June 2016

असार 16 । ब्रिटिश खेलाडी एण्डी मरे वर्षको तेस्रो ग्रान्ड स्लाम टेनिस विम्बल्डनको दोस्रो चरणमा प्रवेश गरेका छन् ।
बेलायतको विम्बल्डनमा जारी प्रतियोगिताको पहिलो चरणको खेलमा आफ्नै देशका लियाम ब्रोडीलाई सोझो सेटमा हराउँदै मरे दोस्रो चरणमा पुगेका हुन् ।
खेलमा मरे ६-२, ६-३ र ६-४ को सोझो सेटमा विजयी भए । घाँसे कोर्टमा सञ्चालन हुने वर्षको एकमात्र ग्रान्ड स्लाम टेनिस विम्बल्डनको दोस्रो चरणमा मरेले चाईनिज ताईपेईका यन सेन लुसँग खेल्नेछन् ।
विम्बल्डन टेनिसको पहिलो चरणका अन्य खेलहरुमा विजयी हुँदै स्विट्जरल्याण्डका स्टानिस्लास वावरीङ्का, फ्रान्समा रिचार्ड ग्यास्के र जो विल्फ्रेड सोङ्गा, स्पेनका रामोस भिलानोस र फेलीसीयानो लोपेज पनि दोस्रो चरणमा प्रवेश गरेका छन् ।
उता महिलातर्फ अमेरीकाकी सेरेना विलियम्स र रुसकी स्वेतलाना कुज्नेत्सोभा पनि दोस्रो चरणमा पुगेका छन् ।

असार 16 । यति फ्लोरिङ राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरीले जितेको छ ।

फाइनलमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै सशस्त्रले उपाधि जितेको हो ।

बुधबार राजधानीको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा भएको फाइनलमा सशस्त्रले पुलिसलाई २५–१६, २५–२० र २५–११ ले हरायो ।

प्रतियोगितामा सर्वोत्कृष्ट बन्न सफल सशस्त्रकी सरस्वती चौधरीले १५ हजार तथा बुद्ध एअरको माउन्टेन फ्लाइट टिकट प्राप्त गरिन् ।

यसैगरी, सशस्त्रका खेलाडीहरु नेविका चौधरी उत्कृष्ट सर्भर, उषा विष्ट उत्कृष्ट ब्लकर र बिनीता बुढाथोकी उत्कृष्ट सेटर घोषित भए ।

यस्तै, न्यू डायमन्ड एकेडेमीकी प्रतिभा माली उत्कृष्ट स्पाइक तथा नेपाल पुलिसकी कमला पुन उत्कृष्ट डिफेन्स भइन् । प्रशिक्षकमा सशस्त्रका सुदेश कुमार रिमाल उत्कृष्ट घोषित भए ।

तेस्रो स्थानका लागि भएको खेलमा न्यू डायमन्डले पश्चिमाञ्चललाई २५–१४, २५–१९, २३–२५ र २५–१७ ले हरायो ।

विजेता सशस्त्रले एक लाख, दोस्रो भएको पुलिसले ६० हजार र तेस्रो भएको न्यू डायमन्डले ४० हजार रुपैयाँ पायो ।

असार 16 । ललित स्मृति यु–१८ फुटबल प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ ।

बुधबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको फाइनलमा लुम्बिनी फुटबल क्लबलाई ‘टाइब्रेकर’मा पराजित गर्दै आर्मीले उपाधि जितेको हो ।

निर्धारित् ९० मिनेटको खेलमा १–१ गोलको बराबरी भएपछि सीधै टाइब्रेकरमा निर्णय भएको खेलमा आर्मी ३–१ ले विजयी भएको हो ।

यसअघि, खेलको छैटौं मिनेटमा जनोमलाल लिगलले गोल गर्दै लुम्बिनीलाई प्रारम्भिक अग्रता दिलाएपनि त्यसपछि भने प्रेजेन तामाङले गोल गर्दै आर्मीलाई बराबरीमा ल्याएका थिए ।

१२ टिमले सहभागिता जनाएको प्रतियोगिताको उपाधि जितेसँगै आर्मीले तीन लाख तथा उपविजेता लुम्बिनीले डेढ लाख रुपैयाँ पुरस्कार पाएको छ ।

त्यस्तै, व्यक्तिगततर्फ गोलकिपरमा संकटा क्लबका सुशील बस्नेत, डिफेन्डरमा आर्मीका सुमन अर्याल, मिडफिल्डरमा लुम्बिनीका दामोदर थापा क्षेत्री, फरवार्डमा लुम्बिनीकै जनोमलाल लिगल तथा प्रशिक्षकमा आर्मीका चक्र तामाङ उत्कृष्ट घोषित भएका छन् ।

व्यक्तिगततर्फका उत्कृष्टले जनही १५ हजार रुपैयाँ प्राप्त गरेका छन् । 

असार १५ । फ्रान्समा जारी युरोकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनल समीकरण पूरा भएको छ ।

बिहीबार राति हुने पहिलो क्वार्टरफाइनलमा पोर्चुगल र पोल्यान्ड भिड्नेछन् ।

यसैगरी, शुक्रबार राति वेल्सले बेल्जियमसँग खेल्नेछ ।

यस्तै, शनिबार राति जर्मनी र इटाली भिड्नेछन् ।

आइतबार राति आयोजक फ्रान्स र आइसल्यान्ड खेल्नेछन् ।

सबै खेल नेपाली समयअनुसार राति पौने १ बजेदेखि सुरु हुनेछन् ।

असार १४।  पहिलो पटक युरोकप खेलिरहेको उत्तरी युरोपको सानो मुलुक आइसल्याण्ड फुटबलको महारथी टोली इंग्ल्याण्डलाई हराउँदै प्रतियोगिताको क्वटरफाइनलमा प्रबेश गरेको छ ।
अविश्वसनीय नतिजा निकाल्ने क्रममा आइसल्याण्डले इंग्ल्याण्डलाई २-१ ले हराउन सफल भयो । पछाडि परेको स्थितिलाई उल्टाउँदै आइसल्याण्डले खेलमा उत्कृष्ट पुनरागमन गरेको थियो ।
खेल सुरु भएको चौथो मिनेटमै इंग्ल्याण्डका कप्तान वायेने रुनीले पेनाल्टीमार्फत अग्रता दिलाएका थिए । आइसल्याण्डका गोलरक्षक हल्डोरसनले इंग्लिस फर्वाड रहिम स्टिर्लिङलाई फल गरेपछि रेफ्रीले पेनाल्टी प्रदान गरेका थिए ।
तर इंग्ल्याण्डको अग्रता २ मिनेटपनि टिक्न सकेन । छ्रैटौं मिनेटमा रग्नर सिगुरोसनले बराबरी गोल फर्काए । १८औं मिनेटमा आइसल्याण्डले अप्रत्यासित अग्रता लियो । कोल्वेइन सिग्पोर्सनले गोल गरे र टोलीलाई दुई एकको अग्रता दिलाए ।
दोस्रो हाफमा इंग्ल्याण्डले खेलमा फर्कने प्रयास गरेपनि सफल हुन सकेन । क्वाटरफाइनलमा आइसल्याण्डको भेट आयोजक फ्रान्ससँग हुनेछ । फ्रान्सले यसअघि आयरल्याण्डलाई हराएर क्वाटरफाइनलमा पुगिसकेको छ ।
पहिलो पटक युरोकपमा छनौट भएको आइसल्याण्डको जनसङ्ख्या मात्र ३ लाख २३ हजार छ । विश्व फुटबलको महारथी टोलीमध्येको एक मानिने इंग्ल्याण्डमा त्यति मानिसले त व्यवसायिक फुटबल खेल्छन् भनिन्छ । तर पनि विश्व वरियातामा ११औं स्थानमा रहेको इंग्ल्याण्डले आइसल्याण्डलाई हराउन सकेन ।
यो खेलसँगै युरोकको क्वाटरफाइनल समिकरण पनि पूरा भएको छ । क्वाटरफाइनलको पहिलो खेलमा आगामी बिहीबार राति पोल्याण्ड र पोर्चुगल, शुक्रबार राति वेल्स र बेल्जियम, शनिबार राति जर्मनी र इटली तथा आइतबार राति आयोजक फ्रान्स र आइसल्याण्डबीच प्रतिस्पर्धा हुनेछ ।

