Responsive Ad Slot

मनाङ मर्स्याङ्दी र त्रिभुवन आर्मी आज भिड्दै

No comments

Sep 29, 2015

राष्ट्रिय लिग फुटबलमा मंगलबार(आज) उपाधि दाबेदार मानिएका मनाङ मर्स्याङ्दी क्लब र त्रिभुवन आर्मी क्लब भिड्दै छन् ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुने खेलमा उपाधि होड बलियो पार्न मंगलबार दुवै टिमलाई जित आवश्यक छ ।
लिग अंक तालिकाको तेस्रो स्थानमा रहेको मनाङले अहिलेसम्म १० खेलमा १९ अंक जोडेको छ । उत्तिनै खेल खेलेका आर्मी र एपीएफको १७–१७ अंक छ । १२ खेल खेलेको झापा–एघार २४ अंकसहित अंक तालिकाको शीर्ष स्थानमा छ भने थ्री स्टारको ११ खेलबाट २२ अंकसहित दोस्रो स्थानमा छ ।

ज्ञानकुञ्ज बास्केटबल बेसको उपाधि प्रहरी उच्च माविलाई

No comments
आश्विन १२।  काभ्रेमा सम्पन्न ज्ञानकुञ्ज अन्तरकलेज बास्केटबल बेसको उपाधि नेपाल प्रहरी उच्च मावि साँगाले जितेको छ ।

सोमबार भएको फाइनलमा आयोजक ज्ञानकुञ्ज कलेजलाई हराउँदै नेपाल प्रहरीले उपाधि जितेको हो । पुलिस ४९–३९ ले विजयी भयो । प्रतियोगितामा जिल्लाका ६ कलेजका ७ टिमले भाग लिएका थिए । विजेता, उपविजेतालाई काभ्रेका निमित्तप्रमुख जिल्ला अधिकारी अर्जुनकुमार शर्माले शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरेका थिए ।

यु–१९ लाई जनही दुई/दुई लाख, यु–१६ लाई ५० हजारसहित सम्मान

No comments
आश्विन १२।  अखिल नेपाल फुटबल संघ (एन्फा)ले दुई उमेर समूहका राष्ट्रिय टिमलाई सोमबार नगद पुरस्कारसहित सम्मान गरेको छ ।

एन्फाले साफ च्याम्पियनसिप जित्न सफल यु–१९ टिम र एएफसी यु–१६ च्याम्पियनसिपको फाइनल चरणमा पुग्न सफल टिमलाई सम्मान गरेको हो ।
फाइनलमा भारतलाई पराजित गरी २२ वर्षपछि नेपाललाई पहिलो उपाधि दिलाउन सफल यु–१९ टिमका २३ खेलाडी, तीन प्रशिक्षक र एक थेरापिष्ट गरी २७ जनालाई एन्फाले जनही दुई लाख रुपैयाँका दरले पुरस्कृत गर्दै सम्मान गरेको हो ।
यसअघि, सरकारले जनही एक लाख रुपैयाँसहित सम्मान गरेको थियो । यस्तै, कीर्गिस्तान र जोर्डनलाई हराउँदै एएफसी यु–१६ छनोटको उत्कृष्ट चार उपविजेताभित्र पर्दै अर्को वर्ष भारतमा हुने फाइनल चरणमा छानिएको टिमका २३ खेलाडी, दुई प्रशिक्षक र एक चिकित्सकलाई जनही ५० हजार रुपैयाँसहित सम्मान गरिएको छ ।
नगद पुरस्कारसहित सम्मान गर्दै सांसद एवं एन्फा अध्यक्ष गणेश थापाले यो पुरस्कारले खेलाडीमा अझ उत्कृष्ट प्रदर्शनका लागि थप हौसला बढ्ने विश्वास व्यक्त गरे ।
तस्वीरः एन्फा

एन्फाका आन्दोलनरत तीन उपाध्यक्ष निलम्बित

No comments
आश्विन १२।  अखिल नेपाल फुटबल संघ एन्फाले नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टी जनाउँदै आन्दोलन गरिरहेका तीन उपाध्यक्ष र एक सदस्यलाई निलम्बन गरेको छ ।
एन्फाको सोमबार बसेको बैठकले उपाध्यक्षहरु कर्मा छिरिङ शेर्पा, विजयनारायण मानन्धर, किशोर राई र सदस्य पंकज नेम्वाङलाई आगामी साधारणसभासम्मका लागि बर्खास्त गरेको हो ।
लगातार तीन वटा बैठकमा विना जनाकारी अनुपस्थित भएको र यसबारे सोधिएको स्पष्टीकरणको जवाफ समेत नदिएकाले एन्फाको विधान अनुसार उनीहरुलाई बर्खास्त गरिएको बताइएको छ ।
एन्फाले असन्तुष्ट ४ जनालाई आगामी साधारण सभासम्मका लागि बर्खास्त गरेको निर्णय गरे पनि साधारणसभाको मिति भने तोकेको छैन ।
एन्फा बैठकले निलम्बित उपाध्यक्षहरुको ठाउँमा मणी कुँवर, सन्तोष खड्का र वीरबहादुर खड्कालाई मनोनयन गरेको छ ।
यसैगरी रिक्त रहेको सदस्य पदमा अरुणमान जोशीलाई चयन गरिएको छ । यसैगरी उपाध्यक्ष ललितकृष्ण श्रेष्ठको निधन भएपछि रिक्त रहेको पदमा नरेन्द्र श्रेष्ठलाई मनोनयन गरिएको छ ।

अन्तराष्ट्रिय कराँते प्रतियोगिता धनगढीमा

No comments

Sep 28, 2015

 आश्विन ११।   सुदुर पश्चिमाञ्चल गोजुरियो कराते डो संघको आयोजनामा सातौ खुल्ला अन्तराष्ट्रिय कराँते प्रतियोगिता आयोजना हुने भएको छ ।
धनगढीको सुदुर पश्चिमाञ्चल क्षेत्रीय रंगशालामा आगामी मंसिर ३ देखि ५ गते सम्म प्रतियोगिता संचालन गरिने आयोजकले जनाएको छ ।
नयाँ शक्ति नेपाल सिएनसीको मुख्य प्रायोजनमा सञ्चालन हुने प्रतियोगितामा नेपालसहित भारत, श्रीलंका, पाकिस्तान, अफगानिस्तान, बंगलादेश र भुटानका करिब तीन सय खेलाडीहरुले सहभागीता जनाउने छन् ।

आजबाट नेपालको व्यावसायिक गल्फको नयाँ सिजन

No comments
आश्विन ११।   नेपालको व्यावसायिक गल्फ टुरको नयाँ सिजन सोमबारबाट सुरु हुँदैछ ।
सूर्य नेपाल गल्फ टुर २०१५/१६ अन्तर्गतको पहिलो प्रतियोगिताको रुपमा आइतबारबाट सूर्य नेपाल सेन्ट्रल ओपन गल्फ प्रतियोगिता आयोजना हुँदैछ ।
गोकर्ण फरेष्ट गल्फ कोर्समा हुने प्रतियोगितामा साविक विजेताशिवराम श्रेष्ठ सहितका शीर्ष खेलाडीहरु उपाधिका लागि भिड्दैछन् ।
सिजनको पहिलो प्रतियोगिताको रुपमा सुर्य नेपाल मास्टर्स आयोजना हुँदै आए पनि यसपटक भुकम्पले उक्त प्रतियोगिता प्रभावित भएको थियो ।
गत बैशाखमा तय भएको सूर्य नेपाल मास्टर्स भुकम्पको कारण स्थगित गरिएपछि सेन्ट्रल ओपनलाई टुरको पहिलो प्रतियोगिता बनाइएको हो । अघिल्लो सिजनको टुरमा सुर्य नेपाल मास्टर्ससहित कुल ८ प्रतियोगिता भएका थिए ।
यसपटक कम्तिमा ७ प्रतियोगिता निश्चित भएकाले अन्य केही प्रतियोगिता थप्न प्रयास गर्ने टुरको आयोजक नेपाल व्यावसायिक गल्फर्स संघले जनाएको छ ।

झापा–११ को शीर्ष स्थानमा कायमै

No comments
आश्विन ११।  रेडबुल राष्ट्रिय लिग फुटबलमा झापा–११ को शीर्ष स्थानमा कायमै रहएको छ।   आइतबार सम्पन्न १३ औं खेलमा नेपाल पुलिस क्लवलाई २–० ले पराजित गर्दै २४ अंकका साथ शीर्ष स्थान ओगट्न सफल भएको हो। थ्रीस्टार क्लव ११ खेलबाट २२ अंकका साथ दोस्रो स्थानमा छ।   सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा थ्रीस्टारद्धारा सुदूरपश्चिम फुटबल क्लब कैलाली १–० को झिनो अन्तरले पराजित गर्यो। ।

