Responsive Ad Slot

मुम्बई इन्डियन्सको जित

No comments

Apr 30, 2017

वैशाख १७ । इन्डियन प्रिमियर लिग (आइपीएल) को जारी शृंखला अन्तर्गत गएराति सम्पन्न रोमाञ्चक प्रतिश्पर्धामा मुम्बई इन्डियन्सले गुजरात लायन्सलाई पराजित गरेको छ ।


निर्धारित २० ओभरको खेल बराबरीमा टुंगिएपछि नतिजाका लागि ‘सुपर ओभर’ सम्म लम्बिएको प्रतिश्पर्धामा मुम्बईले बाजी मारेको हो ।
सुपर ओभरमा मुम्बईले ११ रन बनाएको थियो भने गुजरातले ६ रनमात्र बनाउन सक्यो ।
यसअघि जितका लागि १५४ रनको लक्ष्य पाएको मुम्बईले २० ओभरमा १५३ रनमात्र बनाउन सकेपछि खेल बराबरीमा पुगेको थियो । टस जितेर पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ९ विकेट गुमाएर १५३ रन बनाएको थियो । मुम्बई २० ओभरमा १५३ रन मै समेटिएपछि खेल बराबरी भएको थियो ।

पराजित भएसँगै सन्डरल्याण्ड रेलिगेसनमा

No comments

वैशाख १७ । इङ्लिस फुटबल क्लव सन्डरल्याण्ड प्रिमियर डिभिजनबाट दोस्रो श्रेणीमा झरेको छ ।

प्रिमियर लिगअन्तर्गत गएराति भएको खेलमा बर्नमाउथसँग १–० ले पराजित भएपछि सण्डरल्याण्डको प्रिमियरशीप यात्रा टुंगिएको हो । १० वर्षे प्रिमियर डिभिजनको बसाईमा थुप्रै पटक रेलिगेसनको संघारमा पुगेर पनि जोगिँदै आएको सण्डरल्याण्ड यसपटक भने जोगिन सकेन ।
गएरातिको हारपछि अंक तालिकाको पुछारमा रहेको सण्डरल्याण्ड ४ खेल खेल्न बाँकी छँदै रेलिगेसनमा परेको हो । सण्डरल्याण्डले अब आगामी सिजनमा च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्नेछ ।
गएरातिको खेलमा बर्नमाउथका जोसुवा किङले ८८ औं मिनेटमा निर्णायक गोल गरेपछि सण्डरल्याण्डको रेलिगेशन पक्का भएको थियो ।
प्रिमियर लिग फुटबलमा गएराति लेष्टर सिटी र बर्नले पनि विजयी भए । लेष्टर सिटीका जेमी भार्डीले निर्णायक गोल गरेपछि वेष्ट ब्रोम १–० ले पराजित भयो ।
यसैगरी बर्नलेले क्रिष्टल प्यालेसलाई २–० ले हरायो ।
गएराति भएका अन्य खेलमा साउथह्याम्पटन र हल सिटी तथा स्टोक सिटी र वेष्ट ह्याम युनाईटेडले गोलरहीत बराबरी खेलेका छन् ।
इङ्लिस प्रिमियर लिग फुटबलमा आज राति उपाधि दावेदारहरुले खेल्नेछन् । तालिकाको शीर्ष स्थानमा रहेको चेल्सीले सातौं स्थानको एभर्टनसँग खेल्दा दोस्रो स्थानको टोटनह्याम हट्सपरले छैटौं स्थानको आर्सनलसँग प्रतिस्पर्धा गर्नेछ ।
यसैगरी म्यान्चेस्टर युनाईटेड र स्वान्सी सिटी तथा मिडिल्सब्रो र म्यान्चेस्टर सिटी भिड्नेछन् ।

आईपीएल क्रिकेटमा कोलकाता र पञ्जाव विजयी

No comments

Apr 24, 2017

बैशाख ११ । इन्डियन प्रिमियर लिग क्रिकेट ‘आईपीएल’अन्तर्गत आइतबार राती भएका खेलमा कोलकाता नाईट राईडर्स र किङ्स ईलेभेन पञ्जाव विजयी भएका छन् ।


आफ्नै मैदान ईडन गार्डनमा भएको खेलमा कोलकाताले रोयल च्यालेन्जर्स बैंग्लोरलाई ८२ रनले हरायो ।
खेलमा पहिले ब्याटिङ गरेको कोलकाताले १९ ओभर ३ बलमा अलआउट हुनुपूर्व १ सय ३१ रन जोड्यो । कोलकाताका सुनिल नारेनले ३४ रन जोडे ।
जवाफमा १ सय ३१ रनको सामान्य लक्ष्य पछ्याएको बैंग्लोरले ९ दशमलव ४ ओभरमा अलआउट हुनुपुर्व ४९ रन मात्रै बनाउन सक्यो ।
बैंग्लोरका कुनै पनि व्याट्सम्यानले दोहोरो अंकको रन बनाउन सकेनन् । बैंग्लोरको ईनिङ ध्वस्त पार्ने क्रममा कोलकाताका नाथन कुल्टर नाईल, क्रिश वोक्स र कोलिन डे ग्रानहोमले तीन तीन विकेट लिए ।
आइतबार नै भएको पहिलो खेलमा किङ्स ईलेभेन पञ्जावले गुजरात लायन्सलाई २६ रनले हराएको छ ।
खेलमा पहिले व्याटिङ गरेको पञ्जावले २० ओभरमा ७ विकेट गुमाएर १ सय ८८ रन बनायो । पञ्जावका हसिम अमलाले ६५ रन जोडे ।
जवाफमा १ सय ८९ रनको लक्ष्य पछ्याएको गुजरातले २० ओभरमा ७ विकेट गुमाएर १ सय ६२ रन मात्रै बनाउन सक्यो । गुजरातका दिनेश कार्तिकले अविजित ५८ रन जोडे ।

रियालको उपाधि यात्रामा धक्का

No comments

बैशाख ११ । स्पेनिस लिग फुटबलमा बार्सिलोनाले रियाल मड्रिडलाई पराजित गरेको छ ।


उपाधि दावेदार दुई टोलीबीचको चर्चित भिडन्त एल क्लासिकोमा बार्सिलोना ३-२ ले विजयी भयो ।
रियाल मड्रिडको मैदानमा भएको खेलमा पाहुना टोली बार्सिलोनालाई विजयी गराउन लियोनल मेस्सीले दुई तथा ईभाँ राकिटिचले एक गोल गरे ।
पराजित टोली रियाल मड्रिडका क्यासेमिरो र जेम्स रोड्रिग्वेजले एक-एक गोल गरेका थिए ।
खेलमा रियाल मड्रिडका डिफेन्डर सर्जीयो रामोसले ७७ औं मिनेटमा रातो कार्ड खाएपछि घरेलु टोलीले पछिल्लो १३ मिनेट १० जनामै खेल्नुपरेको थियो ।
जितपछि बार्सिलोनाले लिग तालिकामा रियाल मड्रिडलाई उछिनेको छ । ३३ खेलबाट उसको ७५ अंक छ ।
एक खेल कम खेलेको रियाल मड्रिडको समान ७५ अंक भए पनि गोलअन्तरका आधारमा दोस्रो स्थानमा रहेको छ ।

धनगढीले जित्यो डीपीएल

No comments

वैशाख ९ । धनगढी प्रिमियर लिग (डीपीएल) ट्वेन्टी–२० क्रिकेट प्रतियोगिताको उपाधि टिम चौराहा धनगढीले जितेको छ ।


