्रतियोगिता सम्पन्न गर्न चार लाख ७५ हजार रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।
पहिलोपटक पोखरामा भेट्रान्स बास्केटबल प्रतियोगिता गर्न लागिएको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिने बास्केटबल संघ कास्कीका अध्यक्ष नेत्रबहादुर सेनले बताए ।

अन्तरविद्यालय बास्केटबलको दोस्रो दिन शनिबार आठओटा खेल

No comments
भदौ ११ । दोस्रो पुष्पसदन कप उपत्यकाव्यापी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको दोस्रो दिन शनिबार आठओटा खेल भएका छन् ।
कीर्तिपुरस्थित पुष्पसदन आवासिय माध्यमिक विद्यालयको मैदानमा भएको खेलमा सिनियरतर्फ कमल इंग्लिस स्कुल, ग्रीनफिल्ड स्कुल, ब्राइट होराइजन, न्यू जेनिथ स्कुल र इनोभेटिभ एकाडेमीले जित हासिल गरे ।
कमल इंग्लिस स्कुलले हिमालयन बोर्डिङ स्कुललाई ४४–३४ ले पराजित गर्दा ग्रीनफिल्ड स्कुलले एलआरआइ स्कुललाई ४०–३३ ले पराजित गर्‍यो ।
यस्तै, ब्राइट होराइजनले बृहस्पति विद्यासदनलाई ३३–२६ ले, न्यू जेनिथ स्कुलले ज्ञानोदयबाल बाटिकालाई ३२–१६ ले र इनोभेटिभ एकाडेमीले राराहिल मेमोरियललाई ४४–२८ ले पराजित गर्‍यो ।
यस्तै, जुनियर बास्केटबलतर्फ इनोभेटिभ एकाडेमीले न्यू जेनिथलाई ४०–२४ ले, ग्रीनफिल्डले एलआरआइलाई ३८–८ ले र हिल्टाउन इन्टरनेसनल स्कुलले कमल इंग्लिस स्कुललाई ३०–४ ले पराजित गर्‍यो ।
प्रतियोगितामा सिनियरतर्फ १८ टिम र जुनियरतर्फ १३ टिमको सहभागिता रहेको छ ।

ओडिसी र भ्याली पब्लिकको जित

No comments

May 9, 2016

वैशाख २७ । भ्याली पब्लिक र ओडिसीले प्रथम बीएनए अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा आइतबार जित हात पारेका छन् ।
भ्याली पब्लिकले आयोजक बसुन्धारा नेसनल एकेडेमी ‘बी’ लाई ३७–२७ ले पराजित गरेको हो । विजेताका सक्रिय अधिकारीले १२ अंक जोडे ।
ओडिसीले लालीगुराँसलाई ३५–२८ ले हरायो ।
जुनियर ब्वाइजकै अन्य खेलमा गोल्डेनपिकले अभियान पब्लिक स्कुललाई २५–२१, एचएचसीएले ज्ञानसिन्दुलाई २७–१९, ग्रिनल्यान्डले हिमालयनलाई १८–८ तथा एन्जल्स हार्टले इडेन ब्रिज एकेडेमीलाई २९–२१ ले पन्छाए ।
सिनियर गर्ल्समा भ्याली पब्लिक ‘बी’ ले भद्रकालीलाई २६–१६, हिमालयनले ओडिसीलाई ७–४, डेनेब एकेडेमीले भ्याली पब्लिक ‘ए’ लाई १९–५ तथा इडेन ब्रिजले ओडिसीलाई १६–९ ले निराश पारे ।

बास्केटबल कप सुरु

No comments

May 2, 2016

वैशाख २० । तेस्रो सेन्ट जेभियर्स इन्टर कलेज बास्केटबल कप सोमबारदेखि राजधानीमा सुरु भएको छ ।

सेन्ट जेभियर्स कलेजको बास्केटबल कोर्टमा जारी प्रतियोगितामा ९ ओटा कलेजका महिला तथा पुरुष टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।

प्रतियोगितामा दुबै विधाका विजेता टोलीले जनही १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

८ दिनसम्म सन्चालन हुने प्रतियोगिताको उपाधि भिडन्त आगामी आइतबार हुनेछ ।

महिला बास्केटबलमा नेपालको लगातार दोस्रो जित

No comments

Mar 31, 2016

चैत १८ । राजधानीमा जारी प्रथम दक्षिण एसियाली महिला बास्केटबल च्याम्पियनसिपमा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ ।