क्रिकेट देखि फुटबल सम्म रुपन्देही

No comments

Sep 27, 2015

आश्विन १०।  नेपालको फुटबल इतिहासमा महत्वपूर्ण योगदान दिएको रुपन्देही क्रिकेटको पनि उर्वरभूम बन्दै भएको छ ।
फुटबलमा हाल चर्चित विमल घर्ती मगरदेखि राष्ट्रिय खेलाडी दीपली क्षेत्री, पुकार गहतराज, प्रदीप कार्कीलगायत खेलाडी उत्पादन गरेको छ । पछिल्ला वर्षहरुमा फुटबलसँगै क्रिकेटका राष्ट्रिय खेलाडी शक्ति गौचन, वसन्त रेग्मीलगायत उत्पादन गरेको जिल्लामा चार खेलाडी  यु १९ विश्वकपमा पनि छनोट भएपछि यहाँका खेलप्रेमी थप उत्साहित बनेका छन् ।
रुपन्देही क्रिकेट सङ्घका अध्यक्ष प्रशान्तविक्रम मल्लले जिल्लामा फुटबलसँगै क्रिकेटका राष्ट्रिय खेलाडी धमाधम उत्पादन भइरहेको बताए । उनका अनुसार जिल्लामा हुने नियमित क्रिकेट अभ्याससँगै विभिन्न क्रिकेट प्रतियोगिताले खेलाडी उत्पादन गर्न मद्दत  पुगेको छ ।
आइसिसी यु १९ विश्वकप छनोट क्रिकेटको तयारीका लागि आज भारत जाने टोलीमा रुपन्देहीमा चार जना खेलाडी छनोटमा परेका छन् ।
नेपाल क्रिकेट सङ्घ क्यानले बिहीबार घोषणा गरेको राजु रिमालको कप्तानीमा रहेको १४ सदस्यीय टोलीमा रुपन्देहीका कुशल भुर्तेल, सौरभ खनाल, शङ्कर राना र  सन्दीप सुनार छनोटमा पर्न सफल भएका छन् ।
टोलीमा १३ जना एसिसी प्रिमियर लिग खेलमा सहभागी  खेलाडी पर्न सफल भएका छन् ।  यहाँ क्रिकेट प्रतियोगताहरु नियमित भइरहने भएकाले उक्त खेललाई यहाँ निकै महत्वका रुपमा हेर्ने गरिन्छ । रासस 

बराबरीमा मड्रिड र मालागा

No comments
आश्विन १०।  स्पेनिस ला लिगा फुटबलमा मालागा र रियल मड्रिड बराबरी भएका छन् ।  शनिबार राति सम्पन्न खेल गोलरहित बराबरीमा १\१  अंक बाडेर  टुंगिएको हो।  रोनाल्डो रियल मड्रिडको टप स्कोरर बन्न मात्र तीन गोलले पछि परेका छन्  । मालागाविरुद्ध गोल गर्न नसकेका उनले आफ्ना आक्रोस तथा निरासा पोलमा देखाए ।
अर्को खेलमा भ्यालेन्सियाले एथ्लेटिको मड्रिडलाई १–० ले हराएको छ भने सेल्टाभियो र आइबरले १–१ को बराबरी खेलेका छन् ।
यो नजितासँगै भ्यालेन्सिया ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । उसको ६ खेलबाट १६ अंक छ भने दोस्रो स्थानमा रहेको बार्सिलोनाको १५ अंक छ ।

म्यान चेस्टर को फेरी पनि जित, लिगको शीर्ष स्थानमा

No comments


असविन १०। सण्डरल्याण्डलाई पराजित गर्दै म्यानचेष्टर युनाइटेड पछिल्लो २ वर्षमा पहिलो पटक इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा पुगेको छ।
 शनिबार राति सम्पन्न खेलमा युनाइटेडद्वारा पुछारमा रहेको सण्डरल्याण्डलाई ३–० ले पराजित गरेको हो ।
खेलमा युनाइटेडले पहिलो हाफको अन्तिममा अग्रता लिएको थियो । उसका लागि मेम्फिस डिपेले गोल गरे ।
दोस्रो हाफको सुरुमा नै वायन रुनीले गोल गर्दै अग्रता दोब्बर पारे भने अन्तिममा माटाले गोल गर्दै ३–० को जित दिलाए ।
त्यसअघि भएको खेलमा म्यानचेष्टर सिटी टोटनह्यामसँग ४–१ ले पराजित भएको थियो ।
जितसँगै म्यानचेष्टर युनाइटेड ७ खेलबाट १६ अंकसहित शीर्ष स्थानमा छ भने समान खेलबाट १५ अंक जोडेको म्यानेचष्टर सिटी दोस्रो स्थानमा झरेको छ ।

U19 नेपाली टोली तयारीका लागि भारत जादै

No comments

Sep 25, 2015

असोज l आईसीसी यू-१९ विश्वकप छनोट क्रिकेटका लागि १४ सदस्यीय नेपाली टोलीको घोषणा भएको छ ।
एसीसी प्रिमियर लिग खेलेको टोलीका एक सदस्य मात्र परिर्वतन गरिएको छ । आशिष धामीको स्थानमा कुशल भुर्तेल आएका छन् । आशिष बैकल्पिक खेलाडीमा परेका छन् ।
राजु रिजालको कप्तानीमा रहेको नेपाली टोलीको उपकप्तानमा आरिफ शेख छन् । यस्तै दिपेन्द्र ऐरी, सौरभ खनाल, शंकर राना, सन्दिप सुनार, सुनिल धमला, योगेन्द्र कार्की, दिपेश श्रेष्ठ, सुशील कँडेल, प्रेम तामाङ्ग, राजवीर सिंह र ललितनारायण राजवंशी छन् ।
आशिषसँगै कमल ऐरी, हिमांशु दत्त र सन्दिप लामीछाने बैकल्पिक खेलाडीमा परेका छन् । यू-१९ विश्वकप छनोट अक्टोबर १३ देखि मलेसियामा हुनेछ । आईसीसी यू-१९ विश्वकप छनोट क्रिकेटको तयारीका लागि नेपाली टोेली भारत जाने भएको छ ।
नेपाल क्रिकेट संघ क्यानले बिहीबार मात्र राजु रिजालको कप्तानीमा १४ सदस्यीय नेपाली टोली घोषणा गरेको छ । टोलीमा १३ खेलाडी एसीसी पि्रमियर लिग खेलका खेलाडीहरु नै छन् भने आशिष धामीको स्थानमा कुशल भुर्तेल आएका छन् ।
मलेसियामा भएको यू-१९ मा नेपाल उपविजेता बनेको थियो । अफगानिस्तानसँग १० विकेटले हार व्यहोरेको नेपालले अन्य सबै प्रतिद्वन्द्वीलाई हराएको थियो ।
टोली घोषणा लगतै क्यान यू-१९ टीमलाई भारत पठाउने तयारीमा जुटेको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआईको सहयोगमा नेपाली टोली पर्सी शनिबार भारत जाने भएको छ ।
क्यानकी कार्यकारी अधिकृत भावना घिमिरेले अनलाइनखबरसँग भनिन्-‘२६ तारिखमा भारत जाने तय भएको छ । ७ देखि ७ म्याच हुन्छ ।’
क्यानका अनुसार बीसीसीआईले नेपाली टोलीलाई अभ्यासका लागि आवश्यक सबै सहयोग गर्नेछ । साथै ब्याटिङ कोच पनि उपलब्ध गराउनेछ ।
आरिफ शेख उपकप्तान रहेको नेपालीमा दिपेन्द्र ऐरी, सौरभ खनाल, शंकर राना, सन्दिप सुनार, सुनिल धमला, योगेन्द्र कार्की, दिपेश श्रेष्ठ, सुशील कँडेल, प्रेम तामाङ्ग, राजवीर सिंह र ललितनारायण राजवंशी छन् ।
आशिषसँगै कमल ऐरी, हिमांशु दत्त र सन्दिप लामिछाने बैकल्पिक खेलाडीमा परेका छन् । यू-१९ विश्वकप छनोट अक्टोबर १३ देखि मलेसियामा हुनेछ ।