असार १४।  चीर प्रतिद्धन्दी इटलीसँग पराजित भएपछि साविक बिजेता स्पेन फ्रान्समा जारी युरोकप फुटबलको प्रि-क्वाटरफाइनल चरणबाटै बाहिरिएको छ ।
फ्रान्सको पेरिसस्थित राष्ट्रिय रंगशालामा सम्पन्न खेलमा इटलीले स्पेनलाई २-० गोलले हराउँदै गत संस्करणको फाइनलमा ब्यहोरेको पराजयको बदलासमेत लिएको छ । सन् २०१२ को फाइनलमा स्पेनले इटलीलाई ४-० ले हराउँदै लगातार दोस्रो पटक उपाधि कव्जा गरेको थियो ।
स्पेनविरुद्ध इटालीका डिफेण्डर जरेजियो चेलिनीले गोलको खाता खोलेका हुन् । ३३औं मिनेटमा एडर मार्टिनको फ्रि-किक प्रहार रोकेपनि स्पेनिस किपर डेभिड डि गायले बल क्लियर गर्न नसक्दा पेनाल्टी एरियामा रहेका चेलिनीले सहजै बललाई जालीचुमाएका थिए ।
खेलमा नियमितपछि थपिएको अतिरिक्त समयको पहिलो मिनेटमा ग्राजियानो पेल्लेले गोल गर्दै इटालीलाई २-० को जित सुनिश्चित गराए । डिफेन्सिभ कमजोरीले स्पेनले दोस्रो गोल खान पुगेको थियो ।
इटलीले क्वाटरफाइनलमा विश्वबिजेता जर्मनीको सामना गर्नेछ । जर्मनी स्लोभाकियालाई हराउँदै यसअघिनै क्वाटरफाइनलमा पुगिसकेको छ ।
यता खेलअवधिभर स्पेनले कुनैपनि खतरनाक आक्रमण बुन्न सकेन । दोस्रो हाफको मध्यतिर आन्द्रेस इनिएष्टा र जेरार्ड पिक्युको शशक्त प्रहार इटलीयन भेट्रान गोलकिपर बुफोनले बिफल पारेका थिए ।
पछल्लो १० बर्षमा दुई युरोकप र एक विश्वकप गरी ३ ठूला उपाधि जितेको स्पेन गत संस्करणको विश्वकपमा पनि समूह चरणबाटै बाहिरिएको थियो । धेरैले स्पेनको मौलिक खेलशैली ‘टिकीटाका’ को समय सकिएको टिप्पणी गरेका छन् । इटलीबिरुद्धको खेलमा स्पेनको रक्षापंक्ति कमजोर देखिएको थियो भने स्ट्राइकरहरुको प्रदर्शनपनि सन्तोषजनक थिएन ।

असार १३।  सोमबार सम्पन्न रोमान्चक कोपाको अन्तिम खेलमा ९० मिनेटमा कुनै तर्फबाट पनि गोल हुन नसके पछि थप ३०  मिनेटको समयमा पनि सुन्य सुन्य मै रहे पछि खेल पेनाल्टीमा धकेलिएको थियो। अतिरिक्त समयमा केही गोल गर्ने मौका दुवै टोलीले खेर फाल्दा खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो ।
अर्जेन्टिनाका मेस्सी र विगलिया तथा चिलीका भिडाल  चुकेको पेनाल्टी सुटआउटमा ४-२ गोल अन्तरले चिलीले उपाधी रक्षा गरेको हो ।

 असार १३।  इडेन हजार्डको प्रेरणामा बेल्जियमले हंगेरीमाथि शानदार जित हात पारेको छ । र, युरोकप २०१६ को क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ ।
सोमबार विहान भएको खेलमा बेल्जियमले हंगेरीमाथि ४-० को फराकिलो जित हात पारेको हो ।
बेल्जियमका विंगर हजार्डले उत्कृष्ट गोल गरे । मध्यभागबाट पाएको पासमा उनले हंगेरीका दुई खेलाडीलाई छक्याए र उनीहरुकै बीचमा निकै सुन्दर गोल गरेका थिए ।
उसले खेलमा अग्रता भने १० औं मिनेटमा नै टोबी अल्डिवेरोल्डको गोलबाट लिएको थियो । बाँकी तीन गोल भने दोस्रो हाफको अन्ततिर मात्र सम्भव भएको थियो ।
७८ औं मिनेटमा मिची बाट्सुयीले बेल्जियमको अग्रता दोब्बर पारे । त्यसको एक मिनेटपछि नै हजार्डले शानदार गोल गरे । खेलको अन्तिम मिनेटमा यानिक करासिओले गोल गर्दै बेल्जियमलाई ४-० को जित दिलाए ।
अब बेल्जियमले सेमिफाइनलमा पुग्न वेल्सको सामना गर्नु पर्नेछ ।

असार १३। युरोकपको उपाधिको प्रमुख दाबेदार जर्मनीले स्लोभाकियालाई हराएको छ । र, क्वार्टरफाइनलमा स्पेन र इटलीको विजेतासँगको भेट पक्का गरेको छ ।
आइतबार राति भएको खेलमा जर्मनीले स्लोभाकियामाथि ३-० को जित दर्ता गरेको छ ।
विश्व विजेता जर्मनीले आठौं मिनेटमा नै जेरोमी बोटेङको गोलबाट अग्रता लिएको थियो । पहिलो हाफको खेल सकिन दुई मिनेटमात्र बाँकी छँदा मारिओ गोमेजले २५ यार्ड टाढाबाट भली गोल गरे ।
त्यसअघि १४ औं मिनेटमा नै जर्मनीले अग्रता दोब्बर गर्ने मौका पाएको थियो । तर, उसका ओजिल पेनाल्टीमा गोल गर्न चुकेका थिए ।
खेलको ६३ औं मिनेटमा जुलिआन ड्राक्लरले गोल गरेपछि जर्मनीले सहज जित हात पार्‍यो ।
लिलेमा भएको खेलमा तीन पटकको युरोपियन च्याम्पियनले आफ्नो खेल स्तर देखाएको थियो । ४-२-३-१ को फर्मेसनमा मैदान उत्रिएको जर्मनीले ड्राक्लर दायाा, ओजिल बीचमा र थोमस मुलरलाई बााया राखेर स्ट्राइकरमा गोमेज मात्र खेलेका थिए र बल पोजिसन निकै राम्रो थियो ।

असार १२। नेपालले भारतलाई तेश्रो दक्षिण एशियाली मैत्रीपूर्ण फुटभली च्याम्पियनसिमा २-० ले पराजित गर्दै स्वर्ण पदकका साथ ट्रफी हात पारेको छ ।
टोखास्थित भुतखेल मैदानमा भएको मैत्रीपूर्ण फुटभली प्रतियोगितामा नेपालले वेष्ट अफ थि्रको खेलमा २०-१८ र १८-१४ले भारतलाई पराजित गरेको हो ।
विच भलिबल जस्तै बालुवामा खेलिने खेलमा हातको सट्टा खुट्टाको प्रयोग गरिने छ । १८ अंकमा खेल समाप्त हुने भएता पनि दुई अंकको फरक अनिवार्य हुनेछ ।
दक्षिण एशियामा नौलो खेलको रुपमा रहेको फुटभली खेल ब्राजिलबाट सुरु भएको हो ।  उक्त खेललाई दक्षिण एशियामा विकास विस्तार गर्ने उद्धेश्यले नेपाल आएको दक्षिण एशियाली फुटभली महासंघका प्रतिनिधी तथा भारतीय फुटभली संघको टोलीले नेपालमा मैत्रीपूर्ण खेलको आयोजना गरेको हो ।
ओलम्पिकमा दर्ता रहेको यस खेललाई नेपालले २०७२ बैशाख १२ गते दक्षिण एशियाली फुटभली च्याम्पियनसिपको रुपमा आयोजना गरि सकेको छ भने थाईल्यान्डमा गत बैशाख ३० देखि आयोजना भएको एशियाली फुटभली च्याम्पियनसिपमा सहभागीता जनाई सकेको नेपाल फुटभली संघका अध्यक्ष मनिष ‘राम’ जोशीले बताए ।