कैलालीको धनगढीस्थित सेती अञ्चल प्रहरी कार्यालयको मैदानमा शनिबार भएको फाइनल खेलमा शरद भेषावकरको कप्तानीमा रहेको विराटनगर किंग्सलाई ६२ रनले हराउँदै पारस खड्काको टिम धनगढीले उपाधि जितेको हो ।
खेलमा टस जितेर पहिले ब्याटिङ गरेको धनगढीले पूरा ओभर खेल्दै ५ विकेट गुमाएर १५९ रन बनाएको थियो । धनगढीका लागि आरिफ शेखले सर्वाधिक ५४ रन जोडे ।
प्रतियोगिताकै ‘फास्टेस्ट’ अर्धशतक बनाउनेक्रममा आरिफले ३० बलमा ५४ रन जोडे ।
यसैगरी, अमरसिंह राउटेलाले अविजित ३१ रन जोड्दा कप्तान पारस खड्काले २९ रनको योगदान दिए ।
विस्फोटक ब्याटिङ गरेका आरिफ र राउटेलाले पाँचौ विकेटका लागि २४ बलमा ६३ रनको साझेदारी गरेका थिए ।
बलिङतर्फ विराटनगरका सुशील कँडेलले २ विकेट लिए ।
जवाफमा १६० रनको लक्ष्य पछ्याएको विराटनगरले १८ ओभर १ बलमा अलआउट हुनुपूर्व ९७ रनमात्रै बनाउन सक्यो ।
विराटनगरका लागि अमित श्रेष्ठले २७ बलमा २६ रन जोड्नुबाहेक अरु कुनैपनि ब्याट्सम्यान क्रिजमा टिक्न सकेनन् ।
विराटनगरलाई सस्तैमा समेट्न धनगढीका सुशन भारीले ४ ओभरमा १८ रन खर्चेर ३ विकेट लिए । यसैगरी, आरिफ शेख र सौरभ खनालले २/२ विकेट लिए ।
जितसँगै पारस खड्काको टिम धनगढीले १५ लाख रुपैयाँ पुरस्कार हात पार्‍यो भने उपविजेतामा समेटिएको विराटनगरले ७ लाख रुपैयाँमा चित्त बुझायो ।
‘म्यान अफ द सिरिज’ बनेका विराटनगरका सुशील कँडेलले २०० सीसीको अपाचे मोटरसाइकल जितेका छन् ।

रुपन्देहीलाई पराजित गर्दै चौराहा फाइनलमा

No comments

Apr 21, 2017

वैशाख ८  । बिहिबार सम्पन्न खेलमा शक्ति गौचनको रुपन्देही च्यालेन्जर्सलाइ ९२ रनको भारी अन्तरले पराजित गर्दै पारस खड्काको टिम चौराहा धनगढी डिपिएल क्रिकेटको फाइनलमा प्रबेश गरेको छ ।


सेती अञ्चल प्रहरी कार्यालयको मैदान धनगढीमा सम्पन्न खेलमा १ सय ७३ रनको बिजयी लक्ष्य पछ्याएको रुपन्देही १५ दशमलब २ ओभरमा ८० रनमै समेटिएपछि धनगढीले फाइनलमा स्थान बनाएको हो ।
रुपन्देहीका ब्याट्सम्यनहरु चल्न नसकेको खेलमा कृष्ण कार्की र राजेश पुलामी मगरले समान १४ तथा पुष्प थापाले १३ रन जोड्नु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक समेत छुन सकेनन् ।
धनगढीकालागि शौरभ खनाल र ललित राजबंशीले समान ३–३ विकेट लिदा आरिफ शेखले २ तथा सुशान भारीले १ विकेट लिदै रुपन्देहीको इनिङ धरासायी पारे ।
खेलमा यसअघि टस जितेर पहिले ब्याटिङ गरेको धनगढीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ७२ रन बनायो । धनगढीका लागि कप्तान पारस खड्काले प्रतियोगिताकै सर्वाधिक ६७ रन बनाए ।
४१ बल सामना गरेका पारसले ४ छक्का र ६ चौका प्रहार गरे । यसैगरी राजु रिजालले २५ रन तथा सौरभ खनालले २४ रनको योगदान दिए । बलिङ्गतर्फ रुपन्देहीका कृष्ण कार्कीले २ विकेट लिए । खेलको म्यान अफ द म्याच पारस खड्का घोषित भए ।
प्रतियोगिताको उपाधीका लागि शनिबार धनगढीले शरद भेषावकरको बिराटनगर किङ्ससँग खेल्ने छ । समुह चरणमा सुरुवाती ३ खेल हार्दै संकटमा परेको धनगढीले त्यसपछिका लगातार तीन खेल जित्दै फाइनल यात्रा तय गर्दा समुह चरणमा १ खेल मात्र हार्दै शीर्ष स्थानमा रहेको रुपन्देही भने पछिल्ला सबै तीन खेलमा पराजित हुदै प्रतियोगिताबाट बाहिरिएको छ ।

अन्तर्राष्ट्रिय म्याराथन हुने लाङटाङमा

No comments

वैशाख ८ । नेपालको महत्वपूर्ण पदयात्रा गन्तव्यकोरुपमा रहेको लाङटाङमा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिता आयोजना गरिने भएको छ ।

ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान)ले यही वैशाख १२ गते म्याराथन प्रतियोगिता गर्न लागेको हो ।
टानले बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी ‘लाङटाङ क्षेत्र पदयात्राका लागि सुरक्षित छ’ भन्ने सन्देश प्रवाह गर्न म्याराथन गर्न लागेको जनाएको हो ।
भूकम्पबाट क्षतविक्षत भएको लाङटाङ क्षेत्रमा पर्यटकीय गतिविधि ठप्प भएको अवस्थामा प्रतियोगिताले अन्तर्राष्ट्रियजगतमा सकरात्मक सन्देश जाने विश्वास गरिएको छ ।
टानका सदस्य सूर्य घिमिरेले प्रतियोगिता खुला महिला र पुरुष गरी दुई समूहमा हुने जानकारी दिए ।
प्रतियोगितामा भाग लिन विभिन्न देशका धावकहरु नेपाल आइसकेका छन् भने प्रतियोगितामा एक सय ५० जनाभन्दा बढी सहभागी हुने जनाइएको छ ।

पराजयसँगै लिगमा बार्सिलोनको यात्रा पनि टुंगियो

No comments

Apr 20, 2017

वैशाख ७ । च्याम्पियन्स लिग फुटबलमा गएराति भएको खेलमा बार्सिलोना पराजित भएको छ । पराजयसँगै लिगमा बार्सिलोनको  यात्रा पनि टुंगिएको छ । 

क्वाटरफाइनलको दोस्रो लेगअन्तर्गत भएको खेलमा इटालियन क्लब युभेन्टससँग गोलरहित बराबरीमा रोकिएपछि बार्सिलोनाको च्याम्पियन्स लिग यात्रामा पूर्णविराम लागेको हो । पहिलो लेगमा ३–० ले पराजित भएको बार्सिलोनाले घरेलु मैदान क्याम्प नाउमा भएको दोस्रो लेगमा एक गोल पनि गर्न सकेन र यात्रा टुंगियो ।
गोलरहित बराबरीपछि युभेन्टस समग्रमा ३–० को जितसहित अन्तिम चारमा पुगेको हो । अन्तिम १६ को पहिलो लेगमा पेरिस सेन्ट जर्मेन (पिएसजी) सँग ४–० ले पराजित भएर पनि बार्सिलोनाले दोस्रो लेगमा ऐतिहासिक पुनरागमन गरेको थियो ।
दोस्रो लेगमा ६–१ को जित निकालेर अन्तिम ८ मा स्थान बनाएको बार्सिलोनाले क्वाटरफाइनलको दोस्रो लेगमा पनि त्यस्तै पुनरागमन गर्न सक्ने अपेक्षा गरिएको थियो । तर घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले ३५ पटक पोस्ट प्रहार गरे पनि गोल गर्न सकेन ।
बार्साका हस्तीहरु लियोनल मेस्सी, लुइस स्वारेज तथा नेइमारले गोल गर्न सकेनन् । योसँगै बार्सिलोना लगातार दोस्रो सिजन च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गर्न असफल भएको छ ।
गएराति नै भएको अर्को खेलमा फ्रेन्च लिग वान क्लब मोनाको च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । क्वाटरफाइनलको दोस्रो लेगमा घरेलु मैदानमा भएको खेलमा जर्मन क्लब बोरुसिया डर्टमुण्डलाई ३–१ ले हराएर समग्रमा ६–३ को जितसहित मोनाकोले अन्तिम चारमा स्थान पक्का गरेको हो ।
मोनाको सन् २००४ पछि पहिलो पटक च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गर्न सफल भएको हो ।