नौ मिनेटमा ५ गोलको रेकर्ड

No comments

Sep 24, 2015

आश्विन ७।  बैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका बार्यन म्युनिखका रोबट लेभान्डोस्कीले नौ मिनेटभित्र पाँच गोल गरेका छन् ।
बुन्डेजलिगा फुटबलमा मंगलबार राति बार्यनले वल्फगर्बलाई ५-१ गोल अन्तरले पराजित गरेको छ । बार्यनका लागि सबै गोल लेभान्डोस्कीले गरे ।
आलियान्ज एरिनामा भएको खेलमा बार्यन म्युनिख पहिलो हाफमा एक गोलले पछि परेको थियो । दास्रो हाफको सुरुमा नै थिएगोको स्थानमा लेभान्डोस्की मैदान प्रवेश गरे ।
मैदान प्रवेश गरेको छैटौं मिनेटमा गोलको खाता खोलेका लेभान्डोस्कीले गोलको बर्षा नै गरे । लेभान्डोस्कीले मैदान प्रवेश गरेको केही समयपछि गोलको वर्षा नै गरेपछि प्रशिक्षक पेप ग्वार्डिआलो समेत आश्चर्यमा परेका थिए ।

पहिलो गोलको एक मिनेट लगतै दोस्रो गोल गरेका उनले ५५ औं मिनेटमा हृयाट्रिक पुरा गरे ।
५७ र ६० औं मिनेटमा गोल गरेपछि उनले बुन्डेजलिगामा ९ मिनेटभित्र पाँच गोल गर्ने पहिलो खेलाडीको कीर्तिमान बनाएका छन् । उनले तीन गोल क्लोज रेन्जबाट गरेका थिए भने अन्तिम गोल कक्रोब्याटिक सर्ट हानेका थिए ।
जितसँगै बार्यन म्युनिख लिगको शीर्ष स्थानमा उक्लिएको छ । उसको ६ खेलबाट १८ अंक भएको छ भने दोस्रो स्थानमा रहेको बोरुसिया डर्टमुण्डको ५ खेलबाट १५ अंक छ । वल्फबर्ग भने ६ खेलबाट ११ अंकसहित तेस्रो स्थानमा छ ।

चेल्सी, आर्सनल, म्यानचेस्टर युनाईटेड र लिभरपुल लिगको चौथो चरणमा प्रवेश

No comments
आश्विन ७।  इङ्लिस प्रिमियर लिग फुटबल अन्तर्गत चेल्सी, आर्सनल, म्यानचेस्टर युनाईटेड र लिभरपुल लिगको चौथो चरणमा प्रवेश गरेका छन्।  बुधबार राती सम्पन्न तेस्रो चरणका खेलमा चेल्सीद्धारा वाल्सल  ४–१ ले पराजित गर्यो।  आर्सनलद्धारा टोटनह्याम हट्सपरलाई २–१ ले पराजित ।

खेल तालिका सार्वजनिक,

No comments
आश्विन ७।  आईसीसी यु–१९ विश्वकप क्रिकेट अन्तर्गत अन्तिम चरणको छनोट प्रतियोगिताका लागि खेल तालिका सार्वजनिकगरिएको छ।  मलेसियाको क्वालालम्पुरमा यही असोज २८ गतेदेखि हुने प्रतियोगिताको पहिलो खेलमा नेपालले पपुवा न्युगिनीसँग खेल्ने, आयरल्याण्ड, युगाण्डा र अमेरिका सहभागी हुने । 

एएफसी यू-१६ नेपाली किशोर टीम फर्कियो

No comments

Sep 23, 2015

आश्विन ६।  एएफसी यू-१६ च्याम्पियनसिप फुटबलका लागि छनोट भएको नेपाली टोली मंगलबार स्वदेश फर्किएको छ ।
किशोर फुटबल टोलीलाई स्वागत गर्न राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव विष्ट र एन्फा अध्यक्ष गणेश थापा विमास्थल पुगेका थिए ।
कीर्गिस्तानमा भएको छनोट फुटबलमा नेपाल अन्तिम खेलमा ओमानसँग पराजित हुँदै समूह उपविजेता बनेको थियो । तर, उकृष्ट चार उपविजेतामा पर्दै अर्को वर्ष भारतमा हुने एएफसी यू-१६ च्याम्पियनसिपमा छनोट भएको छ ।
आयोजक भारतबाहेक दक्षिण एसियाबाट च्याम्पियनसिपमा छनोट हुने नेपाल एक्लो टीम हो ।

जुडोमा नेपाललाई ३ स्वर्ण

No comments

Sep 21, 2015

आश्विन ४।  भुटानको थिम्पुमा भएको मैत्रीपूण जुडो प्रतियोगितामा नेपालले ३ स्वर्ण जितेको छ । नेपालले थप ३ रजत र २ कांस्य पनि हात पारेको टोली नेता एवं नेपाल जुडो संघका सचिव धर्मकुमार श्रेष्ठले जनाएका छन् । नेपालका सचिन वाइबाले पुरुष ४० केजी, सन्जोग भट्टले पुरुष ५५ केजी तथा कविता नेपालीले महिला खुला तौलसमूहमा स्वर्ण जिते । बाल वातावरण केन्द्र, नेपाल (सीडब्लुसीएन) मा संरक्षित जुडो खेलाडीहरुले प्रतियोगितामा भाग लिएका थिए । जम्मा ७ स्वर्णका लागि भएको प्रतियोगितामा आयोजक भुटानले ४ स्वर्ण हात पारेको श्रेष्ठले जानकारी गराए ।

बार्सिलोनाको विजयी यात्रा कायमै

No comments
आश्विन ४। डिफेण्डिङ च्याम्पियन बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा आफ्नो विजयी यात्रा कायमै राखेको छ ।
आइतबार राति भएको खेलमा बार्सिलोनाले लिओनल मेस्सीको दुई गोलको मदतमा लेभान्टेलाई ४-१ ले पराजित गरेको छ । तर, मेस्सी फेरि पेनाल्टीमा चुकेको छन् ।
नाउ क्याम्पमा भएको खेलमा लेभान्टेले पहिलो हाफमा बार्सिलोनालाई गोलसहित बराबरीमा रोक्यो ।
तर, ५० औं मिनेटमा वार्टाले गोल गर्दै घरेलु टोलीलाई सुरुवाति अग्रता दिलाए । त्यसको छ मिनेटपछि नै नेयमारले अग्रता दोब्बर पारे ।
६१ औं मिनेटमा बार्सिलोनाले पेनाल्टी पायो, जसमा मेस्सीले सहजै गोल गरे । ६६ औं मिनेटमा लेभान्टेले गोल गर्दै घरेलु टोलीको अग्रता ३-१ मा झार्‍यो ।
खेलको ७८ औं मिनेटमा मेस्सीलाई फल गरेपछि बार्सिलोनाले फेरि पेनाल्टी पायो । तर, यो पटक मेस्सी गोल गर्न चुके । अहिलेसमम ६५ पेनाल्टी हानेका उनी यो १५ औं पटक गोल गर्न असफल भएका हुन् ।
खेलको अन्तिम मिनेटमा मेस्सीले गोल गरे र बार्सिलोनालाई ४-१ को जित दिलाएका छन् ।
जितसँगै बार्सिलोना ४ खेलबाट १२ अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ । दोस्रो स्थानमा झरेको रियल मडि्रडको समान खेलबाट १० अंक छ । 

मंसिर ११ देखि सातौं राष्ट्रिय खेलकुद पूर्वाञ्चलमा

No comments

Sep 20, 2015

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पूर्वाञ्चलमा हुने सातौं राष्ट्रिय खेलकुदको लोगो र मस्कट सार्वजनिक गरेको छ ।
राखेप अध्यक्ष समेत रहेका युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले त्रिपुरेश्वरस्थित राखेप हातामा रहेको सेमी कभर्डहलमा आयोजित एक कार्यक्रमबीच लोगो र मस्कट सार्वजनिक गरे ।
छनोट भएको लोगो खिमराज श्रेष्ठ तथा मस्कट सन्तोष विष्टले तयार गरेका हुन् । पारिश्रमिक स्वरुप श्रेष्ठलाई ४५ हजार र विष्टलाई ३५ हजार नगद पुरस्कार प्रदान गरियो ।
विभिन्न ३५ समावेश सातौं राष्ट्रिय खेलकुद पूर्वाञ्चलमा मंसिर ११ देखि १८ गतेसम्म हुँदैछ ।