7:35 AM ,
कास्की जिल्लाले अल नेपाल क्योकुसिन बुदो काई कराते प्रतियोगिताको उपाधि शनिबार जितेको छ । कास्कीले ५ स्वर्ण, ४ रजत र ११ कांस्य जित्यो ।
असार १२।  नेपाल क्योकुसिन बुदो काई कराते संघद्वारा आयोजित प्रतियोगिताको पुरुषमा रोचक सेट्ठी तथा महिलामा पवित्रा चौधरी उत्कृष्ट खेलाडी चुनिए ।
पुरुषको ३० केजीमा इन्द्रबहादुर थापा, ४० केजीमा राजुकुमार यादव, ५० केजीमा रितिक मागिया, ६० केजीमा गणेश अधिकारी तथा खुला तौलसमूहमा ओमराज पुन पहिलो भए ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको प्रतियोगिताको महिला ४० केजीमा एलिसा बराल, ५० केजीमा अम्बिका जिसी तथा खुलामा सुस्मी श्रेष्ठले स्वर्ण जिते ।
विजेतालाई नेपाल क्योकुसिन कराते डो संघका अध्यक्ष जगतप्रसाद गौचनलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । प्रतियोगितामा ९२ खेलाडीले ८ स्पर्धामा प्रतिस्पर्धा गरेको आयोजक संघका संस्थापक एवं प्रमुख प्रशिक्षक राजेन्द्र सुवेदीले जनाएका छन् ।

 असार १२।  उत्तरी आयरल्याण्डका ग्यारेथ म्याकोलीले आत्मघाती गोल गरेपछि वेल्स युरोकप २०१६ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
शनिबार भएको नकआउट चरणको खेलमा वेल्सले उत्तरी आयरल्याण्डलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
उत्तरी आयरल्याण्डको बलियो रक्षापंक्तिले वेल्सलाई पहिलो हाफ गोलरहित बराबरीमा रोकेको थियो । वेल्सको मात्र २ वटा शट्स अन टार्गेट थियो ।
तर, दोस्रो हाफको अन्त्यतिर उत्तरी आयरल्याण्ड संकटमा पर्‍यो, जब भेट्रान सेन्टरब्याक म्याकोलीले आत्मघाती गोल गर्न पुगे । वेल्सका स्टार खेलाडी ग्यारेथ बेलको प्रहार रोक्ने क्रममा उनले आफ्नै पोष्टमा गोल गरे ।
त्यही गोल वेल्सको जितका लागि पर्याप्त रहृयो । १९५८ को विश्वकपपछि पहिलो पटक ठूलो प्रतियोगिता खेलिरहेको वेल्सले अब बेल्जियम र हंगेरीको विजेतासँग अन्तिम ८ मा खेल्नेछ ।

असार १२।  स्विट्जरल्याण्डलाई टाइब्रेकरमा हराउँदै पोल्याण्ड युरो कप २०१६ को क्वार्टरफाइनलमा पुगेको छ ।
निर्धारित र अतिरिक्त समयको खेल १-१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो ।
पेनाल्टी सुटआउटमा स्विट्जरल्याण्डका जाकाको प्रहार फ्रेममै परेन । स्वीस टिमलाई नकआउट चरणसम्म पुर्‍याउने क्रममा उत्कृष्ट प्रदर्शन गरेका जाका पि्र क्वार्टरफाइनलमा भने खलनायक झै देखिए ।
स्वीस टिमका अरु चार खेलाडीले गोल गरेका थिए । तर, पोल्याण्डका पाँचै खेलाडीले गोल गर्दै ५-४ को जित दिलाए ।
यसअघि खेलमा पोल्याण्डले ३९ औं मिनेटमा अग्रता लिएको थियो । सुरुवातमै गोल गर्ने राम्रो मौका गुमाएको उसका लागि जाकुब ब्लासचिकोस्कीले गोल गरे ।
दोस्रो हाफदेखि विपक्षीमाथि लगातार आक्रमणको योजना बुनेको स्वीस टिमले खेल सकिन ८ मिनेटमात्र बाँकी छँदा बराबरी गोल फर्कायो । उसका लागि साकिरीले बाइसाइकल किकमार्फत निकै उत्कृष्ट गोल गरे ।
९० मिनेटको खेल १-१ को बराबरीमा सकिएपछि थपिएको ३० मिनेटमा पनि दुबै टोलीबाट गोल हुन सकेन ।
खेलमा स्वीस टिम पटक पटक अभागी सावित भएको थियो । स्वीस प्लेयर वान भर्सेस वानमा समेत चुके भने केही प्रहार बारमा लागेर फर्किएको थियो ।

असार १२। क्रोएशियालाई अतिरिक्त समयमा हराउँदै क्रिष्टियानो रोनाल्डोको टोली पोर्चुगल जारी युरोकप फुटबलको क्वाटरफाइनलमा प्रबेश गरेको छ ।
पोर्चुगलले क्वाटरफाइनलमा पोल्याण्ड प्रतिद्धन्दी पाएको छ । पोल्याण्डले शनिबार साँझ सम्पन्न खेलमा स्वीट्जरल्याण्डलाई पेनाल्टी शुटआउटमा पराजित गरेको हो ।
फ्रान्सको लेन्सस्थित स्टेट बोलार्ड डेलेसिस रंगशालामा भएको खेलको ११६औं मिनेटमा सब्सिच्युड स्ट्राइकर रिकार्डो क्वारेज्माले पोर्चुगलको उद्धार गरे । उनी जाआओ मारियोलाई प्रतिस्थापन गर्दै ८७औं मिनेटमा मैदान प्रबेश गरेका थिए । सुपरस्टार क्रिष्टियानो रोनाल्डोको प्रहार क्रोएशियान किपरले क्लियर गरेपछिको रिवाउण्ड बललाई क्वारेज्माले गोललाईनबाट हेड मार्फत जाली चुमाएका थिए ।
यसअघि खेलको निर्धारित ९० मिनेटको समयमा दुवै टोलीबाट गोल हुन नसकेपछि ३० मिनेटको अतिरिक्त समय थपिएको थियो । खेलको अधिकांश समय क्रोएशियाले पोर्चुगललाई दवावमा राखेपनि अन्त्यतिर पाएको अवसर सदुपयोग गर्दै पोर्चुगल क्वाटरफाइनलमा पुग्यो । अभागी ठहरिएको क्रोएशियाले खेल अवधिभर पोर्चुगलको पोष्टमा २१ पटक आक्रमण गरेको थियो जवकि पोर्चुगलले त्यस्तो अवसर ४ पटकमात्र पाएको थियो ।
सन् २००४ को उपबिजेता पोर्चुगल पछिल्लो चार संस्करणको युरोमा कम्तिमा सेमिफाइनलसम्म पुगेको छ । गत संस्करणमा पनि उ सेमिफाइनलबाट बाहिरिएको थियो । त्यसको विपरित पछिल्ला पाँच संस्करणमा क्रोएशियाले पहिलो पटक नकआउट चरण खेलेको थियो ।

5:57 AM ,
असार १०।  जुडो खेलाडी फुपुल्हामु खत्रीले ब्राजिलको रियो दि जेनेरियोमा हुने रियो ओलम्पिक- २०१६ मा सहभागिता पक्का गरेकी छन् ।
अगष्ट ५ देखि २१ तारिखसम्म हुने रियो ओलम्पिकमा वाइल्ड कार्ड मार्फत फुपुको सहभागिता पक्का भएको नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्यले जनाएका छन् ।
१२ औं सागकी स्वर्णधारी फुपु हाल हंगेरीको बुढापेस्टमा ओलम्पिक छात्रवृत्ति अन्तर्गत विशेष प्रशिक्षणमा छिन् ।