विराटनगर फाइनलमा, काठमाडौं बाहिरियो

No comments

वैशाख ७  । विराटनगर किंग्स धनगढीमा जारी धनगढी प्रिमियर लिग (डीपीएल) ट्वेन्टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।


बुधबार पहिलो क्वालिफायर्स खेलमा विराटनगरले बुधबार रुपन्देही च्यालेन्जर्सलाई २९ रनले पराजित गर्दै फाइनलमा ठाउँ बनाएको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित् २० ओभरमा ९ विकेट गुमाएर १२८ रन बनाएको थियो ।
आसिफ शेखले सर्वाधिक ३६ रन जोडे । यसैगरी, कप्तान शरद भेषावकरले २४ रनको योगदान दिए ।
रुपन्देहीका कप्तान शक्ति गौचनले ३ तथा दीपेश श्रेष्ठले २ विकेट लिए ।
जवाफमा रुपन्देहीले ९९ रनमात्रै बनाउन सक्यो । पुष्प थापाले २२ रन जोडेको इनिङलाई सस्तैमा समेट्नेक्रममा ‘म्यान अफ द म्याच’ सुशील कँडेलले १५ रन खर्चेर ४ विकेट लिए ।
पहिलो चरणमा शीर्ष स्थानमा रहेर पहिलो क्वालिफायर खेलेको पराजित रुपन्देहीले अब फाइनल प्रवेशका लागि फेरि दोस्रो क्वालिफायरमा बिहीबार पारस खड्का नेतृत्वको धनगढी टिम चौराहासँग खेल्नेछ ।
धनगढी क्वालिफायर्समा, काठमाडौं बाहिरियो
बुधबारै भएको इलिमिनेटर खेलमा बसन्त रेग्मी नेतृत्वको काठमाडौं गोल्डेन्सलाई ६ विकेटले हराउँदै धनगढीले क्वालिफायर खेल्ने अवसर पाएको हो ।
१२४ रनको चुनौती धनगढीले १८ ओभर २ बलमै ४ विकेटको क्षतिमा पूरा गरेको हो ।
‘म्यान अफ द म्याच’ अनिल मण्डलले ४४ तथा आरिफ शेख र पृथु बास्कोटाले समान २२/२२ रन बनाए ।
यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौंले रोहितकुमार पौडेल र सुमीत महर्जनको समान ३१/३१ रनको मद्दतले ६ विकेटको क्षतिमा १२३ रन बनाएको थियो ।
अमर राउटेला र ललित राजवंशीले २/२ विकेट लिए । हारसँगै काठमाडौं प्रतियोगिताबाट बाहिरिएको छ ।

रोनाल्डोले गरे ह्याट्रिक

No comments

Apr 19, 2017

बैशाख ६ । च्याम्पियन्स लिग फुटबलमा क्रिष्टियानो रोनाल्डोको ह्याट्रिकको मद्दतमा साविकको विजेता रियाल मड्रिड सेमिफाईनलमा प्रवेश गरेको छ ।


मंगलबार राति भएको दोस्रो लेगमा रियल मड्रिडले १० खेलाडीमा सिमित बार्यन म्युनिखमाथि अतिरिक्त समयको खेलमा ४-३ गोल अन्तरले जित हात पारेको हो ।
पहिलो लेगमा २-१ को जित निकोलेको रियल समग्रमा ६-३ को जितका साथ अन्तिम चारमा पुगेको छ ।
रियलको घरेलु मैदानमा भएको खेलमा बार्यनका भिडालले रातो कार्ड पाएका थिए भने रोनाल्डोले ह्याट्रिक गर्न भ्याए । खेलमा बार्यन म्युनिखले अग्रता लिएपनि परिणाम जोगाउन सकेन ।
यस्तै लिसेस्टरलाई हराउँदै एथ्लेटिको मड्रिड पनि सेमिफाइनलमा पुगेको छ ।
राति नै भएको दोस्रो लेग १-१ को बराबरीमा सकिए पनि पहिलो लेगमा निकालेको १-० को जितले एथ्लेटिकोलाई अघिल्लो चरणमा पुर्‍याएको हो ।

खेलाडीको लागि छुट्टै अस्पताल

No comments

वैशाख ६  । राष्ट्रले खेलाडीका लागि स्वास्थ्य–उपचारमा सहुलियत दिनुपर्ने माग खेलाडीले गरेका छन् ।

स्वास्थ्यमन्त्री गगनकुमार थापा र राज्यमन्त्री तारामान गुरुङलाई भेटी राष्ट्रिय खेलकुद परिषद्का सदस्य उपेन्द्रकुमार पौडेल संयोजक रहेको खेलाडी सुविधा सुझाव कार्यदलले पाँचबुँदे मागसहितको पत्र बुझाएको छ ।
दक्षिण एसियाली खेलकुद (साग) र एसियन खेलकुदमा स्वर्ण पदक विजेतालाई स्वास्थ्य सेवामा शतप्रतिशत निःशुल्क गर्नुपर्ने, रजत पदक विजेता र ओलम्पिक खेलमा सहभागीलाई ८० प्रतिशत निःशुल्क तथा सागमा कास्य पदक विजेतालाई ७० प्रतिशत, राष्ट्रिय खेलाडीलाई ५० प्रतिशतसम्म निःशुल्क स्वास्थ्य सेवा दिनुपर्ने माग कार्यदलले राखेको छ ।
नेपालमा सागमा स्वर्ण जित्ने १०२, एसियन खेलकुदमा स्वर्ण जित्ने आठ र सागमा रजत पदक जित्ने ओलम्पिकमा सहभागीसमेत गरी २३१ खेलाडी र दक्षिण एसियाली खेलकुदमा कास्य पदक विजेता ४४२ जना खेलाडी छन् ।
विभिन्न खेलमा घाइते भएका खेलाडीको विशेष उपचार गर्न हालका अस्पतालमा सम्भव नभएकाले सरकारले खेलाडीको उपचार गर्न छुट्टै अस्पताल आवश्यक भएकाले त्यसको पहल गरिदिन पनि कार्यदलले स्वास्थ्य मन्त्रीसमक्ष आग्रह गरेको छ ।
मन्त्री थापाले राष्ट्रका निम्ति खेल्ने खेलाडीको स्वास्थ्य सेवामा दिनुपर्ने सेवा सुविधाका बारेमा पटकपटक खेलकुद मन्त्रीसँग पनि वार्ता गरिरहेकाले यसलाई पूरा गर्न तत्काल कदम चालिने बताए । उनले भने, ‘खेलाडीको विशेष उपचारका लागि छुट्टै अस्पताल निर्माण गर्नुपर्ने आवश्यकता हामीले पनि महसुस गरेको विषय हो । यसबारे चाँडै टुंगो लगाउनेछौँ ।’
राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय खेलाडी संघका अध्यक्ष तथा कार्यदलका सदस्य दीपक विष्टले खेलका माध्यमबाट देशलाई अन्र्तराष्ट्रिय क्षेत्रमा चिनाउन महत्वपूर्ण योगदान गर्ने खेलाडीलाई राज्यले औषधोपचारमा सहयोग नगर्दा खेलबाटै वञ्चित हुनुपर्ने वा खेलकुद छाडी अन्य पेसा रोज्नुपर्ने अवस्था आएको बताए ।