डबल्स उपाधि द्वय संरक्षक र सक्षमको हातमा

No comments
आश्विन ३।  संरक्षकभूषण वज्राचार्य र सक्षम कार्कीको जोडीले सातौं केसा ग्रुप/जेटिआई जुनियर खुला लनटेनिसको ब्वाइज डबल्सको उपाधि जितेका छन् ।
सातदोबाटोस्थित टेनिस कोर्टमा भएको फाइनलमा संरक्षक र सक्षमको जोडीले प्रशान्त बस्नेत र दीपेश केसीको जोडीलाई ६-० र ६-३ को सोझो सेटमा पराजित गरे ।
अखिल नेपाल लनटेनिस संघद्वारा आयोजित प्रतियोगितामा इरा रावत यु-१४ गल्र्स सिंगल्स च्याम्पियन बनिन् । फाइनलमा इराले एनी माथेमालाई ६-४ र ६-२ ले हराइन् ।
यु-१२ ब्वाइज सिंगल्सको उपाधि अदित सुवेदीले जिते । उनले फाइनलमा सम्यकभूषण वज्राचार्यलाई ६-३ र ६-३ को सोझो सेटमा पाखा लगाए । आरभ हाडाले अकी जुवेन रावतलाई ८-५ ले पन्छ्याउँदै यु-१० ब्वाइज सिंगल्समा पहिलो स्थान हात पारे ।
यसअघि सिंगल्सको यु-८ ब्वाइजमा प्रसिद्ध बस्नेत र गल्र्समा इभा अधिकारी, यु-९ ब्वाइजमा आरभ हाडा र गल्र्समा आजा रेग्मी, यु-१० गल्र्समा रायना शाह, यु-१२ गर्ल्समा अभिलाषा विष्ट, यु-१४ ब्वाइजमा प्रशान्त बस्नेत, यु-१६ ब्वाइजमा संरक्षकभूषण वज्राचार्य र गर्ल्समा मायांका राणा तथा गल्र्स डबल्समा जुम्ल्याहा दिदीबहिनी मायांका र माहिका राणाको जोडीले स्वर्ण जितेका थिए ।
पाँचदिने प्रतियोगितामा विभिन्न १४ स्पर्धामा १ सय २५ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । कुल पुरस्कार राशी १ लाख रुपैयाँ रहेको थियो ।

अल्ट्रा म्याराथनमा मिरा बनिन् विश्व उपविजेता

No comments
 आश्विन ३।  नेपाली चेली मिरा राई सालोमन प्रिनेउ अल्ट्रा म्याराथनमा उपविजेता बनेकी छिन् । स्पेनमा सम्पन्न दौडमा उनी महिला तर्फको उपविजेता बनेकी हुन् ।
राईले निर्धारित १ सय १० किलोमिटर दुरी १३ घण्टा ४३ मिनेट ४९ सेकेण्डमा पार गर्दै नेपाली झण्डा फहराईन् । उनी मात्र ४ मिनेट १६ सेकेण्डले विजेता हुनबाट चुकिन ।
स्विजरल्याण्डकी इमिली फोर्सब्रगले १३ घण्टा ३९ मिनेट ३३ सेकेण्डमा पार गर्दै विश्व च्याम्पियन बनिन् र मीराले उनलाई शुरुदेखि नै दबावमा दिएकी थिइन् ।

संसारकै पाँच उत्कृष्ट दौडमध्ये पर्ने सालोमन प्रिनेउ अल्ट्रा दौडमा गत बर्षकी बिजेता नुरिया प्लाकासले भने तेस्रो स्थानमा चित्त बुझाएकी छन् । अल्ट्रा दौडमा थुप्रै रेकर्ड बनाई सकेकी स्पेनिस धावक नुरियाले १४ घण्टा १३ मिनेटमा मात्र दुरी पार गर्न सकिन् ।
दौडमा भाग लिएकी मिरालाई हौसला प्रदान गर्न स्पेनस्थित नेपालीहरु शनिबार बिहान ५ बजे नै उच्च पहाडी क्षेत्र बागा पुगेका थिए । दौड नसकिने बेलासम्म प्रतिक्षा गर्दै बसेका नेपालीहरुले मिरा उपविजेता बन्दै घेरा नाघे पछि “नेपाल नेपाल’ भन्दै नारा लगाएका थिए ।

मिराले यसअघि फ्रान्समा भएको ८२ किलोमिटरको मोन्ट ब्लङ्क म्याराथनको उपाधि जितेकी थिइन् ।
भोजपुरमा जन्मिएकी मीरा १४ वर्षको उमेरमा माओवादी लडाकू बनेकी थिइन् । शान्ति प्रक्रियामा आएपछि सुरु भएको सेना समायोजनका क्रममा कम उमेरका कारण उनलाई अयोग्य लडाकु ठहर गरिएको थियो ।​

भाल्के निलम्बन

No comments

Sep 18, 2015

आश्विन १।  अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाका महासचिव जेरोमी भाल्के निलम्बन परेका छन्। महासंघले  विज्ञप्ति प्रकाशित गरी भाल्केलाई अर्को सूचना जारी नभएसम्मको लागि सम्पूर्ण जिम्मेवारीबाट हटाइएको उल्लेख गरेको छ।   भाल्केलाई भ्रष्टचारको आरोप लागेको छ ।

AFC U 16 छनोट मा नेपाल र कीर्गिस्तान भिड्ने

No comments
आश्विन १। एएफसी अण्डर सिक्सटिन च्याम्पियनसिप फुटबल छनोट चरणको दोस्रो खेलमा आज नेपालले आयोजक कीर्गिस्तानसँग खेल्ने छ।  कीर्गिस्तानको बिस्केकमा जारी प्रतियोगिताको पहिलो खेलमा जोर्डनलाई हराएको नेपाल आज दोस्रो खेलमा आयोजकलाई हराउने दाउमा छ  । 

रोमा र बार्सिलोना बराबरी

No comments
आश्विन १।  च्याम्पियन्स लिग फुटबलमा रोमाले डिफेण्डिङ च्याम्पियन बार्सिलानोलाई बराबरीमा रोकेको छ ।
बुधबार राति भएको खेलमा रोमाले बार्सिलोनालाई १-१ को बराबरीमा रोकेको हो ।
रोमाको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले २१ औं मिनेटमा लुइस स्वरेजको गोलबाट अग्रता लिएको थियो । उनले इभान राकिटिकको पासमा गोल गरेका हुन् ।
तर, ३१ औं मिनेटमा रोमाका एलेन्सेड्रो फ्लोरेन्जीले करिव ६० यार्ड टाढाबाट उत्कृष्ट गोल गरे ।
बल पोजिसनमा बार्सिलोना हावी थियो । ७५ प्रतिशत बल पोजिसन भएपनि बार्सिलोनाले थप गोल गर्न सकेन । १०० औं च्याम्पियन्स लिग खेलिरहेका लिओनल मेस्सीको प्रहार बारमा लागेर फर्किएको थियो ।
अर्को खेलमा जर्मन क्लब बार्यन म्युनिखले ओलम्पिकासलाई ३-० ले हराएको छ । उसका तीनै गोल दोस्रो हाफमा सम्भव भएको थियो । थोमस मुलरले पेनाल्टीसहित दुई गोल गरे भने एक गोल जेट्जेले गरे ।
अन्य खेलमा बार्यन लिभरकुसनले बाटेलाई ४-१ ले पराजित गरेको छ । डाइनामो किभ र पोर्टोले २-२ को तथा लायन र केएए जेन्टले १-१ को बराबरी खेलेका छन् ।
बुधबार राति नै भएको अर्को खेलमा जेनिट सेन्ट पिटरबर्गले भ्यालेन्सियालाई ३-२ ले पराजित गरेको छ । 