अष्ट्रियालाई अविश्वसनीय रुपमा २-१ गोलले हराएर अन्तिम १६ मा प्रबेश गरेको आइसल्याण्डका स्टार मिडफिल्डर गिल्फी सिगर्डसन मान्छन् कि उनी र उनको टोलीले प्रि-क्वार्टरफाइनलमा इंग्ल्याण्डलाई हराउने अपेक्षा गरेको छैन ।
आफ्नो टोली आइसल्याण्डलाई इंग्लिस प्रिमियर लिग बिजेता लिसेस्टरसँग तुलना गर्दै उनले भने, ‘इंग्ल्याण्डबिरुद्ध हामी एकदमै ठूलो अण्डरडगको रुपमा छौं ।’
आइसल्याण्ड समूह एफको उपविजेता बन्दै अन्तिम १६ मा पुगेको छ । खेलको अन्त्यतिर गरेको गोलको सहयोगमा अष्ट्रियालाई २-१ ले पराजित गर्दै उसले समूहमा पोर्चुगललाई उछिन्यो र राउण्ड अफ सिक्स्टिनमा रोय हट्सनको टोलीसँगको भेट पक्का गर्‍यो ।
पहिलो पटक ठूला प्रतियोगिताको फाइनल चरण खेलेको आइसल्याण्डको यस ऐतिहासिक उपलब्धि किन पनि उल्लखनीय छ भने त्यहाँको जनसङ्ख्या मात्र ३ लाख २३ हजार छ । र, यो, प्रिमियर लिग विजेता लिइस्टर शहरको जनसङ्ख्या भन्दा मात्र ७ हजार कम हो ।
र सिगर्डसनले मानेका छन् कि इंग्ल्याण्डबिरुद्ध आफनो टोलीले पक्कै पनि अनुकुल नतिजा हासिल गर्न सक्दैन । र यसमा उनीहरु दुःखी पनि हुँदैनन् । यद्यपि इंग्लिस मिडियाका केहि हेडलाइनले भने उनी र उनको टोलीलाई केहि दुःखी बनाउन सक्नेछ ।
यदि आइसल्याण्ड इंग्ल्याण्डबिरुद्ध अण्डरडगको रुपमा पेश भयो भने ? भन्ने पत्रकारले सोधेको प्रश्नमा सिगर्डसनले भने ‘हो मैले पनि त्यही सोचिरहेको छु । हाम्रो मुलुकको आकार पनि लिसेस्टरको जस्तै छ ।’
उनले थपे, ‘हामीलाई राम्रोसँग थाहा छ कि इंग्ल्याण्ड एउटा उत्कृष्ट टोली हो । टोलीमा अनुभवी र युवा खेलाडीको बर्चश्व छ । र हामी ‘अण्डरडग’ हौं ।’
‘हामीले यसअघि पनि ठूला टोलीहरु जस्तै पोर्चुगल, नेदरल्याण्ड्स, चेक गणतन्त्र, टर्की लगायतसँग खेलेका थियौं र राम्रो नतिजा हासिल गरेका थियौं’ सिगर्डसनले अघि भनेका छन्, ‘हामीलाई कुनै दबाव हुनेछैन । तर, तपाईं इंग्ल्याण्डलाई हेर्नुस्, यदि उ हामीसँग हार्‍यो भने इंग्लिस मिडियाले थोरै प्रचार गर्नेछन् ।’
यता अहिले इंग्ल्याण्ड पनि आफ्नो राम्रो लयको खोजीमा छ । समूहमा दुई बराबरी र १ जितपछि उ समूह ‘बी’ मा दोस्रो हुँदै नकआउट चरणमा पुगेको हो । उसले रुस र स्लोभाकियासँग बराबरी खेलेको थियो भने एकमात्र जित वेल्सबिरुद्ध निकालेको थियो ।
सिगर्डसनले टिप्पणी गरेका छन् कि ‘इंग्लिस टोलीमा धेरै कमजोरी छैन । टोली निक्कै राम्रो छ र उसले कठिन समूहमा मध्यम खेल प्रदर्शन गरेरैपनि राम्रो नतिजा निकालेको छ । उसको उत्कृष्ट प्रदर्शन हेर्न बाँकी नै छ ।’
‘हामीले इंग्ल्याण्डबिरुद्ध लामो समयसम्म रक्षात्मक खेल खेल्नुपर्नेछ’ उनले भने, ‘तर हामीले यसअघि नै प्रमाणित गरिसकेका छौं कि हामी यसका लागि सक्षम छौं ।’

पोर्चुगलले हंगेरीसँग ३-३ नाटकीय बाराबरी खेल्दै युरोकप २०१६ को नकआउट चरणमा स्थान बनाउँदा स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डो म्यान अफ द म्याच घोषित भए ।
पछिल्लो समय लगातार आलोचना खेपिरहेका रोनाल्डोले दुई गोल गरेका थिए भने एक गोलको पास मिलाएका थिए । तर, उनी यो पटक पनि आलोचनामुक्त हुन सकेनन्, कारण खेलपछिको पत्रकार सम्मेलनमा देखाएको व्यवहार
उनले पत्रकारले सोधेका कुनैपनि प्रश्नको जवाफ दिएनन् । खेल सकिएको १ घण्टापछि पत्रकार सम्मेलनमा उपस्थित भएका ३१ बर्षीय रोनाल्डोले केही बोले । तर, कुनै प्रश्नको सामना गर्न तयार भएनन् र उठेर हिडे ।
‘खेलको म्यान अफ द म्याच चुनिनु गौरवको कुरा हो । तर हाम्रो प्राथमिकता खेल जित्नु थियो तर हामी यस्तो गर्न असफल रहृयौं’ रोनाल्डोले भने ।
रोनाल्डोले अघि भने, ‘हामी कम्तिमा नकआउट चरणका लागि छनौट हुन चाहन्थ्यौं । हामीले सोचेका थियौं कि दोस्रो स्थानमा आउनेछौं । तर, आइसल्याण्डले अन्तिम मिनेटमा गोल गर्दै अष्ट्रियाबिरुद्ध जीत हासिल गर्‍यो । त्यसैले हामी समूहमा तेस्रो भयौं ।’
पोर्चुगलले राम्रो प्रदर्शन गरेको भन्दै उनले हंगेरीले पहिले गोल गरेपछि आफूहरु गोल फर्काउन सफल भएको बताए । रोनाल्डोले थपे, ‘हाम्रो टोली खराव स्थितिमा थियौं । र, उनीहरुले तीनै पटक अग्रता लिएका थिए तर हामीलाई अहिल्यै घर जानु थिएन । त्यसैले हामीले गोल फर्काउने प्रयास गर्‍यौं र सफल भयौं ।’
आफ्नो संक्षिप्त बयानपछि पत्रकारहरुले उनीमाथि थुप्रै प्रश्नहरु सोधेका थिए । तर उनले त्यसलाई नजरअन्दाज मात्र गरेनन् पोर्चुगिज मिडिया अफिसर तर्फ सोध्न आग्रह गर्दै भने, ‘यो मेरा लागि होइन ।’
हंगेरीसँग खेल्नु अघि उनले पोर्चुगलका एक टेलिभिजन पत्रकारको ‘बुम माइक’ खोसर पोखरीमा फालिदिएका थिए । त्यसपछि उनी पहिलो पटक पत्रकारसामू उपस्थित हुँदा दिउँसोको घटनाबारे प्रश्न नसोधियोस भन्ने चाहन्थे ।
त्यसैले उनी पत्रकारहरुको कुनै पनि प्रश्नको जवाफ नदिई हिँडे । उनको यस्तो व्यवहारको निकै आलोचना भएको छ ।


असार ९।  अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा पुगेको छ ।
आज अमेरिकाको टेक्सासमा भएको खेलमा घरेलु टोली अमेरिकाविरुद्ध ४-०को जित निकाल्दै अर्जेन्टिनाले कोपा अमेरिकाको फाइनलमा स्थान पक्का गरेको हो । अब उसले उपाधिका लागि कोलम्बिया र चिलीबीचको बिजेतासँग खेल्नु पर्नेछ ।
लियोनल मस्सीले अर्जेन्टिनाको लागि गोलको कीर्तिमान राखेको खेलमा मेस्सी, लाभाजी र हिगुइनले गोल गरेका थिए ।
खेलको पहिलो ३ मिनेटमा नै लाभाजीले हेडमार्फत अर्जेन्टिनालाई सुरुवाति अग्रता दिलाएका थिए । ३२ औं मिनेटमा पाएको फ्रि किकमा उत्कृष्ट गोल गर्दै मेस्सीले ५५ गोलको कीर्तिमान राखेका हुन् ।
दोस्रो हाफको ५० औं र ८६ औं मिनेटमा हिगुइनले गोल गर्दै अर्जेन्टिनालाई उपाधि नजिक पुर्‍याएका हुन् ।