आर्सनलले मिडल्सबर्गलाई हरायो

No comments

Apr 18, 2017

बैशाख ५ । इङ्गलिस प्रिमियर लिग अन्तर्गत सोमबार राति भएको खेलमा आर्सनलले मिडल्सबर्गलाई २–१ ले हराएर शीर्ष चारमा पर्ने सम्भावना जीवितै राखेको छ ।

अवे मैदानमा भएको खेलमा आर्सनललाई जिताउन एलेक्स सान्चेज र मेसुट ओजिलले गोल गरे । मिडल्सबर्गका लागि नेग्रेडोले एक गोल फर्काए ।
जितपछि छैटौं स्थानमा उक्लिएको आर्सनलको ३१ खेलबाट ५७ अंक भएको छ ।
आर्सनल पाँचौं स्थानको म्यानचेस्टर युनाइटेडभन्दा तीन तथा चौथो स्थानको म्यानचेस्टर सिटीभन्दा सात अंकले पछि छ ।

यी हुन् प्लेअफमा पुग्ने चार टोली

No comments

वैशाख ४ । कप्तान पारस खड्काको आक्रमक ब्याटिङको मद्दतले धनगढी टिम चौराहा धनगढी प्रिमियर लिग (डीपीएल) ट्वेन्टी–२० क्रिकेटको प्लेअफमा पुगेको छ ।

यसअघि, एक खेलमात्र जितेर पुछारमा रहेको धनगढीले सोमबार अपराजित रुपन्देही च्यालेन्जर्समाथि शानदार ६ विकेटको जित हासिल गर्दै अन्तिम चारमा ठाउँ बनाएको हो ।

खेलमा टस जितेर पहिले ब्याटिङ गरेको रुपन्देहीले निर्धारित् २० ओभरमा ६ विकेट गुमाउँदै ९१ रन जोड्यो ।
प्रकाश केसीले ३४ बलमा अविजित रहँदै ४९ रन बनाएको इनिङलाई सस्तैमा समेट्नेक्रममा ललित राजवंशीले ४ ओभरमा २ मेडन राख्दै ५ रन खर्चेर ४ विकेट लिए ।
जवाफमा रनरेटका आधारमा प्लेअफमा पुग्न १४ ओभर २ बलभित्र जित हासिल गर्नुपर्ने बाध्यता लिएर मैदानमा उत्रिएको धनगढीले ११ ओभरमै ४ विकेटको क्षतिमा विजय हासिल गर्‍यो ।
महत्वपूर्ण खेलमा फर्ममा फर्कनेक्रममा कप्तान पारस खड्काले २१ बलमा २ छक्का र ७ चौकाको मद्दतले ४२ रन जोडे । त्यस्तै, पृथु बास्कोटाले ९ बलमा अविजित रहँदै १५ रन बनाए ।
यो खेलसँगै डीपीएल क्रिकेटको प्लेअफ पुग्ने चारओटै टोलीको टुंगो लागेको छ ।
अंकतालिकाको शीर्ष स्थानमा रहँदै रुपन्देही, दोस्रो स्थानमा रहँदै विराटनगर किंग्स, तेस्रो स्थानमा रहँदै काठमाडौं गोल्डेन्स र चौथो स्थानमा रहँदै धनगढी प्लेअफमा पुगेका हुन् ।
६ टोलीले सहभागिता जनाएको प्रतियोगितामा कन्चनपुर आइकोनिक र सीवाइसी अत्तरिया भने पहिलो चरणबाटै बाहिरिएका छन् ।
पहिलो क्वालिफायर खेलमा बुधबार रुपन्देही र विराटनगर भिड्नेछन् । सोही दिन इलिमिनेटर खेलमा काठमाडौं र धनगढी भिड्नेछन् ।

म्यान्चेस्टर युनाईटेडले चेल्सीलाई हरायो

No comments

Apr 17, 2017

बैशाख ४ । इंङ्गलिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाईटेडले चेल्सीलाई हराएको छ ।

आइतबार राती म्यान्चेस्टर युनाईटेडको मैदानमा भएको खेलमा पाहुना टोली चेल्सी २-० ले पराजित भयो ।
खेलमा म्यान्चेस्टर युनाइटेडलाई विजयी गराउन मार्कस रास्फोर्ड र एण्डर हरेराले एक एक गोल गरे ।
प्रिमियर लिग अन्तर्गत राती भएको अर्को खेलमा लिभरपुलले वेष्ट ब्रोमलाई १-० ले पराजित गर्‍यो ।
खेलमा लिभरपुललाई विजयी गराउन रोबर्टो फर्मीनोले निर्णायक गोल गरेका हुन् ।
रातीका खेलहरुपछि प्रिमियर लिगको अंक तालिकामा ३२ खेलबाट ७५ अंक जोडेको चेल्सी शिर्ष स्थानमा छ ।
समान खेलबाट ७१ अंक जोडेको टोटनह्याम हट्सपर दोस्रो स्थानमा छ भने एक खेल बढी खेलेको लिभरपुल ६६ अंकसहित तेस्रो स्थानमा रहेको छ ।

कन्चनपुरले अत्तरियालाई ६ विकेटले हरायो

No comments

Apr 16, 2017

वैशाख ३ । धनगढीमा जारी धनगढी प्रिमियर लिग (डीपीएल) ट्वेन्टी–२० क्रिकेटमा रुपन्देही च्यालेन्जर्सले अपराजित यात्रालाई कायमै राखेको छ ।

लगातार चौथो जित हासिल गर्नेक्रममा लिगको १३औं खेलमा रुपन्देहीले आइतबार विराटनगर किंग्सलाई ६१ रनले हरायो ।

टस जितेर पहिले ब्याटिङ गरेको रुपन्देहीले निर्धारित् २० ओभरमा ८ विकेट गुमाएर १३२ रन बनायो ।
अन्तिम थापाले ४५, कृष्ण कार्कीले २२ र पुष्प थापाले १७ रन बनाए । विराटनगरका लागि सुशील कँडेलले २ विकेट लिए ।
जवाफमा विराटनगर १८ ओभर १ बलमा अलआउट हुँदै ७१ रनमै समेटियो ।
कप्तान शरद भेषावकरलेमात्र दोहोरो रन जोड्नेक्रममा ३४ रन बनाएको इनिङलाई ध्वस्त पार्नेक्रममा शहाब आलमले ४ तथा दीपेश श्रेष्ठ र कृष्ण कार्कीले ३/३ विकेट लिए । शहाब ‘म्यान अफ द म्याच’ घोषित भए ।
आइतबारै भएको लिगको १४औं खेलमा कन्चनपुर आइकोनिक विजयी भएको छ । कन्चनपुरले सीवाइसी अत्तरियालाई ६ विकेटले हरायो ।
खेलमा पहिले ब्याटिङ गरेको अत्तरियाले ८५ रनमात्र बनाउन सक्यो । प्रदीप ऐरीले सर्वाधिक १९ रन बनाएको इनिङलाई सस्तैमा समेट्नेक्रममा सुनील धमला र अविनाश कर्णले समान ३/३ विकेट लिए ।
जवाफमा कन्चनपरले १० ओभरमै ४ विकेटको क्षतिमा विजयी लक्ष्य पूरा गर्‍यो ।
अलराउन्डर सुनीलले सर्वाधिक २८ रन जोडे । त्यस्तै, सागर पुन र हसिम अन्सारीले समान २२/२२ रन जोड्दा कप्तान विनोद भण्डारीले ५ बलमा अविजित रहँदै १६ रन बनाए । सुनील ‘म्यान अफ द म्याच’ घोषित भए ।