यू-१९ साफ च्याम्पियन खेलाडी नगदसहित सम्मानित

No comments
आश्विन १।  सरकारले यू-१९ साफ च्याम्पियनसिप फुटबलकाे विजेता नेपाली टोलीलाई नगदसहित सम्मान गरेको छ ।
युवा तथा खेलकुद मन्त्रालयले बिहीबार च्याम्पिनय टोलीका २३ खेलाडीसहित २८ सदस्यलाई जनही १ लाख प्रदान गरेको हो ।
सम्मानित हुने खेलाडीमा कप्तान विमल घर्ती मगर, सोजित गुरुङ, रोमन रसाइली, देव लिम्बू, अनन्त तामाङ, अमित तामाङ, छिरिङ गुरुङ, आकाश थापा, दिनेश राजवंशी, सुदन थापा र गौरव बुढाथोकी छन् । यसैगरी हेमन्त थापा मगर, कमल श्रेष्ठ, डोना थापा, तेज तामाङ, किरण सुनार, विश्वास श्रेष्ठ, सुशन लामा, सुनील बल, अन्जन विष्ट, सुजित गुरुङ, शिव सुवेदी तथा जानोममान लिगल सम्मानित भएका छन् ।
प्रमुख प्रशिक्षक बालगोपाल महर्जन, सहायक प्रशिक्षक सुनील श्रेष्ठ, गोलकिपङ प्रशिक्षक मृगेन्द्र मिश्र, फिजियो राजु दाहाल तथा टिम व्यवस्थापक दिवाकर घले पनि सम्मानित भएका छन् ।
हालै काठमाडौंमा भएको पहिलो पहिलो यू-१९ साफ च्याम्पियनसिपको सेमिफाइनलमा अफगानिस्तानलाई हराएपछि सरकारले उपाधि जिते नगद पुरस्कार दिने घोषणा गरेको थियो ।
फाइनलमा भारतलाई पराजित गर्दै नेपाल च्याम्पिनय बनेपछि सरकारले पूर्व घोषणा अनुसार टीमका प्रत्येक सदस्यलार्इ नगद १ लाख प्रदान गरेको हो । 
कार्यक्रममा खेलकुदमन्त्री पुरुषोतम पौडेलले फुटबलको विकासका लागि सहयोग गर्न सरकार तयार रहेको बताए । ठूला देशलाई हराउने ताकत खेलकुदमा मात्र भएको बताउदै फुटबल मात्र नभइ पदक जित्ने सबै खेलका खेलाडीलाई सम्मान गरिने बताए ।

आर्मीका नवयुगको हृयाट्रिक

No comments
आश्विन १।  नवयुग श्रेष्ठको हृयाटि्रकको मदतमा नेपाल आर्मीले राष्ट्रिय लिग फुटबलमा विभागीय प्रतिद्वन्द्वी पुलिसमाथि शानदार जित हात पारेको छ ।
बुधबार भएको खेलमा आर्मीले पुलिसमाथि ३-० को फराकिलो जित हात पारेको छ । जितसागै आर्मी १४ अंकका साथ अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा आर्मीका नवयुगले १५ औं मिनेटमा गोलको खाता खोले ।
६५ औं मिनेटमा राजु तामाङको पासमा गोल गर्दै नवयुगले अग्रता दोब्बर पारे । नवयुगले आफ्ना पााच स्टार खेलाडी विन मैदान उत्रिएको पुलिसविरुद्ध खेलको अन्तिम मिनेटमा हृयाट्रिक पुरा गरे ।

च्याम्पियन्स लिगमा चेल्सीको विजयी सुरुवात

No comments

Sep 17, 2015

भाद्र ३१। इंग्लिस क्लब चेल्सीले च्याम्पियन्स लिग फुटबलमा विजयी सुरुवात गरेको छ ।
पि्रमियर लिगमा झण्डै ३० वर्षयताकै खराव लयमा रहेको चेल्सीले च्याम्पियन्स लिगको आफ्नो पहिलो खेलमा मकाबी तेल अविवलाई ४-० ले पराजित गरेको छ ।
घरेलु मैदान स्टाफोर्ड ब्रिजमा भएको खेलमा डिएगो कोस्टा र जोन टेरीलाई बेच्नमा राखिएको थियो भने ओस्कारलाई मौका दिइएको थियो ।
खेलमा चेल्सीले छैटौं मिनेटमा नै पेनाल्टी पाएको थियो । तर, इडेन हजार्डले निकै खराब पेनाल्टी प्रहार गरे । उनको प्रहार आकासियो ।
खेलको १५ औं मिनेटमा विलियनले फ्रीकिक गोल गर्दै चेल्सीलाई अग्रता दिलाए । तर, घाइते भएपछि उनलाई २३ औं मिनेटमा कोस्टाले रिप्लेस गरे ।
पहिलो हाफको अन्तिममा चेल्सीले फेरि पेनाल्टी पायो । यो पटक ओस्कारले गोल गर्दै टीमको अग्रता २-० मा पुर्‍याए ।
एक पक्षीय खेलको ५८ औं मिनेटमा डिएगो कोष्टाले गोल गरे भने ७८ औं मिनेटमा सेस फेब्रिगासले गोल गर्दै चेल्सीलाई ४-० को जित दिलाएका छन् ।

नेपालले जोर्डनलाई हरायो

No comments
भाद्र ३१।  नेपालले १६ वर्ष मुनिको एएफसी क्वालिफायरमा विजयी सुरुवात गरेको छ । बुधबार किर्गिस्तानमा भएको खेलमा बलियो प्रतिद्वन्द्वी जोर्डनलाई २-१ गोल अन्तरले हराउँदै नेपालले सुखद् सुरुवात गरेको हो । नेपालको जीतमा दुबै गोल गरेका रेजिन सुब्बा खेलको नायक रहे । २८ औं मिनेटमा गोलको खाता खोलेका रेजिनले ६६ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै नेपालको अग्रता दोब्बर गरे ।
त्यसपछि जोर्डनले खेलमा फर्किन संघर्ष गरिरहँदा खेलको अतिरक्त समयमा एक गोल गर्‍यो । तर, त्यो गोल जितका लागि पर्याप्त भएन र नेपालले जीत दर्ता गर्‍यो ।
क्वालिफायरको ‘समुह बी’ मा रहेको नेपालले प्रतियोगितामा आयोजक किर्गिस्तान र ओमानको पनि सामना गर्नेछ ।

नेपाल र भारत एकै समूहमा साफ च्याम्पियनसिप भिड्ने

No comments
भाद्र ३१।  साफ च्याम्पियनसिप फुटबलमा नेपाल र भारत एकै समूहमा परेका छन् । यो वर्षबाट साफ सुजुकी कप नाम दिइएको प्रगियोगिताको ११ औं संकरण डिसेम्बर २३ देखि भारतमा हुनेछ ।
बुधबार सार्वजनिक ड्रमा नेपालसँगै भारत, श्रीलंका र पाकिस्तान समूह एमा परेका छन् । समूह बीमा साविकको विजेता अफगानिस्तानसँगै माल्दिभ्स, भुटान र बंगलादेश छन् ।
नेपालले आफ्नो पहिलो खेल श्रीलंकासँग डिसेम्बर २३ मा खेल्नेछ । दोस्रो खेल २५ तारिखमा पाकिस्तानसँग छ भने समूह चरणको अन्तिम खेल भारतसँग २७ डिसेम्बरमा हुनेछ ।

आर्मी र पुलिस भिड्दै आज

No comments
भाद्र ३१।  रेडबुल राष्ट्रिय लिग फुटबल प्रतियोगिता अन्तर्गत  आज २ विभागीय टोलीहरु त्रिभुवन आर्मी र नेपाल पुलिस क्लव भिड्दै छन्।  खेल ललितपुरको सातदोवाटो स्थित एन्फा कम्लेक्सको मैदानमा हुदै छ ।  

एपीएफ र थ्रिस्टार बीच भिडन्त आज

No comments

Sep 15, 2015

भाद्र २९।  रेडबुल राष्ट्रिय लिग फुटबल आन्तर्गतको    प्रतियोगितामा आज  सशस्त्र प्रहरीको एपीएफ टीम र ललितपुरको थ्रिस्टार क्लवबीच प्रतिस्पर्धा हुदै छ । 

वानडे सिरिज अस्ट्रेलियाको कब्जामा

No comments
भाद्र २९।  अन्तिम एकदिवसीय खेलमा इंग्ल्याण्डलाई ८ विकेटले पराजित गर्दै अस्ट्रेलियाले सिरिजमाथि कब्जा जमाएको छ । ओल्डट्राफोडमा सम्पन्न खेलमा इंग्ल्याण्ड १ सय ३८ रनमा सिमित बनेपछि ३–२ ले सिरिज जितेको हो ।
खेलमा इंग्ल्याण्ड छैटौं ओभरमा नै २२ रनमा ३ विकेट गुमाएको अवस्थामा रहेको थियो । त्यसपछि कप्तान इयोन मोर्गन रिटायर्ड हर्ट भएपछि इंग्ल्याण्ड सम्हालिन सकेन र ३३ ओभरमा नै अल आउट बन्न पुग्यो । इंग्ल्याण्डका लागि बेन स्टोकले ४२ रन बनाए भने अस्ट्रेलियाका लागि मिचेल मार्सले २७ रन खर्चेर र ४ विकेट लिए ।
अस्ट्रेलियाले उक्त झिनो लक्ष्य मात्र २५ ओभरमा पूरा गर्यो । एरोन फिन्चले नटआउट रहँदै ७० रन बनाए ।
एसेस टेस्ट ३–२ ले गुमाएको अस्ट्रेलियाका लागि यो सान्तवना जित साबित भयो ।