असार ९।  महिला विश्वकप क्रिकेटको एसियाली छनौट हङकङमा हुने भएको छ ।
अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले आगामी अक्टोबरमा हुने छनौट प्रतियोगिता आयोजनाको जिम्मा हङकङलाईर् दिएको हो । एसिया छनौटमा आयोजक हङकङसँगै नेपाल, चीन र थाइल्याण्डले खेल्नेछन् ।
खेल अक्टोबर ९ देखि १५ मा हुनेछ । र, शीर्ष स्थानमा रहने टोली २०१७ मा हुने ग्लोबल छनौटमा भाग दिनेछ ।

असार ९।  युरोकप २०१६ मा अप्रत्यासित नजिता निकाल्ने क्रममा रिपब्लिक अफ आयरल्याण्डले इटलीलाई हराएको छ । र, तेस्रो स्थानमा रहने उत्कृष्ट चार टिममा पर्दै नकआउट चरणमा स्थान बनाएको छ ।
बिहीबार विहान भएको खेलमा रिपब्लिक अफ आयरल्यााण्डले उपाधिको दाबेदार इटलीलाई १-० गोल अन्तरले हरायो । उसको जितमा खेलको अन्तिमतिर ब्रेडीले गोल गरेका थिए ।
मार्टिन ओ’निलको टिमलार्ए थाहा थियो कि जितले नकआउट चरणमा स्थान बनाउने छ तर, ब्रेडीको गोल अघिसम्म इटलीको डिफेन्स तोड्न सकिरहेको थिएन । ८५ औं मिनेटमा ब्रेडीले गोल गरेपछि आयरल्याण्डका खेलाडी र समर्थकहरुले एक साथ खुसी मनाए ।
इटलीको हाकमा हार केही फरक रहृयो । समूह चरणको अन्तिम खेल अघि नै उ नकआउट चरण पुगिसकेको थियो । र, उसले नकआउट चरणमा स्पेनसँग भिड्नु अघि भएको खेलमा आठ परिर्वतन गरेको थियो ।
जितले रिपब्लिक अफ आयरल्याण्ड ४ अंकसहित समूह ईको तेस्रो स्थानमा रहृयो । र, तेस्रो स्थानमा रहने उत्कृष्ट चार टिममा पर्दै नकआउट चरणमा स्थान बनाएको छ । अब उसले फ्रान्सको सामना गर्नेछ ।

असार ९।  स्वीडेनलाई हराउँदै बेल्जियम युरोकप २०१६ को नकआउट चरणमा पुगेको छ । हारसँगै स्वीडेन प्रतियोगिताबाट बाहिरिएको छ ।
मंगलबार विहान भएको समूह चरणको अन्तिम खेलमा बेल्जियमले स्वीडेनलाई १-० गोल अन्तरले हराएको छ । यो हारसँगै स्टार इट्राकर जाल्टन इब्राहिमोभिचको अन्तराष्ट्रिय करियरको अन्त्य भएको छ । उनले युरोकपपछि सन्यास लिने घोषणा गरेका थिए । तर, उनको विदाइ सुदख हुन सकेन ।
समूह चरणबाटै बाहिरएको स्वीडेन ३ खेलबाट एक अंकसहित समूहको पुछारमा रह्यो र इब्राहिमोभिच गोल गर्न असफल हरे ।
बेल्जियमको जितमा नारिनगोलानले विजयी गोल गरे । उनले ८५ औं मिनेटमा गोल गरेका हुन् । जितसँगै बेल्जियम ६ अंकसहित समूह ईको उपविजेताका रुपमा अकआउट चरणमा पुगेको छ ।
अब उसले अन्तिम १६ मा हंगरीसँग खेल्नेछ ।
रिपब्लिक अफ आयरल्याण्डमाथि ३-० को जित निकालेको बेल्जियमले स्वीडेनमाथि हावी हुने अनुमान गरिएको थियो ।
तर, त्यस्तो हुन सकेन । उसका फस्ट ११, जसमा पि्रमियर लिगका ११ खेलाडी थिए, ले एक पटक मात्र विपक्षीको पोष्टमा धावा बोलेका थिए । केभिन डि ब्रेयेनको पासमा थोमसको हेडर आकासिएको थियो भने लुकाकु वान भर्सेज वानमा चुकेका थिए ।
स्वीडेनको भने युरोकप २०१६ कै राम्रो खेल थियो । भलै उसले जित्न सकेन । सुरुवाति २ खेलमा कमजोर प्रदर्शन गरेको स्वीडेनको चार प्रहार सही दिशामा थियो । अघिल्लो दुई खेलमा एक मात्र थियो ।

असार ९।  अन्तिम मिनेटको गोलको मदतमा आइसल्याण्डले युरो कपमा अष्ट्रियामाथि नाटकीय जित आत पारेको छ । युरो कपमै पहिलो जित दर्ता गरेको उसले नकआउट चरणमा स्थान बनाएको छ ।
बुधबार भएको समूह चरणको अन्तिम खेलमा आइसल्याण्डले अष्ट्रियालाई २-१ गोल अन्तरले हराएको छ ।
जितसँगै तीन खेलबाट ५ अंक जोडेको आइसल्याण्ड समूह एफका उपविजेता बनेको छ । र, अब अन्तिम १६ मा इंग्ल्याण्डको सामना गर्ने भएको छ ।
आइसल्याण्ड युरोकप खेल्ने अहिलेसम्मकै सानो देश हो । त्यहाँको जनसंख्या ३ लाख ३० हजार मात्र छ । तर, उसले पहिलो सहभागितामा नै युरो कपको नकआउट चरणमा पुगेको छ ।

असार ८। लियोनल मेसीले अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट सबैभन्दा धेरै गोलको किर्तिमान आफ्नो नाममा सारेका छन् ।
जारी कोपा अमेरिकाको सेमिफाइनलमा घरेलु टोली अमेरिकाबिरुद्ध गोल गर्दै मेस्सीले अर्जेन्टिनी राष्ट्रिय टोलीबाट उच्च गोलकर्ताको कोशेढु्रगा पार गरेका हुन । २७ बर्षीय बार्सिलोना सुपरस्टार मेसीले अर्जेन्टिनी राष्ट्रिय टोलीबाट १११ खेलमा ५५ गोल गरेका हुन् । साथै अर्जेन्टिनाको ओलम्पिक टोलीबाट उनले ५ खेलमा २ गोल गरेका छन् । सिनियर टोलीबाट समग्रमा उनको गोलसङ्ख्या ५७ पुगेको छ ।
यसअघि यो कीर्तिमान महान खेलाडी ग्याब्रियल बाटिस्टुटाको नाममा थियो । सन् १९९१ देखि २००२ सम्म अर्जेन्टिनाका लागि खेलेका बाटिस्टुटाले ७७ खेलमा ५६ गोल गरेका थिए ।
मेसी अर्जेन्टिनाको टोलीबाट अहिलेसम्मका सबेभन्दा युवा कप्तान समेन हुन् । सन् २०१० मा ग्रिसबिरुद्धको खेलमा उनले कप्तानीगरेका थिए । गत बर्ष जमैकाबिरुद्धको खेलसँगै उनले राष्ट्रिय टोलीबाट १०० क्याप जितेका थिए । राष्ट्रिय टोलीबाट उनले चार हृयाट्रिकसमेत गरेका छन् ।