दिल्ली र कोलकाताको जित

No comments

वैशाख ३ । ईन्डियन प्रिमियर लिग (आईपिएल) क्रिकेटमा कोलकाता नाईट राईडर्स र दिल्ली डेयरडेभिल्स विजयी भएका छन् ।

शनिबार भएको पहिलो खेलमा कोलकाताले सनराइजर्स हैदराबादलाई १७ रनले हरायो । १ सय ७१ रनको लक्ष्य पछ्याएको हैदराबादले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ५५ रन मात्रै बनाउन सक्यो ।
हैदराबादका डेभिड वार्नरले सर्वाधिक २६ रन बनाँउदा शिखर धवनले २३ रनको योगदान दिए ।
यसअघि पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७२ रन बनाएको थियो । रोबिन उथप्पाले ६८ रन बनाएको ईनिङमा मनिष पाण्डेले ४६ रन जोडे ।
त्यसैगरी दोस्रो खेलमा दिल्ली डेयरडेभिल्सले किङ्स ईलेभेन पञ्जावलाई ५१ रनले हराएको छ । खेलमा दिल्लीले दिएको १ सय ८९ रनको लक्ष्य पछ्याएको पञ्जाबले ९ विकेटको क्षतिमा १ सय ३७ रन मात्रै बनाउन सक्यो ।
पञ्जाबका अक्षर पटेलले ४४ रन तथा डेविड मिलरले २४ जोडे । दिल्लीका क्रिस मोरिसले ३ विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ८८ रन जोडेको थियो । दिल्लीका लागि साम बिलिङ्सले ५५ रन तथा कोरे एण्डर्सनले ३९ रन बनाए ।
जितपछि तेस्रो स्थानको दिल्लीको तीन खेलबाट चार अंक भएको छ । चार खेलबाट चार अंक जोडेको पञ्जाब पाँचौं स्थानमा छ ।

टोटनह्याम हट्सपरद्वारा बर्नमाउथ पराजित

No comments

वैशाख ३ । बर्नमाउथलाई हराँउदै टोटनह्याम हट्सपरले इंग्लिश प्रिमियर लिग फुटबल प्रतियोगितामा शीर्ष स्थानको चेल्सीमाथि दबाब बढाएको छ ।

गएराति भएको खेलमा टोटनह्यामले बर्नमाउथलाई ४–० ले हरायो । खेलमा टोटनह्यामलाई विजयी गराउन मौसा डेम्बेले, हिउङ मिन सन, ह्यारी केन र भिनसेन्ट यानसेनले एक/एक गोल गरे ।
जितपछि टोटनह्यामले शीर्ष स्थानको चेल्सीसँगको अंक दुरी घटाएर ४ अंकमा सिमित गरेको छ । लिगमा ३२ खेलबाट टोटनह्यामको ७१ अंक छ भने एक खेल कम खेलेको चेल्सीको ७५ अंक छ ।
चेल्सीले आज राति म्यान्चेस्टर युनाईटेडसँग उसैको मैदानमा खेल्नेछ ।
प्रिमियर लिग अन्तर्गत गएराति भएका अन्य खेलहरुमा म्यान्चेस्टर सिटीले साउथह्याम्पटनलाई ३–० ले हराउदा एभर्टनले बर्नलेलाई तथा स्टोक सिटीले हल सिटीलाई ३–१ ले हराएका छन् । त्यस्तै वाट्फोर्डले स्वान्सी सिटीलाई १–० ले हराएको छ । क्रिष्टल प्यालेस र लेष्टर सिटी तथा सण्डरल्याण्ड र वेष्ट ह्याम युनाईटेडले २/२ गोलको बराबरी खेलेका छन् ।

विराटनगरले कञ्चनपुरलाई हरायो

No comments

Apr 15, 2017

बैशाख २ । धनगढी प्रिमियर लिग डिपिएल क्रिकेटको ११ औं खेलमा विराटनगर किंगस् विजयी भएको छ ।

विराटनगरले कञ्चनपुर आइकोनिकलाई ५ विकेटले हरायो । पहिले ब्याटिङ्ग गरेको कञ्चनपुरले १७ ओभरमा सबै विकेट गुमाएर ८० रनमात्र बनाउन सक्यो ।
हसिम अन्सारीले २७, कुशल भुर्तेलले १९ तथा आशिष पोखरेलले १० रन बनाए बाहेक अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकसमेत जोड्न सकेनन् ।
सुशील कर्णेलले ८ रन खर्चेर ४ तथा सन्दीप लामिछानेले २८ रन खर्चेर ४ विकेट लिए । जवाफमा विराटनगरले ९ ओभर १ बलमै ५ विकेट गुमाएर विजय हासिल गर्‍यो ।
कप्तान शरद भेषावकरले १५ बलमा २८ रन जोडे । सागर पुनले ५ विकेट लिए पनि टिमलाई जिताउन सकेनन् । सुशील म्यान अफ द म्याच भए ।
डिपिएल क्रिकेटको १२ औं खेलमा धनगढी टिम चौराहा विजयी भएको छ । पहिलो जित हासिल गर्ने क्रममा धनगढीले काठमाडौं गोल्डेन्सलाई ११ रनले हरायो ।
पहिले ब्याटिङ्ग गरेको धनगढीले ८ विकेटको क्षतिमा एक सय ३६ रन बनायो । कप्तान पारस खड्का लगातार दोस्रो पटक डकआउट भएको खेलमा आरिफ शेखले लिगकै सर्वाधिक ५८ रन जोडे ।
यसअघि योगेन्द्र सिंह कार्कीका नाममा ५७ रनको कीर्तिमान थियो । सोमपाल कामी र मञ्जित श्रेष्ठले ३/३ विकेट लिए ।
जवाफमा काठमाडौंले एक सय २५ रनमात्र बनाउन सक्यो । सन्दीप झोराले २८ तथा अलराउण्डर सोमपालले १८ बलमा २४ रन जोडे पनि टिमलाई जिताउन सकेनन् ।
अलराउण्डर आरिफ शेख र सौरभ खनालले ३/३ विकेट लिए । आरिफ म्यान अफ द म्याच भए ।
६ टिम सहभागी लिगमा अहिलेसम्म ३ खेलबाट सत्प्रतिशत नतिजाका साथ रुपन्देही च्यालेन्जर्स ६ अंकसहित शीर्ष स्थानमा छ ।
४ खेलबाट ६ अंकसहित विराटनगर दोस्रो स्थानमा पुगेको छ भने ४/४ अंकका काठमाडौं र सीवाइसी अत्तरिया क्रमशः तेस्रो र चौथो स्थानमा छन् । कञ्चनपुर र धनगढीको २/२ अंक भएको छ ।

रुपन्देहीले काठमाडौंलाई हरायो

No comments

Apr 14, 2017

वैशाख १ । धनगढी प्रिमियर लिग (डीपीएल) ट्वेन्टी–२० क्रिकेटको नवौं खेलमा रुपन्देही च्यालेन्जर्स विजयी भएको छ ।