फेडेररलाई हराउँदै जोकोभिचले जिते यूएस ओपन

No comments
भाद्र २८।  विश्व नम्बर एक नोभक जोकोभिचले यूएस ओपन टेनिसको उपाधि जितेका छन् ।
सोमबार विहान भएको फाइनल भिडन्तमा जोकोभिचले रोजर फेडेररलाई ३-१ को सेटमा पराजित गरे । पहिलो सेट ६-४ ले जितेका जोकोभिच दोस्रो सेटमा ५-७ ले पराजित भए । त्यसपछिका दुई सेट ६-४ र ६-४ ले जित्दै जोकोभिचले उपाधि जितेका हुन् ।
यससँगै यो वर्ष चार ग्राण्डस्लाम मध्ये तीन वटा जोकोभिचले जितेका हुन् । यूएस ओपन भने उनले दोस्रो पटक जितेका हुन् ।
विम्बल्डनको फाइनलमा पनि जोकोभिचले फेडेररलाई नै पराजित गरेका थिए ।
तर, फ्रेन्च ओपनमा भनेउनी आठौं वरियताका स्टेन वावारिन्कासाग पराजित भएका थिए ।

यू-१९ साफ च्याम्पियन नेपाली टोली नगदसहित सम्मानित

No comments
यू-१९ साफ च्याम्पियन नेपाली टोलीलाई सीएमजी क्लबले सम्मान गरेको छ ।
आइतबार राजधानीमा आयोजित कार्यक्रममा सीएमजीले नगदसहित सम्मान गरेको हो । एसीएमजीले च्याम्पियन टोलीलाई १ लाख ११ हजार १ सय ११ रुपैयाँ नगद प्रदान गरेको छ ।
नेपालले हालै काठमाडौंमा भएको यू-१९ साफ च्याम्पियनमा भारतलाई हराउँदै उपाधि जितेको थियो ।

स्पेनमा अल्ट्रा दौडमा भाग लिन मिरा राई

No comments
भद्र २९।  फ्रान्समा मोन्ट ब्लंक म्याराथनको उपाधि जितेर चर्चा कमाएकी नेपाली चेली मिरा राई फेरि अर्को सफलता हात पार्ने उद्देश्यबोकेर स्पेनमा पुगेकी छन् । आगामी शनिबार स्पेनको पिरेना बागामा हुने “सालोमन प्रिनेउ अल्ट्रा दौडमा” भाग लिन धावक राई स्पेन आएकी हुन्।
संसारकै पाँच उत्कृष्ट दौड मध्ये पर्ने १ सय १० किलोमिटर लामो ‘सालोमन अल्ट्रा दौड’ काडी मोक्सेरो नेशनल पार्कबाट शुरु भएर बार्सिलोना स्थित बागामा आएर टुंगिने छ ।
पूर्व माओवादी लडाकू समेत रहेकी मिराले यस अघि फ्रान्समा भएको ८२ किलोमिटरको मोन्ट ब्लंक म्याराथनको उपाधि जित्दै नेपालको शान बिश्व भर फैलाएकी थिईन् ।
राईलाई संसारकै उत्कृष्ट धावकहरुले सहभागिता जनाउने स्पेनको अल्ट्रा दौडमा भाग लिने अबसर उनकी ईटालियन गुरु टिटे टोग्नीले मिलाएकी हुन् ।
म्याराथन दौडमा भाग लिन आएकी राईले बार्सिलोना स्थित बिमानस्थलमा आयोजित स्वागत कार्यक्रममा बोल्दै आँफूले सक्दो प्रयास गर्ने बताएकी छन् । उनले भनिन्,”अल्ट्रा दौडमा कैयौ पटक उपाधि जितेका र रेकर्ड बनाएका धावकहरु पनि सँगै छन् तर मेरो तर्फबाट सक्दो कोशिस गर्ने छु ।”
भोजपुरमा जन्मिएकी मीरा १४ वर्षको उमेर देखि नै माओवादी बनेकी थिइन् । लडाकू रहेकी मिरालाई माओवादी शान्ति प्रक्रियामा आएपछि सुरु भएको सेना समायोजनका क्रममा अयोग्य भन्दै निकाएको थियो ।
निराश भएर गाउँ फर्किएकी मिरालाई कराते खेलाडी साथी पुर्निमा मगरले काठमाडौं बोलाइन् । सन् २०१३ मा ५० मिलोमिटरको पुल्चोकी अल्ट्रा म्याराथन जितेपछि मिराको जीवनले नयाँ मोड लियो । अझ फ्रान्समा सम्पन्न मोन्ट ब्लंक म्याराथनको उपाधि जिते पछि उनको राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा नै चर्चा चुलिएको छ ।

राष्ट्रिय लिगमा पुलिसले मनाङलाई रोक्यो

No comments
भाद्र २८।  राष्ट्रिय लिग फुटबलमा नेपाल पुलिसले बलियो टोली मनाङ मर्स्याङ्दीलाई बराबरीमा रोकेको छ ।
विनाशकारी भूकम्पपछि रोकिएको राष्ट्रिय लिग सोमबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सुरु भएको थियो ।
खेलमा पुलिस र मनाङले गोलरहित बराबरी खेलेको हो । यससँगै मनाङ दोस्रो स्थानमा उक्लने मौका गुमाएको छ । 
पुलिस आफ्ना मूख्य खेलाडी विना नै मैदान उत्रिएको थियो । उसका जुमानु राई, रविन श्रेष्ठ, भोला सिलवाल, रितेश थापा, रोहित श्रेष्ठसहितका खेलाडी घाइते छन् ।
पुलिस मनाङलाई रोक्न सफल भएको छ । पुलिसका सुरज विक म्यान अफ दि म्याच घोषित भएका छन् ।
मनाङ १२ अंकका साथ तेस्रो स्थानमा छ । सात अंक जोडेको पुलिस छैटौं स्थानमा छ ।

यू-१९ विश्वकप छनोटका लागि प्रारम्भीक टोलीको घोषणा

No comments

Sep 12, 2015

यू-१९ विश्वकप छनोट क्रिकेटका लागि १८ सदस्यीय प्रारम्भीक टोलीको घोषणा भएको छ । राष्ट्रिय प्रतियोगिता नै नगरी प्रारम्भीक टोली घोषणा भएको हो ।
टोलीको कप्तान  राजु रिजाल छन् भने उपकप्तानमा आरिफ शेख छन् । टोलीमा नयाँ अनुहारका रुपमा सन्दीप लामिछाने आएका छन् ।
एसीसी पि्रमियर लिग खेल्दा टोलीमा रहेका १४ जनालाई नै बन्द प्रशिक्षणमा बोलाइएको छ । जसमा राजु र आरिफसँगै दिपेन्द्र ऐरी, सौरभ खनाल, शंकर राना, सन्दिप सुनार, सुनिल धमला, योगेन्द्र कार्की, दिपेश श्रेष्ठ, सुशील कँडेल, प्रेम तामाङ्ग, राजवीर सिंह, आशिष धामी र ललितनारायण राजवंशी छन् ।
१८ सदस्यीय प्रारम्भीक टोलीमा कुशल भुर्तेल, कमल ऐरी र हिमांशु दत्त पनि परेका छन् । यू-१९ विश्वकप छनोट क्रिकेट अक्टोबर १४ देखि २३, २०१५ सम्म मलेशियामा हुनेछ ।