असार ८। युरो कप २०१६ को समूह चरणमा साविकको विजेता स्पेन क्रिएसियासँग पराजित भएको छ । र, अन्तिम १६ मा इटली प्रतिद्वन्द्वी पाएको छ ।
बुधबार विहान भएको खेलमा क्रोएसियाले स्पेनलाई २-१ गोल अन्तरले पराजित गरेको छ । जितसँगै ७ अंकका साथ समूह डीको विजेता बनेको क्रोएसियाले नकआउट चरणमा इटलीलाई छलेको छ ।
तर, स्पेनको ६ अंक छ । र, समूह उपविजेता बनेको छ । उसले अन्तिम १६ मा समूह ईको विजेता इटली प्रतिद्वन्द्वी पाएको छ ।
खेलमा स्पेनले सातौं मिनेटमा नै मोराटाको गोलबाट अग्रता लिएको थियो । तर, जोगाउन सकेन । पहिलो हाफको अन्तिममा क्रोएसियाका कलिनिकले बराबरीमा गोल फर्काए ।
खेलको ७२ औं मिनेटमा स्पेनले पेनाल्टी पाएको थियो । तर, सर्जिओ रामोस गोल गर्न असफल रहे । उनको प्रहार विपक्षी किपरले रोके ।
८७ औं मिनेटमा पेरिसिकले गोल गर्दै क्रोएसियालाई २-१ को जित दिलाए । यससागै स्पेनको युरोपियन च्याम्पियनसिपमा १५ खेलको अपराजित यात्रा टुंगिएको छ ।

9:13 AM

असार ५।  नेपाल खेलकुद पत्रकार मञ्चले हरेक बर्ष आयोजना गर्दै आएको स्पोर्ट्स अवार्डको यस बर्षको संस्करण आगामी साउन ६ गते अायोजना गर्ने भएको छ । भूकम्पका कारण अघिल्लो बर्ष अवार्ड वितरण हुन सकेको थिएन ।
मञ्चले आइतबार पत्रकार सम्मेलन गरी स्पोर्टस अवार्ड-२०७२ आगामी साउन ६ गते बितरण गर्ने जानकारी दिएको हो । अवार्डलाई हंसराज हुलासचन्द एण्ड गोल्छा ग्रुप अन्तर्गतको बजार मोटरसाइकलले प्रायोजन गरेको हो ।
अघिल्ला संस्करणमा जस्तै यस बर्षपछि आठ बिधामा अवार्ड वितरण गरिनेछ । बर्षको उत्कृष्ट पुरुष, महिला र उत्कृष्ट युवा खेलाडी बिधामा अवार्ड दिइनेछ । त्यस्तै उत्कृष्ट प्रशिक्षक, लोकपि्रय खेलाडी, लाइफटाइम एचिभमेन्ट अवार्ड, बर्षको उत्कृष्ट पारा एथ्लिट अवार्ड र स्पेसल अवार्ड गरी आठ बिधामा उत्कृष्ट हुनेहरुलाई वितरण गरिनेछ ।
खेलाडीले बर्ष २०७२ भरि गरेको प्रदर्शनको आधारमा मनोनयनमा परेकाहरुमध्येबाट उत्कृष्ट छनौट गरिने मञ्चका अध्यक्ष महेश आचार्यले जानकारी दिए । त्यस्तै लोकपि्रय खेलाडीका लागि भने मनोनयन सार्वजनिक भएपछि एसएमएस भोटिङको आधारमा छनौट गरिनेछ । उत्कृष्ट खेलाडीको मनोनय छिट्टै गरिने मञ्चले जनाएको छ ।
उत्कृष्ट महिला, पुरुष र लोकपि्रय खेलाडीले पल्सर मोटरसाइकल पाउनेछन् भने अन्य बिधाका बिजेताले जनही ५० हजार पुरस्कार पाउनेछन् । विश्व खेलकुद पत्रकार दिवसको अवसर पारेर हरेक बर्ष जुलाई २ मा बितरण गरिँदै आएको अवार्ड यसबर्ष केहि ढिला बितरण गर्न लागिएको हो । यस बर्षको अवार्ड बितरण समारोह सम्पन्न गर्नका लागि ३० लाख खर्च हुने अनुमान गरिएको छ ।
हंसराज हुलासचन्द एण्ड कम्पनीसँग पाँच बर्षको सम्झौता
बिगत सात संस्करणदेखि स्पोर्टस् अवार्डको प्रायोजन गर्दै आएको हंसराज हुलासचन्द एण्ड कम्पनीले प्रायोजन सम्झौता ५ बर्ष थपेको छ । पत्रकार सम्मेलनमा कम्पनीका शेखर गोल्छा र मञ्चका अध्यक्ष महेश आचार्यले सम्झौतापत्रमा हस्ताक्षर गरे ।
सम्झौता अनुसार यस बर्षको अवार्डका लागि कम्पनीले तीन पल्सर मोटरसाइकलसहित १५ लाखको प्रायोजन गर्नेछ । प्रयोजन रकम आगामी बर्षदेखि बढाउँदै लगिने सम्झौता भएको बताइएको छ ।

असार ५।  अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले नयाँ एकदिवसीय लिगको प्रस्ताव तयार पारेको छ ।
जसमा टेष्ट मान्यता प्राप्त शीर्ष दशसहित १३ देशको सहभागिता रहनेछ र, १३ औं टिमको रुपमा नेपाल प्रमुख दाबेदार छ ।
यो प्रस्ताव आईसीसीको अब हुने बाषिर्क साधारणसभामा पेश हुनेछ र त्यहाँबाट पास भए २०१९ बाट लागू हुनेछ ।
टेलिग्राफका अनुसार प्रस्तावित लिगमा १० शीर्ष टेष्ट टिम रहनेछ । यस्तै अफगानिस्तान र आयरल्याण्डे पनि खेल्ने पक्का जस्तै छ । १३ औं टिम एशोसिएट नेशनबाट हुनेछ ।
यो लिग तीन वर्षको हुनेछ र यो अवधिमा सबै देशले एक अर्कासँग होम एण्ड अवेका आधारमा खेल्नेछन् । प्रस्तावित योजना अनुसार हरेक टिमले तीन म्याचको सिरिज खेल्नेछन् । यस आधारमा हरेक टिमले तीन वर्षमा ३६ एकदिवसीय खेल खेल्नेछन् ।
लिगको शीर्ष दुई टिमले प्ले अफ सिरिज खेल्नेछ र, त्यसको विजेता एकदिवसीय लिगको विजेता हुनेछ । यसलाई हरेक चार वर्षमा हुने विश्वकपको तयारीका रुपमा समेत हेरिएको समाचारमा जनाइएको छ  । यदि यो प्रस्ताव पारित भएमा स्वत छनोट हुने र विश्वकपमा सहभागी हुने प्रणाली बस्नेछ ।
लिगमा पुछारमा रहने टिम विश्व क्रिकेट लिग च्याम्पियनसिपमा घटुवा हुनेछ । यदि यो प्रस्ताव पास भएमा अफगानिस्तान र आयरल्याण्डको क्रिकेट विकासमा ठूलो फ्ड्को हुनेछ ।
१३ औं टिमका रुपमा नेपालको सहभागितामा भने केही प्रश्न रहेको क्रिकइन्फोले जनाएको छ । आईसीसीलाई नेपालमा बढ्दो क्रिकेटको लोकपि्रयता राम्ररी थाहा छ । र, त्यही आधारमा नै नेपाललाई विश्व क्रिकेट लिग च्याम्पियनसिप खेल्ने मौका दिइएको छ ।
अब एकदिवसीय लिगमा आफ्नो स्थान सुरक्षित गर्न विश्व क्रिकेट लिग च्याम्पियनसिपमा प्रदर्शन सुधार्न जरुरी छ । च्याम्पियनसिपको शीर्ष स्थानमा नेदरल्याण्ड्स छ । नेपाल भने छैटौं स्थानमा छ । यदि नेपाल यो लिगमा रेलिगेशनमा परेमा यो एकदिवसीय लिग खेल्ने सम्भावना कम हुनेछ ।
टेलिग्राफले भने एकदिवसीय लिगमा १३ औं स्थानको दाबेदार स्कटल्याण्ड पनि भएको बताएको छ ।