पहिलो दिन बंगलादेशलाई ९२–२६ ले हराएको नेपालले ‘राउन्ड रोविन लिग’को दोस्रो खेलमा बुधबार माल्दिभ्सलाई ७७–३६ ले हरायो ।
नेपालको जितमा स्नेहा श्रेष्ठले २४ स्कोर गरिन् । स्नेहालेबंगलादेशविरुद्धको खेलमा २६ स्कोर गरेकी थिइन् ।
चौथो क्वार्टरमा १२–१७ ले पछि परेको नेपाल त्यसअघिका क्वार्टरमा भने निकै अगाडि थियो ।
नेपालले पहिलोमा २२–०, दोस्रोमा १९–१३ तथा तेस्रोमा २४–६ को अग्रता हासिल गरेको थियो ।
प्रतियोगितामा श्रीलंकाले पनि लगातार दोस्रो जित हासिल गरेको छ ।
पहिलो दिन माल्दिभ्सलाई हराएको श्रीलंकाले दोस्रो बुधबार दिन भुटानलाई ११२–३१ ले पराजित गर्‍यो ।
प्रतियोगिताअन्तर्गत् बिहीबार बंगलादेश र माल्दिभ्स तथा भुटान र नेपालबीचको खेल हुनेछ । 

दक्षिण एसियाली महिला बास्केटबलमा नेपालको विजयी सुरुआत

No comments

Mar 30, 2016

चैत १७ । पहिलो दक्षिण एसियाली महिला बास्केटबल प्रतियोगिता मंगलबारदेखि काठमाडौंमा सुरु भएको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा जारी प्रतियोगितामा नेपालले विजयी सुरुआत गरेको छ ।

नेपालले मंगलबार बंगलादेशलाई ९२–२६ को फराकिलो अन्तरले पराजित गरेको हो । नेपालका लागि स्नेहा श्रेष्ठ एक्लैले२५ स्कोर गरिन् ।

प्रतियोगिताअन्तर्गत् पहिलो दिनको पहिलो खेलमा श्रीलंकाले माल्दिभ्सलाई १०६–३७ को फराकिलो अन्तरले पराजित गर्‍यो ।

नेपाल बास्केटबल संघको आयोजनामा जारी पाँचदिने प्रतियोगितामा दक्षिण एसियाका पाँच राष्ट्रको सहभागिता छ ।

दोस्रो दिन दिउँसो २ बजे भुटानले श्रीलंकासँग तथा अपराह्न साढे ४ बजे नेपालले माल्दिभ्ससँग खेल्ने कार्यक्रम छ । 

नालान्दले उचाल्यो उपाधि

No comments

Feb 5, 2016


माघ २२ । पहिलो नालान्द अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि आयोजक नालान्द बोर्डिङ स्कुलले जितेको छ ।

विहीबार भएको फाइनल खेलमा ओसिस स्कुललाई ४९–३३ ले पराजित गर्दै नालान्दले उपाधि उचालेको हो ।
माघ १६ गतेदेखि सुरु भएको प्रतियोगितामा आयोजकसहित पाँच विद्यालयले प्रतिस्पर्धा गरेका थिए ।

‘राउन्डरोबिन लिग’का आधारमा खेलाइएको प्रतियोगिताको शीर्ष दुई स्थान ओगट्ने टोलीहरुले फाइनल खेलेका हुन् । प्रतियोगितामा बिजेता नालान्द स्कुलका हेमलाल श्रेष्ठ उत्कृष्ट खेलाडी घोषित हुँदा नालान्दकै नवीन लोहार उत्कृष्ट डिफेन्सिभ खेलाडी र क्याम्पियन स्कुलका नियोन शेरचन सर्वाधिक स्कोर गर्ने खेलाडी बने । 

डेनेब बास्केटबल आइतबारदेखि

No comments

Jan 15, 2016

माघ १।  डेनेब एकेडेमीको आयोजनामा छैटौं डेनेब अन्तरविद्यालय बास्केटबल प्रतियोगिता आइतबारदेखि हुने भएको छ ।प्रतियोगितामा सिनियर ब्वाइज र गल्र्स तथा जुनियर ब्वाइजमा गरी जम्मा ३८ टिमको सहभागिता रहने डेनेबका खेलकुद संयोजक विकास बोटेले जनाएका छन् । सिनियर ब्वाइजमा १६, सिनियर गल्र्समा १० तथा जुनियर ब्वाइजमा १२ टिमले प्रतिस्पर्धा गर्नेछन् ।