खेलकुद मन्त्रीलाई कारवाही गर्न अख्तियारको निर्देशन

No comments
भाद्र २६।  पदीय मर्यादा विपरित काम गरेको भन्दै खेलकुद मन्त्री पुरुषोत्तम पौडेललाई कारवाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारलाई निर्देशन दिएको छ ।
मन्त्री पौडेलले राष्ट्रिय खेलकुद परिषदमा सदस्य सचिव नियुक्त गर्दा र राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुँदा पदीय दायित्व पूरा नगरेको अख्तियारको ठहर छ ।
अख्तियारले पौडेलमाथि अनुचित काम गरेकाले कारबाही हुनुपर्ने ठहर गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई पत्राचार गरेको अख्तियार प्रवक्ता कृष्णहरि पुष्करले जानकारी दिए ।
नैतिक संकट
पार्टीमा छलफल नगरी राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिवमा एमाले कार्यकर्ता केशव विष्टलाई गत असार १० गते नियुक्त गरेपछि मन्त्री पौडेलको पार्टी भित्रै आलोचना भएको थियो । एमाले अध्यक्ष केपी ओलीले मन्त्री पौडेललाई राजीनामा दिन दबावसमेत दिएका थिए । तर माधवकुमार नेपाल पक्षका मन्त्री पौडेलले राजीनामा भने दिएनन् ।
अख्तियारले कारवाहीको सिफारिस गरेपछि अहिले मन्त्री पौडेल नैतिक संकटमा परेका छन् । यस्तो आरोप लागेपछि सार्बजनिक लाभको पद धारणा गरेकाहरुले नैतिकताको आधारमा राजीनामा दिने अन्तराष्ट्रिय प्रचलन छ । तर, एमाले कोटाबाट मन्त्री भएका पौडेलले राजीनामा दिन्छन् की दिँदैनन् हेर्न बाँकी छ ।
कटेललाई पनि कारवाही गर्न सिफारिस
अख्तियारले राष्ट्रिय खेलकुद परिषद खेलकुद विकास विभाग अन्तर्गत संघ संस्था समन्वय शाखा प्रमुख टेकप्रसाद कटेलले आफ्नो जिम्मामा रहेका सरकारी कागजातहरू सुरक्षित राख्न नसकेको र आफूले सम्पादन गर्नुपर्ने कार्य नगरको भन्दै अख्तियारले उनलाई पनि विभागीय कारबाही प्रक्रिया अगाडि बढाउने निर्णय भएको अख्तियारले जनाएको छ ।

राष्ट्रव्यापी विद्यालयस्तरीय टेबलटेनिसमा अन्जुलाई स्वर्ण

No comments
भाद्र २६। प्रभात इङलिस उमाविकी अन्जु सुवालले चौथो राष्ट्रव्यापी विद्यालयस्तरीय खुला टेबलटेनिस प्रतियोगितामा शुक्रबार स्वर्ण जितेकी छन् ।
शारीरिक शिक्षा तथा खेलकुद समाज (सोफेस) नेपाल तथा पुष्पकुञ्ज माविद्वारा संयुक्त आयोजित प्रतियोगिताको यु-१२ गल्र्स सिंगल्सको फाइनलमा अन्जुले विजेश्वरीकी दुर्गा राजभण्डारीलाई १३-११, ११-७ र ११-६ को सोझो सेटमा पराजित गरिन् । प्रभातकी मन्जु सुवाल र विजेश्वरीकी अनुष्का सिम्खडा संयुक्त रुपमा तेश्रो बने ।
ब्वाइज टिम इभेन्टमा आदर्श विद्या मन्दिर (एभीएम) ले विद्याआर्जनलाई ३-० तथा प्रोक्सिमाले युसीपीएसलाई ३-१ ले हराउदै फाइनलमा स्थान सुरक्षित गरे ।
सोही स्पर्धाको गर्ल्समा एभीएमले युसीपीएसलाई ३-० ले पाखा लगाउदै फाइनलमा पुग्यो । फाइनलमा एभीएमको भेट प्रभात र विजेश्वरीबीचको विजेतासंग हुनेछ ।
सामाखुशीस्थित पुष्पकुञ्जमा भइरहेको प्रतियोगिताको यु-१६ ब्वाइज सिंगल्समा पुष्पकुञ्जका दीपेश सुवेदी र विवेक जिसी तेश्रो चरणमा प्रवेश गरे भने यु-१२ ब्वाइज सिंगल्समा पुष्पकुञ्जका कैलाश गुरुङ दोश्रो चरणमा पुगे ।
प्रतियोगिता शनिबार सम्पन्न हुदैछ  ।

भारोत्तोलनमा देवी, गगन र पुकारको राट्रिय कीर्तिमान

No comments
भाद्र २५।  बैंककको फुकेतमा जारी ४५ औं पुरुष तथा २६ औं महिला एशियन भारोत्तोलन च्याम्पियनसिपमा नेपाली खेलाडीहरुले राष्ट्रिय किर्तिमान राख्ने क्रमलाई जारी राखेका छन् ।
शुक्रबार सम्पन्न प्रतियोगितामा ७५ केजी तौल माथिको खेलमा तारा देवी पुनले आफ्नो राष्ट्रिय किर्तिमानलाई तोड्ने क्रममा स्नाचमा ७१ र क्लिन एण्ड जर्कमा ९५ केजी तौल भार बहन गर्दै कुलमा १६६ केजीका साथ तिन राष्ट्रिय किर्तिमान कायम गरिन् ।
यस अघि चौथो ग्राँपि्रक्समा उनले स्नाचमा ६८ र क्लिन एण्ड जर्कमा ९४ सहित कुलमा १६२ केजीको किर्तिमान राखेकी थिइन् ।
त्यस्तै १०५ केजी तौलमा गगन वलीले स्नाचमा ११३ केजी तौल भार बहन गर्दै राष्ट्रिय किर्तिमान राखे । यो किर्तिमान मदन शिवभक्तिको नाममा रहेको थियो । उनले आठौं साफमा ११२ केजी तौलको राष्ट्रिय किर्तिमान राखेका थिए । गगनले क्लिनमा १३७ केजी भार बहन गरे । यसको किर्तिमान मदनको नाममा १५५ केजीको रहेको छ ।
किर्तिमान राख्नेक्रममा पुकार गुरुङ्गले १०५ केजी माथी स्नाचमा १२३ केजी भारका साथ किर्तिमान राखे । यस विधामा गोपाल बहादुर श्रेष्ठकोनामा १२२ केजी को रेकर्ड रहेको थियो । उनले यो रेकर्ड ईस्लामाबादमा भएको नवौं साफमा राखेका थिए । पुकारले क्लिन एण्ड जर्कमा १४२ केजी भार वहन गरे ।

राष्ट्रव्यापी विद्यालयस्तरीय TT शुक्रबारदेखि

No comments

Sep 11, 2015

भाद्र २५।  चौथो राष्ट्रव्यापी विद्यालयस्तरीय खुला टेबलटेनिस प्रतियोगिता शुक्रबारदेखि हुदैछ ।
शारीरिक शिक्षा तथा खेलकुद समाज (सोफेस) नेपाल तथा पुष्पकुञ्ज उमाविको संयुक्त आयोजनामा हुने प्रतियोगितामा विभिन्न ६ स्पर्धामा प्रतिस्पर्धा हुने पुष्पकुञ्जका संस्थापक पि्रन्सिपल एकबहादुर आलेले जनाएका छन् ।
यु-१२ र यु-१६ ब्वाइज/गर्ल्स सिंगल्स तथा ब्वाइज/गल्र्स टिम इभेन्टमा प्रतिस्पर्धा हुनेछ । यु-१२ ब्वाइजमा ४१ र गल्र्समा ११ तथा यु-१६ ब्वाइजमा ९० र गल्र्समा २१ खेलाडी सहभागी हुने छन् । टिम इभेन्टको ब्वाइजमा ९ र गल्र्समा ७ टिमले भाग लिने छन् ।
यु-१२ का विजेताले ५ हजार, उपविजेताले ३ हजार र तेश्रो हुनेले १/१ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै यु-१६ मा पहिलो हुनेले १० हजार, दोश्रोले ५ हजार र तेश्रोले २/२ हजार नगद पुरस्कार हात पार्नेछन् । टिम इभेन्टमा नगद पुरस्कार राखिएको छैन ।
विभिन्न २९ विद्यालयको सहभागिता दुईदिने प्रतियोगिताका खेलहरु सामाखुशीको मित्रनगरस्थित आयोजक पुष्पकुञ्जमै हुनेछ ।

दिनेशले बनाए राष्ट्रिय कीर्तिमान

No comments
भाद्र २४. थाइल्यान्डको फुकेटमा जारी ४५ औं पुरुष तथा २६ औं महिला एसियाली भारोत्तोलन च्याम्पियनसिपमा नेपालका दिनेश श्रेष्ठले नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन् ।
पुरुषको ९४ केजीमा दिनेशले स्न्याचतर्फ १ सय १५ केजी भार वहन गर्दै आफ्नै नाममा रहेको कीर्तिमानमा सुधार गरेको नेपाल भारोत्तोलन संघले जनाएको छ ।
यसअघि दिनेशको नाममा १ सय १३ केजीको कीर्तिमान थियो । उनले गत वर्ष ललितपुरमा भएको तेश्रो ग्रान्ड पि्रक्स राष्ट्रव्यापी भारोत्तोलन प्रतियोगितामा उक्त कीर्तिमान बनाएका थिए । दिनेशले क्लिन एन्ड जर्कमा १ सय ३८ भार उचाल्दै कुल २ सय ५३ केजी वजन उठाए ।
च्याम्पियनसिपको अन्तिम दिन शुक्रबार नेपालबाट सहभागी एक मात्र महिला खेलाडी तारादेवी पुनले ७५ केजीमाथि प्रतिस्पर्धा गर्नेछिन् ।
त्यसै दिन पुरुषको १०५ केजीमाथि पुकार गुरुङ र १०५ केजीमा गगनसिंह ओलीको खेल छ ।