 असार ५।  फ्रान्सलाई बराबरीमा रोक्दै स्विट्जरल्याण्ड युरोकप २०१६ को नकआउट चरणमा प्रवेश गरेको छ ।
सोमबार विहान भएको समूह एको खेलमा स्विट्जरल्याण्डले घरेलु टोली फ्रान्सलाई गोलरहित बराबरीमा रोकेको हो । यससँगै फ्रान्स समूह विजेता बनेको छ भने स्विस टिम समूह उपविजेताका रुपमा अन्तिम १६ मा पुगेको छ ।
फ्रान्सले खेलमा टिममा पाँच परिर्वतन गरेको थियो, जसमा पल पोग्बो फस्ट ११ मै परे । र, पहिलो हाफमा उनको प्रहार दुई पटक पोष्टमा लागेर फर्किएको थियो ।
तर, लगातार दुई जित दिलाउने क्रममा स्टार बनेका दिमित्री पयेटलाई भने बैकल्पिक खेलाडीमा राखिएको थियो । ६३ औं मिनेट कोम्यानको स्थानमा मैदान प्रवेश गरेका उनले भली पनि क्रसबासमा लागेर फर्किादा घरेलु समर्थक चुकचुकाए ।
इन्जुरी समयमा फ्रान्सका साग्नाले क्लेरिम जमाइलीलाई धकेलेपछि स्विट्जरल्याण्डले पेनाल्टी पाउन सक्थ्यो तर, रेफ्रीले दिएनन् । यदि यो पेनाल्टी दिइएको भए स्विट्जरल्याण्ड समूह विजेता बन्ने सम्भावना रहन्थ्यो ।
यद्यपि चार पटकको प्रयासमा स्विटजरल्याण्ड पहिलो पटक युरो कपको नकआउट चरणमा पुगेको छ ।
२०१४ को विश्वकपमा ५-२ ले पराजित भएको स्वीट्जरल्याण्डले दुई वर्षपछि त्यही टोलीविरुद्ध राम्रो खेलेको छ । उसको बल पोजिसन ५८ प्रतिशत थियो । खेलमा उसका छ शट्स थियो, जस मध्ये तीन विपक्षी किपरले रोके भने तीन सही दिशामा थिएन । फ्रान्सको भने शट्स १४ थियो, जसमध्ये चार सही दिशामा थियो ।

असार ५।  अल्बानियाले रोमानियालार्इ हराउँदै ठूलो प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ र युरो कप २०१६ नक आउट चरणमा पुग्ने सम्भावना जिवितै छ ।
ठूलो प्रतियोगितामा पहिलो जित दर्ता गर्ने क्रममा अल्बानियाले सोमबार विहान भएको खेलमा रोमानियालाई १-० गोल अन्तरले पराजित गरेको हो ।
लियोनमा भएको समूह चरणको अन्तिम खेलमा अल्बानियाको जितमा साडिकुले ४३ औं मिनेटमा विजयी गोल गरे ।
जितसँगै ४ अंकसहित समूह एको तेस्रो स्थानमा रहेको अल्बानिया तेस्रो स्थानमा रहेका चार उत्कृष्ट टिममा परेर नकआउट चरणमा पुग्ने सम्भावना कायमै छ ।
यदि अल्बानिया अन्तिम १६ मा पुगेमा उसले समूह बी वा समूह सीको विजेतासँग खेल्नु पर्ने हुन्छ ।
अल्बानियाले सुरुमा स्विट्जल्याण्ड र त्यसपछि फ्रान्ससँग हार व्यहोर्‍यो । तर, राम्रो प्रयास र संगठित टिमका कारणले अन्तिम खेलमा विजयी भए, जसका लागि उनीहरु योग्य थिए ।
अल्बानियाले फ्रान्समा जुन प्रदर्शन गरेको छ, उनीहरुका जीवन्त र भावुक समर्थकहरु शायद खुसी होलान् । यो जित रोमानियामाथि सन् १९४८ पछि पहिलो पटक हो ।
उसो त खेलमा सुरुको २५ मिनेट त इतिहास दोहारिने संकेत थियो । किनकी खेलमा रोमानिया हाबी भएको थियो । उसको बल पोजिसन ६२ प्रतिशत थियो ।
तर, खेल सकिँदासम्म गोल प्रयासमा अल्बानिया राम्रो देखिएको थियो । रोमानियाको १६ सट्स रहेकोमा ३ मात्र फ्रेममा परेको थियो भने अल्बानियाको १४ शट्स रहेकोमा ५ फ्रेममा थियो ।

असर ५। आत्मघाती गोलगरेपछि आइसल्याण्डले युरो कपमा कीर्तिमानी जित हात पार्ने मौका गुमाएको छ र, हंगेरीसँग अंक बााडेके छ ।
शनिबार राति भएको खेलमा आइसल्याण्डले हंगेरीसँग १-१ गोलको बराबरी खेलेको हो । पहिलो पटक युरो कप खेलिरहेको सानो देश आइसल्याण्डले पहिलो खेलमा पोर्चुगललाई बराबरीमा रोकेको थियो ।
मार्सेलिएमा भएको खेलमा आइसल्याण्डले पहिलो हाफमा गिफी सेगुट्सनको गोलबाट अग्रता लिएको थियो । ३९ औं मिनेटमा पाएको पेनाल्टीमा गोल गर्दै सेगुट्सन युरोकपमा गोल गर्ने देशकै पहिलो खेलाडी बने ।
बल पोजिसनमा हंगेरी हावी थियो । तर, आइसल्याण्डको डिफेन्सले लगातार उसलाई निराशा पारेको थियो । खेलको ८७ औं मिनेटमा नेमान्जा निकोलिकको प्रहार रोक्ने क्रममा सएभार्सनले आफ्नो पोष्टमा गोल गर्न पुगे र आफ्नै कारणले जित्ने मौका गुमाएको छ ।
यो बराबरीले हंगेरी चार अंकसहित समूह ईको शीर्ष स्थानमा छ । र, नक आउट चरण प्रवेशको सम्भावना बनाएको छ । सल्याण्ड २ अंकसहित दोस्रो र पोर्चुगल पनि समान २ अंकसहित तेस्रो स्थानमा छ । पुछारमा रहेको अष्ट्रियाको एक अंक छ ।

असार ५।  सनिबार सम्पन्न खेलमा लुकाकुको दुई गोलको मदतमा बेल्जियमले रिपब्लिक अफ आयरल्याण्डमाथि शानदार जित हात पारेको छ ।
युरो कपमा पहिलो जित हात पार्ने क्रममा बेल्जियमले रिपब्लिक अफ आयरल्याण्डलाई ३-० गोल अन्तरले हराएको हो । यससँगै उसको नकआउट चरण प्रवेशको सम्भावना बलियो भएको छ भने स्वीडेनमाथि दबाव बढेको छ ।
बोर्डोमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर, दोस्रो हाफको सुरुवाटै बेल्जियम हावी भयो ।
खेल तथ्य
बेल्जियम
गोलः लुकाकु ४८, ७० विट्सल ६१
बल पोजिशनः ५७
सट्सः १७
सट्स अन टार्गेटः ७
कर्नरः ५
रिपब्लिक अफ आयरल्याण्ड
बल पोजिशनः ४३
सट्सः १०
सट्स अन टार्गेटः ०
कर्नरः ४
४८ औं मिनेटमा लुकाकुले गोल गरे । उनले केभिन डी ब्रुयनेको पासमा गोल गरेका हुन् । र, युरो २०१६ मा बेल्जियमको यो नै पहिलो गोल बनेको छ । पहिलो खेलमा भने बेल्जियमले इटलीसँग २-० गोल अन्तरको हार व्यहारेको थियो ।
६१ औं मिनेटमा विट्सलले अग्रता दोब्बर पारे । खेलको ७० औं मिनेटमा इडन हजार्डको पासमा लुकाकुले व्यक्तगत दोस्रो गोल गर्दै बेल्जियमलाई जित दिलाए ।
यो समूहबाट इटली नकआउट चरणमा पुगिसकेको छ । र, समूह चरणको अन्तिम बेल्जियम र स्वीडेन नै आमनसामने हुनेछन् । यदि इटलीले रिपब्लिक अफ आयरल्याण्ड हराए वा बराबरी खेले बेल्जियमलाई बराबरी भए पुग्छ ।
तर, स्वीडेनलाई भने जित आवश्यक हुन्छ । बराबरीले भने समूहको तेस्रो स्थानमा रहेर अन्तिम १६ मा पुग्ने विकल्प बाँकी रहनेछ ।