शुक्रबार भएको खेलमा रुपन्देहीले काठमाडौं गोल्डेन्सलाई १५ रनले हरायो ।
खेलमा पहिले ब्याटिङ गरेको रुपन्देहीले ९ विकेटको क्षतिमा १३५ रन बनाएको थियो ।
नुरध्वज सेनले २२ बलमा ३७ तथा पुष्प थापाले ३३ बलमा ३६ रन जोडे । सोमपाल कामीले २१ रन खर्चेर ४ विकेट लिए ।
जवाफमा काठमाडौंले ९ विकेटको क्षतिमा १२० रनमात्र बनाउन सक्यो । सुमित महर्जनले सर्वाधिक २७ रन बनाएको इनिङलाई सस्तैमा समेट्नेक्रममा शक्ति गौचनले ३ तथा विक्रम सोब र कृष्ण कार्कीले २/२ विकेट लिए । एक विकेटसमेत लिएका पुष्प ‘म्यान अफ द म्याच’ घोषित भए ।
शुक्रबारै भएको लिगको दशौं खेलमा सीवाइसी अत्तरिया विजयी भएको छ । अत्तरियाले टिम चौराहा धनगढीलाई ४० रनले हरायो ।
धनगढीले १४३ रनको चुनौती पछ्याउनेक्रममा ९ विकेटको क्षतिमा १०२ रनमात्र बनाउन सक्यो ।
३९ रन बनाउँदा ८ विकेट गुमाइसकेको धनगढीका लागि रामनरेश गिरीले २० बलमा ३९ तथा सौरभ खनालले ३१ बलमा अविजित २३ रन बनाए ।
एपेन्डिक्सको शल्यक्रियापछि यसै लिगबाट पुनरागमन गरेका राष्ट्रिय टिमका कप्तान पारस खड्का भने फर्मविहीन भएका छन् । यो खेलमा पारस ‘डकआउट’ भए ।
अरु चार खेलाडी पनि रनविहीन भए । मेहबुब आलम र सुरेन्द्र चन्दले ३/३ तथा विनोद लामाले २ विकेट लिए ।
यसअघि अत्तरियाले पहिले ब्याटिङ गर्दै ४ विकेटको क्षतिमा १४२ रन बनाएको थियो ।
रोशन नेपालीले ४४ बलमा ३२ तथा योगेन्द्रसिंह कार्कीले ११ बलमा अविजित रहँदै २७ रन जोडे ।
त्यस्तै, पाँचौं विकेटका लागि योगेन्द्रसँग अविजित ४७ रनको साझेदारी गर्नेक्रममा करण केसीले १२ बलमा २५ रन पुरा गरे। 

रुपन्देही र काठमाडौंको लगातार दोस्रो जित

No comments

Apr 12, 2017

चैत ३० । धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटमा रुपन्देही च्यालेन्जर्स र काठमाडौं गोल्डेन्सले लगातार दोस्रो जित हासिल गरेका छन् ।

शतप्रतिशत नतिजा निकाल्नेक्रममा शक्ति गौचनको कप्तानीमा रहेको रुपन्देहीले बुधबार ज्ञानेन्द्र मल्लको सिवाइसी अत्तरियालाई ४२ रनले पराजित गरेको हो ।
खेलमा पहिले ब्याटिङ गरेको रुपन्देहीले ६ विकेटको क्षतिमा १२९ रन बनाएको थियो ।
२४ रन जोड्दा ३ विकेट गुमाइसकेको रुपन्देहीका लागि राजेश पुलामीमगरले ३१ तथा प्रकाश केसीले २४ बलमा २९ रन जोेड्दै सम्मानजनक योगफल बनाए ।
प्रदीप ऐरी र विनोद लामाले २–२ विकेट लिए ।
जवाफमा अत्तरिया दुई बल खेल्न बाँकी छँदै ८७ रनमै समेटियो । ज्ञानेन्द्र मल्लले ३०, विनोद लामाले अविजित १८ तथा अभिनाश बोहराले १४ रन बनाएबाहेक अरु कुनैपनि ब्याट्सम्यानले दोहोरो अंकसमेत जोड्न सकेनन् ।
शहाब आलमले ८ रन खर्चेर ४ विकेट लिए ।
रुपन्देहीले पहिलो खेलमा चौराहा धनगढीलाई पराजित गरेको थियो ।
त्यसैगरी, काठमाडौं गोल्डेन्सले लगातार दोस्रो जित हासिल गर्नेक्रममा विराटनगर किंग्सलाई ८६ रनले पराजित गर्‍यो ।
बुधबारै भएको दोस्रो खेलमा बसन्त रेग्मीको कप्तानीमा रहेको काठमाडौंले पहिले ब्याटिङ गर्दै ५ विकेटको क्षतिमा १७३ रन बनाएको थियो ।
जारी संस्करणको सबैभन्दा उच्च योगफल बनाउनेक्रममा सुमीत महर्जनले २७ बलमा अविजित रहँदै ४४, सोमपाल कामीले २० बलमा ३९ तथा कप्तान बसन्त रेग्मीले २४ बलमा ३० रन जोडे ।
जवाफमा शरद भेषावकरको कप्तानीमा रहेको विराटनगरले १८ ओभर ५ बल खेल्दा सबै विकेट गुमाएर ८७ रनमात्र बनाउन सक्यो ।
दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ३१ रन बनाएको इनिङमा ८ खेलाडीले दोहोरो अंकसमेत जोड्न सकेनन् ।
कसिलो बलिङ गर्नेक्रममा सन्तोष भट्टले ३ तथा भुवन कार्की र बसन्त रेग्मीले २ विकेट लिए ।
सुमीत ‘म्यान अफ द म्याच’ भए । काठमाडौंको यो तीन खेलमा दोस्रो जित हो ।

डिपिएल क्रिकेटमा रुपन्देहीले कञ्चनपुरलाई १४ रनले हरायो

No comments

Apr 11, 2017

चैत २९ । धनगढी क्रिकेट लिग अन्तर्गत सोमबार भएको दोस्रो खेलमा रुपन्देही च्यालेञ्जर्सले कञ्चनपुर आइकोनिकलाई १४ रनले पराजित गरेको छ ।
एसएसपी क्रिकेट मैदान धनगढीमा टस जितेर ब्याटिङ रोजेको शक्ति गौचन नेतृत्वको टोली रुपन्देहीले निर्धारित ओभरमा ८ विकेट गुमाएर १४५ रन बनायो । उत्कृष्ट सुरुवात गरेको रुपन्देही इनिङको बीचमा केहि धर्मराएपनि पुच्छारका ब्याट्सम्यानहरुको उच्च प्रदर्शनले रुपन्देहीले सम्मानित स्कोर खडा गर्‍यो ।
हरिशंकर शाह र शंकर रानाले पहिलो विकेटका लागि ६० रनको साझेदारी गर्दा शाहले ३३ र रानाले १९ रन बनाए । तर मध्यक्रमका तीन ब्याट्सम्यान सस्तैमा आउट भएपनि कप्तान शक्ति गौतचन र प्रकाश केसीले इनिङ संहालेका थिए । केसीले २६ रनको योगदान दिए भने गौचनले १६ रन बनाए । बिक्रम शोव १५ रनमा अविजित रहे । रुपन्देहीले १४ अतिरिक्त रन पाएको थियो ।
बलिङतर्फ कञ्चनपुरका कुशल भुर्तेल एक्लैले ४ विकेट लिए भने अभिनाश कर्णले दुई तथा सुनील धमलाले १ विकेट झारे ।
१४६ रनको लक्ष्य पछ्याएको कञ्चनपुरले निर्धारित ओभरमा ९ विकेट गुमाएर १३१ रनमात्र जोड्न सक्यो । उसले पनि सुरुवात उत्कृष्ट गरेको थियो । सागर पुन र सुनील धमलाले पहिलो विकेटका लागि ५२ रनको साझेदारी गरेका थिए ।
दशौं ओभरको तेस्रो बलमा धमला २८ रनको व्यक्तिगत स्कोरमा आउट भएपछि कञ्चनपुरको विकेट पतन सुरु भयो । त्यसयता कुशल भुर्तेलले १३ बलमा २७ रन बनाउनुबाहेक कञ्चनपुरका अध्य ब्याट्सम्यानले गतिलो स्कोर बनाउन सकेनन् । ओपनर सागरले ३९ रन बनाए भने अभिनाश कर्ण १५ रनमा अविजित रहे । कञ्चनपुरका ७ ब्याट्सम्यानले दोहोरो अंकको रन बनाउन सकेनन् ।
बलिङतर्फ कृष्ण कार्की र शहव आलमले ३/३ विकेट लिँदा कप्तान शक्ति गौचनले २ विकेट लिए । आलमले चार ओभर बलिङ गर्दा ८ रन दिएर ३ विकेट लिए ।
प्रतियोगिता अन्तर्गत भोलिको पहिलो खेलमा बिराटनगर किङ्स र धनगढी टिम चौराहा तथा दोस्रो खेलमा काठमाडौं गोल्डेन्स र कञ्चनपुर आइकोनिकबीच प्रतिस्पर्धा हुनेछ ।