लिभरपुल र मोर्गन सेमिफाइनल भिड्दै

No comments

Sep 10, 2015

भाद्र २४।  लिभरपुल इन्टरनेसनल कलेज र मोर्गन इन्टरनेसनल कलेज एनसेल यु-१८ अन्तरकलेज बास्केटबल प्रतियोगितामा बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।
लगनखेलस्थित आर्मी शारीरिक तालिम तथा खेलकुद केन्द्रमा भएको पहिलो सेमिफाइनलमा लिभरपुलले टाइम्स इन्टरनेसनल कलेजलाई ५४-३९ ले पराजित गर्‍यो । लिभरपुलका समिर निरौलाले १८ अंक जोडे ।
लिभरपुलले पहिलोमा १०-३, दोश्रोमा १९-१६ र तेश्रोमा १४-६ को अग्रता बनाउदै जित सम्भव तुल्याएको थियो । लिभरपुल चौथोमा ११-१४ ले पछि पर्‍यो ।
मोर्गनले जेभियर इन्टरनेसनल कलेजलाई ५०-४० ले हरायो । मोर्गनको जितमा डेन्जु गुरुङले १५ अंक योगदान गरे ।
पहिलो क्वाटरमा ९-१० को झीनो अन्तरले पछि परेको मोर्गन दोश्रोमा १६-७ ले अगाडि रह्यो । तेश्रोमा मोर्गनले १२-८ को अग्रता हासिल गर्‍यो भने चौथोमा १३-१५ ले पछि पर्‍यो । 

मेस्सीको गोलले अर्जेन्टिना हारबाट बचायो

No comments
भाद्र २४।  खेलको अन्तिमतिर सर्जिओ एग्युरो र लिओनल मेस्सीले गोल गरेपछि अर्जेन्टिना मेक्सिकोसँगको मैत्रिपूर्ण फुटबलमा हारबाट जोगिएको छ ।
डालसमा भएको खेलमा २-० ले पछि परेको अर्जेन्टिनाले अन्तिमतिर पुनरागमन गर्दै बराबरी खेलेका हो ।
खेलमा मेक्सिकोको १९ औं हर्नान्डेजको पेनाल्टी गोलबाट अग्रता लिएको थियो । ७० औं मिनेटमा हरेराले गोल गर्दै मेक्सिकोको अग्रता दोब्बर पारे ।
७६ औं मिनेटमा कार्लोस टेभेजको स्थानमा सर्जिओ एग्युरो मैदान प्रवेश गरे । ८५ औं मिनेटमा एग्युरोले गोल गरे । निकै अघि बढेका मेक्सिकोका गोल किपरलाई विट गर्दै लाभाजीले दिएको पासमा उनले गोल गरेका हुन् ।
खेलको ८९ औं मिनेटमा मेस्सीले गोल गर्दै अर्जेन्टिनालाई हारबाट बचाए । एग्युरोको पासमा उनले गोल गरेका हुन् ।

नेपाललाई तीन पदक

No comments

भाद्र २३।  ६१ औं थाइल्यान्ड ओपन ट्याक एन्ड फिल्ड च्याम्पियनसिपमा नेपालले दुई रजत र एक काश्य गरी तीन पदक जितेको छ ।
नेपालका लागि सरस्वती भट्टराईले आफूले भाग लिएको दुवै स्पर्धा रजत पदक जितेकी हुन् । उनले ८०० मिटर दौडमा २ मिनेट १८.७ सेकेन्डको टाइमिङमा पुरा गर्दै रजत पदक जितेकी हुन् । उनले १५ से मिटर दौडतर्फ ४ मिनेट ४२ सेकेन्डको समय निकाल्दै रजत पदक हात पारिन् ।
अमृता महतोले डिस्कस थ्रोतर्फ काश्य पदक जित्दै नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छन् । उनले ४०.३१ मिटर फ्याक्दै डिक्सक थ्रोतर्फ नयाँ राष्ट्रिय किर्तिमान बनाएकी हुन् ।
नेपाल एथलेटिक्स संघको पहलमा आठ एथलेटिक्स खेलाडीले बैंककमा ४० दिने प्रशिक्षण पछि ६१ औं थाइ एथलेटिक्स च्याम्पियनसिपमा सहभागीता जनाएका हुन् ।
नेपालबाट सहभागी भएका अन्य खेलाडीमा हाइजम्पमा सुर्य खत्री, लङ्ग र त्रिपल जम्पमा डिल्ली खत्री, १०० र २०० मिटरमा आशिष चौधरी, ८०० मिटरमा मुक्ती बहादुर खड्का, जाभलिङतर्फ सिमाकुमार थारु, महिलाको १०० र २०० मिटरमा सरस्वती चौधरीको सहभागीता रहेको छ ।
प्रतियोगिता ६ देखि १० सेप्टेम्बरसम्म चल्ने छ ।

टेलरको शतकसँगै इंग्ल्याण्ड विजयी

No comments

Sep 9, 2015


भदौ २३ । जेम्स टेलसको डेमन वन डे शतकको मदतमा इंग्ल्याण्डले अष्ट्रेलियालाई ९३ रनले पराजित गरेको छ । यससँगै पाँच एक दिवसीय म्याचको सिरिजमा इंग्ल्याण्ड २-१ को अवस्था आइपुगेको छ ।
वल्र्ड ट्रार्फडमा टस जितेर व्याटिङ रोजेको इंग्ल्याण्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३०० रन बनायो ।
उसका लागि टेलरले १०१ रन बनाए । एकदिवसीय क्रिकेटमा उनको पहिलो शतक हो । उनले तेस्रो विकेटका लागि इयान मोर्गानसँग ११९ रनको साझेदारी गरे ।
मोर्गानले ६२ रनमा आउट भए । जेसन रोएले ६३ रन बनाए । अन्य ब्याट्सम्यान भने चल्न सकेनन् ।
पेट कोमिन्स र म्याक्सवेलले २/२ विकेट लिए ।
३०१ रनको लक्ष्य पछ्याएको अष्ट्रेलिया ४४ ओभरमा २०७ रन जोड्दा अलआउट भयो । उसका लागि एरोन फिन्चले ५३ रन बनाए भने म्याथु वेडले ४२ रन जोडे पनि अन्य ब्याट्सम्यान चल्न सकेनन् ।
इंग्ल्याण्डका लियम प्लङकट र माइन अलीले ३/३ विकेट लिए भने आदिल र स्टिभन फिनले २/२ विकेट हात पारे ।

अष्ट्रेलियन विकेट किपर हेडिनले सन्यास लिए

No comments
भदौ २३ । अष्ट्रेलियाका विकेट किपर ब्राड हेडिनले टेष्ट क्रिकेटबाट सन्यास लिएका छन् ।
गत जुलाइमा भएको एसेज टेष्टका क्रममा हेडिनको स्थान पिटर नेभलले लिएका थिए, जुन सिरिजमा अष्ट्रेलिया ३-२ ले पराजित भएको थियो ।
३७ वर्षका हेडिनले वर्षको सुरुमा नै एकदिवसीय क्रिकेटबाट विदा लिइसकेका थिए ।
हेडिनले न्यू साउथ वेल्सबाट पनि घरेलु क्रिकेट नखेल्ने घोषणा गरेको बीबीसीले जनाएको छ । तर, टी-२० बिग ब्यास लिग भने सिड्नी सिक्सरबाट खेल्नेछन् ।
हेडिनले २००१ मा वड डेमा डेब्यू गरेका थिए । उनले अष्ट्रेलियाबाट ६६ टेष्ट, १२६ वन डे र ३४ टी-२० खेले ।
एसेजमा हार व्यहोरेपछि सन्यासको घोषणा गर्ने उनी चौथो अष्ट्रेलियन क्रिकेटर हुन् । यसअघि कप्तान माइकल क्लार्क, क्रिस रोजर्स र शेन वाट्सनले सन्यास लिएका थिए ।
Don't Miss

Translate

Shreeji Media © All Rights Reserved 2025
Design By KpCat