असार ५।  क्रिष्टियानो रोनाल्डोले देशका लागि कीर्तिमान खेल खेलिरहँदा पेनाल्टीमा गोल गर्न चुकेका छन् र युरो कपमा पोर्चुगल अष्ट्रियासँग बराबरीमा रोकिएको छ ।
आइतबार विहान भएको खेलमा पोर्चुगललाई अष्ट्रियाले गोलरहित बराबरीमा रोक्दै अंक खोसेको हो । युरो कप २०१६ को समूह ईमा रहेको पोर्चुगलले पहिलो खेलमा पनि बराबरी खेलेको थियो ।
फ्रान्सको राजधानी पेरिसमा भएको खेलको ७८ औं मिनेटमा पोर्चुगलले पेनाल्टी पायो । उसका स्टार स्ट्राइकर रोनाल्डोको प्रहार अष्ट्रियाका गोलकिपर रोबर्ट अल्मेरले उत्कृष्ट बचाउ गरे ।
अष्ट्रियाले पोर्चुगलबाट एक अंक खोस्नुको मुख्य श्रेय किपर अल्मेरलाई नै जान्छ । उनले रोनाल्डोको हेडरदेखि नानीको प्रहारलाई असफल पारेका थिए ।
रोनाल्डोको कीर्तिमानी तर विर्सनलायक दिन
अष्ट्रियाविरुद्ध मैदान उत्रँदा नै रोनाल्डोले एउटा कीर्तिमान बनाए । यो भनेको पोर्चुगलका लागि १२८ औं क्याप । पोर्चुगलका लागि सबैभन्दा धेरै खेल खेल्ने राहुलको कीर्तिमानलाई उनले युरो कपको पहिलो खेलमा नै बराबरी गरेका थिए ।
२००३ मा काजकिस्तानविरुद्ध डेब्यू गरेका रोनाल्डोले आइतबार पोर्चुगलका लागि धेरै अन्तराष्ट्रिय खेल खेल्ने खेलाडीको रेकर्ड आफ्नो नाममा लेखाए । तर, उनको कीर्तिमान पेनाल्टी मिसले स्वत छायाँमा परेको छ ।
उनी आइसल्याण्डले सानो मानसिकता राखेको भन्ने टिप्पणीपछि नै विवादमा परेका थिए । आइतबार अष्ट्रियाविरुद्ध पोर्चुगललाई जित दिलाउन सकेको भए उनका आलोचकको मुख स्वत बन्द हुन्थ्यो । तर, उनले पेनाल्टी नै चुकाएका छन् । खेलका क्रममा उनका तीन गोल प्रयास सही दिशामा थियो । तर, विपक्षी किपरले रोकिदिए ।
समूह चरणको दुई खेल सकिादा हंगेरी ४ अंकसहित समूहको शीर्ष स्थानमा छ भने आइसल्याण्ड २ अंकसहित दोस्रो र पोर्चुगल पनि समान २ अंकसहित तेस्रो स्थानमा छ । पुछारमा रहेको अष्ट्रियाको एक अंक छ ।

5:33 AM ,
असार ४। अल नेपाल सिनियर जुडो प्रतियोगितामा नेपाल प्रहरी क्लबकी सरीता चौधरी र बन्दी सहायता गृह -पाम) की मनीता श्रेष्ठ प्रधानले शुक्रबार स्वर्ण जितेका छन् ।
सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको महिला ४८ केजीमुनि फाइनलमा सरीताले सीडब्लुसीएनकी मनीषा महर्जनलाई पराजित गरिन् । महिला ५७ केजीमुनि उपाधि भिडन्तमा १२ औं दक्षिण एसियाली खेलकुदकी रजत विजेता मनीताले सशस्त्र प्रहरी बलको एपीएफ क्लबकी देवीका खड्कालाई हराइन् ।
ओलम्पिक डेको उपलक्ष्यमा नेपाल जुडो संघ र स्पोर्ट्स फर अल कमिसनद्वारा संयुक्त आयोजित प्रतियोगिताको पुरुष ६० केजीमुनि उमेश मगर, ८१ केजीमुनि सन्तोष सुनुवार तथा ९० केजीमुनि श्रीराम मकाजुले पहिलो स्थान हात पारे ।
फाइनलमा उमेशले पामका सुदेश दोङ, सन्तोषले प्रहरीका राजबहादुर चन्द तथा श्रीरामले नेपाल आर्मी क्लबका रमेशबहादुर चन्दको चुनौती समाप्त पारे । विजेतात्रय प्रहरीका हुन् ।
विजेतालाई आयोजक कमिसनका अध्यक्ष विष्णुगोपाल श्रेष्ठ, नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्यलगायतले पुरस्कृत गरे । यसअघि प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष एवं नेपाल ओलम्पिक कमिटीका महासचिव लामा टेन्डी शेर्पाले उद्घाटन गरेका थिए ।
दुईदिने प्रतियोगितामा ५४ पुरुषले ५ तथा ३८ महिलाले ४ स्वर्णका लागि प्रतिस्पर्धा गरिरहेको जुडो संघका महासचिव धर्मकुमार श्रेष्ठले जनाएका छन् । अन्तिम दिन शनिबार ४ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ ।

 असार  ३।  काठमाडौँमा जारी स्व. ललितकृष्ण स्मृति यु-१८ राष्ट्रिय फुटबल प्रतियोगितामा जगदम्बा लुम्बिनीले पहिलो खेलमा विभागीय टिम नेपाल आर्मीलाई ६-० ले पराजित गरेको छ ।
jagadamba-lunmbiniबिहीबार भएको समूह बी अन्तर्गतको आफ्नो पहिलो खेलमा जगदम्बा लुम्बिनीले प्रतियोगितामा नै सबैभन्दा फराकिलो जित निकाल्दै स्पष्ट ३ अंकसहित समूहमा अग्रता लिएको हो ।
जगदम्बा लुम्बिनीको जीतमा तेजेन्द्र पुनले दुई गोेल गरेका थिए । यसैगरी दामोदर थापा, मन्दिप थापा, सोभित थापा, जनम लिगलसमेत एक-एक गोल गरेका थिए ।
यसअघि भएको पहिलो खेलमा आर्मीले जावलाखेलमाथि २-१ गोलको जित निकालेको थियो ।
प्रतियोगितामा १२ टिमको सहभागिता रहेको छ । उपाधि विजेताले नगद ३ लाख समेत प्राप्त गर्ने छ ।
असार ४ गते हुने दोस्रो खेलमा जगदम्बा लुम्बिनीले जावलाखेललाई बराबरीमा रोकेपनि दोस्रो चरणमा प्रवेश गर्नेछ ।

असार ४।   रियो ओलम्पिक- २०१६ मा वाइल्ड कार्ड मार्फत सहभागिता जनाउन लागेकी तेक्वान्दो खेलाडी निशा रावल शुक्रबार दक्षिण कोरियाको सिओल प्रस्थान गरेकी छन् ।
Nisha-Rawalब्राजिलको रियो द जेनेरियोमा अगष्ट ५ देखि २१ तारिखसम्म चल्ने ओलम्पिकको तयारीका लागि निशा प्रशिक्षक जा हो लिसंगै कोरिया प्रस्थान गरेकी हुन् । उनीहरुलाई युवा तथा खेलकुद मन्त्री सत्यनारायण मण्डलले एक कार्यक्रमबीच बिदाइ गरे ।
सो अवसरमा चीनको होहोटमा जुन २० देखि २६ तारिखसम्म सञ्चालन हुने क्योरोगी तथा पुम्सेको विभिन्न निणर्ायक रिप|mेसर कोर्षमा सहभागी हुने तेक्वान्दो टोलीलाई पनि बिदाइ गरिएको थियो ।
कोर्षमा टार्जन सुब्बा, नवीनकुमार श्रेष्ठ, हीराबहादुर थापा, मीन न्यौपाने, नोर्बु लामा, बद्रीप्रसाद घिमिरे, दीपक विष्ट, दिनेश श्रेष्ठ, भीमलाल श्रेष्ठ, अर्जुनभक्त राई, अर्जुन केसी, विश्वराज राई, कविराज नेगी लामा तथा मीनु कार्की सहभागी हुने छन् ।

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.