हरायो क्रिष्टल प्यालेसले आर्सनललाई

No comments

चैत २९ । इङ्गलिस प्रिमियर लिग फुटबलअन्तर्गत सोमबार राती भएको खेलमा क्रिष्टल प्यालेसले आर्सनललाई हराएको छ ।

क्रिष्टल प्यालेसको मैदानमा भएको खेलमा घरेलु टोली ३-० ले विजयी भयो ।
आर्सनल विरुद्धको खेलमा क्रिष्टल प्यालेसलाई विजयी गराउन एन्ड्रोस टाउनसेन्ड, योहान काबाए र मिलिभोएभिचले एक एक गोल गरे ।
जितसँगै क्रिष्टल प्यालेस ३१ खेलबाट ३४ अंक जोड्दै प्रिमियर लिगको अंक तालिकामा १६ औं स्थानमा उक्लिएको छ ।
३० खेलबाट ५४ अंक जोडेको आर्सनल भने छैटौं स्थानमा रहेको छ ।
३१ खेलबाट ७५ अंक जोडेको चेल्सी तालिकाको शिर्ष स्थानमा रहँदा ६८ अंकको साथ टोटनह्याम हट्सपर दोस्रो तथा ६३ अंकको साथ लिभरपुल तेस्रो स्थानमा रहेको छ ।
म्यान्चेस्टर सिटी ६१ अंकको साथ चौथो स्थानमा रहँदा पाँचौ स्थानको म्यान्चेस्टर युनाईटेडको ५७ अंक छ ।

सण्डरल्याण्डलाई म्यान्चेस्टर को तीन गोल

No comments

Apr 10, 2017



चैत २८ । इङ्गलिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राती भएका खेलहरुमा म्यान्चेस्टर युनाईटेड र एभर्टन विजयी भएका छन् ।

सण्डरल्याण्डको मैदानमा भएको खेलमा म्यान्चेस्टर युनाईटेड ३-० ले विजयी भयो । म्यानयुलाई विजयी गराउन जाल्टन ईब्राहिमोभिच, हेन्रीक मख्तरीयान र मार्कस रास्फोर्डले एक एक गोल गरे ।
राती भएको अर्को खेलमा एभर्टनले लेस्टर सिटीलाई ४-२ ले पराजित गर्‍यो । एभर्टनलाई विजयी गराउन रोमेलु लुकाकुले दुई गोल गर्दा टम डेभिस र फिल जगेल्काले एक एक गोल थपे ।
पराजित टोली लेष्टर सिटीका स्लीमानी र अल्ब्राईटनले एक एक गोल गरे । प्रशिक्षक क्लाउडियो रेनरीबो बर्खास्तीपछि खेलेका पछिल्ला ६ खेलमा लेष्टरको यो पहिलो हार हो ।
रातीका खेलहरुपछि प्रिमियर लिगको अंक तालिकामा ३१ खेलबाट ७५ अंक जोडेको चेल्सी शीर्ष स्थानमा रहँदा ६८ अंकको साथ टोटनह्याम हट्सपर दोस्रो स्थानमा छ ।
एक खेल बढी खेलेको लिभरपुल ६३ अंकसतिह तेस्रो स्थानमा छ । प्रिमियर लिग फुटबलमा आज राती क्रिष्टल प्यालेस र आर्सनल भिड्ने छन् ।

आइपीएल क्रिकेटमा सनराईजर्स हैदरावाद र मुम्बई इन्डियन्स विजयी

No comments

चैत २८ । भारतमा जारी आइपीएल क्रिकेट अन्तर्गत आइतबार भएका खेलहरुमा सनराईजर्स हैदरावाद र मुम्बई इन्डियन्स विजयी भएका छन् ।

आइतबारको पहिलो खेलमा सनराईजर्स हैदराबादले घरेलु मैदानमा गुजरात लायन्सलाई ९ विकेटले हरायो ।
टस हारेर पहिले ब्याटिङ्ग गरेको गुजरातले सामान्य प्रदर्शन गर्दै ७ विकेटको क्षतिमा एक सय ३५ रन बनायो ।
जवाफमा १ सय ३६ रनको चुनौती पछ्याएको हैदराबादले १५ ओभर ३ बलमा १ विकेटको क्षतिमा उक्त लक्ष्य पार गर्‍यो ।
हैदरावादका लागि कप्तान डेभिड वार्नरले अविजित रहँदै ७० तथा मोइसेस हेन्रीकेले अविजित रहँदै ५१ रन बनाए ।
आइतबार नै भएको दोस्रो खेलमा मुम्बई इन्डियन्सले कोलकाता नाईट राईडर्सलाई ४ विकेटले हराएको छ । खेलमा पहिले व्याटिङ गरेको कोलकाताले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७८ रन बनायो ।
कोलकाताका लागि मनिष पाण्डेले अविजित ८१ रन बनाए । जवाफमा १ सय ७९ रनको चुनौती मुम्बई इन्डियन्सले खेलमा १ बल बाँकी छँदा ६ विकेट गुमाएर पुरा गर्‍यो ।
मुम्बईलाई विजयी गराउन नितिस रानाले ५० रन जोडे । आईपिएल क्रिकेटमा सोमबार राती किङ्स ईलेभेन पञ्जाव र रोयल च्यालेन्जर्स बैंग्लोर भिड्ने छन् ।

रोहित चन्द फेरि इन्डोनेसियाको फुटबल क्लबमा

No comments

Apr 8, 2017

चैत २६ । नेपाली राष्ट्रिय फुटबल खेलाडी रोहित चन्द फेरि इन्डोनेसियाको फुटबल क्लवसँग अनुबन्धित भएका छन् ।

घुँडाको चोटका कारण झण्डै एक वर्ष नेपालमा रहेका रोहितले शुक्रबार इन्डोनेसियाको फुटबल क्लव पर्सिजा जाकार्तासँग आगामी एक सिजनका लागि सम्झौता गरेका हुन् ।
पर्सीजा जाकार्ता इन्डोनेसियाको शिर्ष डिचिजनको क्लव हो । रोहितले यसअघि सन् २०११ देखि २०१५ सम्म सोही क्लवबाट व्यावसायिक फुटबल खेलेका थिए ।
गत बर्ष मलेसियाको टी टिम फुटबल क्लवसँग आवद्ध भएका रोहितले घुँडाको चोटका कारण सम्झौता रद्ध गर्नुपरेको थियो ।
त्यसपछि उपचारमा लागेका रोहितले दुई हप्ता अघि मात्रै नेपाली राष्ट्रिय टोलीमा पुनरागमन गरेका थिए ।
- See more at: http://www.imagekhabar.com/news/latest/sports/18747#sthash.iK5SBluJ.dpuf