साग बास्केटबल टोली बैंकक जाँदै

No comments

Jan 8, 2016

पुष २४।  भारतमा हुने १२ औं दक्षिण एसियाली खेलकुद -साग) को तयारीका लागि नेपाली बास्केटबल टोली थाइल्यान्डको बैंकक जाने भएको छ ।
सागका लागि छनोट भएका पुरुष/महिला गरी २४ खेलाडीसहित २९ सदस्यीय टोली बैंकक जान लागेको हो । पुरुष/महिला खेलाडी संख्या समान १२-१२ रहेको छ ।
पुरुष खेलाडीमा आयुश सिंह, सौरभ श्रेष्ठ, सागर थापा, सुशील गुरुङ, सदीश प्रधान, गगनबहादुर महतारा, मविन्द्र भण्डारी, विनोद महर्जन, राजिव जोशी, सोनाम लामा, अशिम श्रेष्ठ तथा विक्रम जोशी रहेका छन् । प्रशिक्षकमा दिनेशचन्द्र नकर्मी, सहायक प्रशिक्षकमा विकु महर्जन र व्यवस्थापकमा विनोद श्रेष्ठ छन् ।
त्यस्तै महिलामा सदिना श्रेष्ठ, प्रीति तुलाचन, स्नेहा श्रेष्ठ, लुनिभा सिंह, अनुषा मल्ल, ज्ञानु गौचन, एलिना गुरुङ, भावना लामा, सुजाता राई, माया स्याङ्तान, श्रेया खड्का तथा एलिसा मल्ल छन् । प्रशिक्षकमा विकास शाही र सहायक प्रशिक्षकमा निराजन सत्याल रहेका छन् ।
प्रशिक्षक शाहीका अनुसार टोली करिब १ महिना बैंककमा रहने छ ।

ज्ञानकुञ्ज बास्केटबल बेसको उपाधि प्रहरी उच्च माविलाई

No comments

Sep 29, 2015

आश्विन १२।  काभ्रेमा सम्पन्न ज्ञानकुञ्ज अन्तरकलेज बास्केटबल बेसको उपाधि नेपाल प्रहरी उच्च मावि साँगाले जितेको छ ।

सोमबार भएको फाइनलमा आयोजक ज्ञानकुञ्ज कलेजलाई हराउँदै नेपाल प्रहरीले उपाधि जितेको हो । पुलिस ४९–३९ ले विजयी भयो । प्रतियोगितामा जिल्लाका ६ कलेजका ७ टिमले भाग लिएका थिए । विजेता, उपविजेतालाई काभ्रेका निमित्तप्रमुख जिल्ला अधिकारी अर्जुनकुमार शर्माले शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरेका थिए ।

लिभरपुल र मोर्गन सेमिफाइनल भिड्दै

No comments

Sep 10, 2015

भाद्र २४।  लिभरपुल इन्टरनेसनल कलेज र मोर्गन इन्टरनेसनल कलेज एनसेल यु-१८ अन्तरकलेज बास्केटबल प्रतियोगितामा बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।
लगनखेलस्थित आर्मी शारीरिक तालिम तथा खेलकुद केन्द्रमा भएको पहिलो सेमिफाइनलमा लिभरपुलले टाइम्स इन्टरनेसनल कलेजलाई ५४-३९ ले पराजित गर्‍यो । लिभरपुलका समिर निरौलाले १८ अंक जोडे ।
लिभरपुलले पहिलोमा १०-३, दोश्रोमा १९-१६ र तेश्रोमा १४-६ को अग्रता बनाउदै जित सम्भव तुल्याएको थियो । लिभरपुल चौथोमा ११-१४ ले पछि पर्‍यो ।
मोर्गनले जेभियर इन्टरनेसनल कलेजलाई ५०-४० ले हरायो । मोर्गनको जितमा डेन्जु गुरुङले १५ अंक योगदान गरे ।
पहिलो क्वाटरमा ९-१० को झीनो अन्तरले पछि परेको मोर्गन दोश्रोमा १६-७ ले अगाडि रह्यो । तेश्रोमा मोर्गनले १२-८ को अग्रता हासिल गर्‍यो भने चौथोमा १३-१५ ले पछि पर्‍यो । 
Don't Miss

Translate

Shreeji Media © All Rights Reserved 2025
Design By KpCat