हैदरावादको शानदार जित

No comments

Apr 6, 2017

चैत २४ । इण्डियन प्रिमियर लिग क्रिकेट (आईपिएल)को दशौं संस्करण सुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा युवराज सिंहको सनराईजर्स हैदरावादले विराट कोहलीको रोयल च्यालेन्जर्स बैंग्लोरलाई ३५ रनले पराजित गरेको छ ।


खेलमा पहिले ब्याटिङ गरेको हैदरावादले २० ओभरमा ४ विकेटको नोक्सानीमा २ सय ७ रन बनायो । साविक विजेता टिमका लागि युवराज सिंहले ६२ रन तथा मोईसेस हेन्रीक्सले ५१ रनको योगदान दिए । युवराजले २३ बलमा अर्द्ध शतक प्रहार गरे । आइपिएलमा यो उनको सबैभन्दा तीव्र अर्द्ध शतक हो ।
जवाफमा २ सय ८ रनको विशाल लक्ष्य पछ्याएको बैंग्लोरले १९ ओभर ४ बलमा अलआउट हुनुपुर्व १ सय ७२ रन मात्रै जोड्न सक्यो । बैंग्लोरका लागि क्रिश गेलले ३२ रन, केदार जाधवले ३१ रन तथा ट्राभिस हेडले ३० रन जोडे ।
बलिङतर्फ हैदरावादका आशिष नेहरा, भुवनेश्वर कुमार र रसीद खानले २/२ विकेट लिए । नेहराले टि–ट्वान्टीमा सय विकेट हात पारे । उनी टि–ट्वान्टीमा सय विकेट लिने आठौं बलर हुन् । तर बायाँ हाते बलरमा भने सय विकेट लिने उनी पहिलो खेलाडी हुन् ।
आईपिएल क्रिकेटमा आज बेलुकी राईजीङ पुणे सुपरजायन्ट्स र मुम्बई इण्डियन्स भिड्नेछन् ।

म्यान्चेस्टर र एभर्टन बराबरी

No comments

Apr 5, 2017

चैत २३ । इंङ्गलिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाईटेडले एभर्टनसँग १-१ गोलको बराबरी खेलेको छ ।

म्यान्चेस्टर युनाईटेडको मैदानमा भएको खेलको सुरुमै एभर्टनका फिल जगेल्काले पहिलो गोल गरे ।
दोस्रो हाफको अन्तिम समयमा म्यान्चेस्टर युनाईटेडले पेनाल्टी हान्ने अवसर पायो । यही अवसरलाई गोलमा बदल्दै ज्लातन ईब्राहिमोभिचले खेल बराबरी गरेका हुन् ।
प्रिमियर लिग अन्तर्गत मंगलबार राती भएको अर्को खेलमा लेष्टर सिटीले सण्डरल्याण्डलाई तथा वाट्फोर्डले वेष्ट ब्रोमलाई २-० ले हराएका छन् । बर्नलेले स्टोक सिटीलाई १-० ले हरायो ।
इंङ्गलिस प्रिमियर लिग फुटबलमा आज राती ६ खेल हुनेछन् । आज चेल्सी र म्यान्चेस्टर सिटी आमने सामने हुँदा आर्सनलले वेष्ट ह्याम युनाईटेडसँग खेल्नेछ ।
यसैगरी टोटनह्याम हट्सपर र स्वान्सी सिटी, लिभरपुल र बर्नमाउथ, साउथह्याम्पटन र क्रिष्टल प्यालेस तथा हल सिटी र मिडिल्सब्रो भिड्नेछन् ।
प्रिमियर लिगमा अहिलेसम्म २९ खेलबाट ६९ अंक जोडेको चेल्सी शिर्ष स्थानमा रहँदा समान खेलबाट ६२ अंक जोडेको टोटनह्याम दोस्रो स्थानमा रहेको छ ।

डोपिङको समस्या खेलकुदमा

No comments

Apr 4, 2017

चैत २२ । अन्तर्राष्ट्रिय खेलकुदमा डोपिङको समस्या बढ्दै गएको एक अध्ययनले देखाएको छ ।

पछिल्लो तथ्यांक अनुसार सन् २०१५ मा विश्वका १९ सय २९ खेलाडी डोपिङ परीक्षणमा असफल भएपछि कारावहीमा परेका छन् ।

अघिल्लो वर्ष यो संख्या १६ सय ९३ रहेको थियो । विश्व एण्टी डोपिङ एजेन्सी वाडाका अनुसार दुई वर्षको अवधिमा डोपिङमा पर्ने खेलाडीको संख्या १४ प्रतिशतले बढेको छ ।
सन् २०१६ को प्रतिवेदन आउँदा यो संख्या झनै बढ्ने अनुमान गरिएको छ । डोपिङ परीक्षणको निरन्तरता, नयाँ प्रविधि, गोप्य छानविन जस्ता कारणले डोपिङ परीक्षण ब्यापक बन्दै गएको छ ।
यसैबीच अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले सन् २००८ को बेईजीङ ओलम्पिक र २०१२ को लण्डन ओलम्पिकमा सहभागि तथा विजेता खेलाडीको पुनः डोपिङ परीक्षण गर्ने भएको छ ।
ओलम्पिकमा सहभागि खलाडीले ब्यापक मात्रामा प्रतिबन्धित शक्तिबर्धक औषधि प्रयोग गरेको प्रमाणहरु फेला पर्न थालेपछि आईओसीले फेरि केही खेलाडीको परीक्षण गर्न लागेको हो ।
यसका लागि झण्डै सय जना खेलाडीको नमूना संकलन गरिसकेको जनाईएको छ ।

हिलेमा रामनवमी खुला पुरुष भलिबल सुरु

No comments

चैत २२   । रामनवमी खुला पुरुष भलिबल प्रतियोगिताको १२औं संस्करण सोमबारदेखि धनकुटाको हिलेमा सुरु भएको छ ।


सिर्जनशील सांस्कृतिक समूहको आयोजनामा सन्चालन भएको सो प्रतियोगितामा आयोजकसहित ८ टोलीको सहभागिता रहेको छ ।
नकआउटका आधारमा जारी प्रतियागिताको पहिलो दिनको खेलमा विजयी हुँदै पूर्व क्षेत्रीय प्रहरी तालिम केन्द्र र पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगर सेमिफाइनलमा पुगेका छन् ।

ओपन टेनिसको उपाधि रोजर फेडेररलाई

No comments

Apr 3, 2017


चैत २१ । स्विस टेनिस खेलाडी रोजर फेडेररले यस वर्षको मायामी ओपन टेनिसको उपाधि जितेका छन् ।

अमेरिकाको मायामीमा भएको फाइनल खेलमा स्पेनीस प्रतिद्वन्द्वी रफाईल नडाललाई हराउँदै फेडेररले सिजनको तेस्रो उपाधि उचालेका हुन् ।
विश्व नम्बर ६ रोजर फेडेररले सातौं बरियताका नाडाललाई ६-३ र ६-४ को सेटमा हराए ।
मायामी ओपनको फाइनल खेल विश्व टेसिनका दुई सर्वकालिन खेलाडी फेडेरर र नाडालबीचको ३७ औं भेट थियो ।
फेडेररले गएको जनवरीमा भएको अस्ट्रेलियन ओपनमा नाडाललाई हराएर उपाधि जितेका थिए ।
मायामी ओपनको उपाधि तेश्रोपटक जितेका फेडेररले अब फ्रेन्च ओपनको लागि मात्रै टेसिन कोर्टमा फर्कने बताएका छन् ।
३५ वर्षे फेडेरर मायामी ओपनको उपाधि जित्ने सबैभन्दा पाका खेलाडी पनि भएका छन् ।
Don't Miss

Translate

Shreeji Media © All Rights Reserved 2025
Design By KpCat