December 2016

पुस १५ । भारतको सिलगुढीमा जारी चौथो साफ महिला फुटबल प्रतियोगिताको समूह चरणमा अपराजित रहँदै नेपाल सेमिफाइनलमा पुगेको छ ।


समूहको अन्तिम खेलमा शुक्रबार श्रीलंकालाई १–० ले हराउँदै नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको हो ।
लगातार दुई खेलमा फराकिलो जित हासिल गरेसँगै यसअघि नै सेमिफाइनलमा पुगेको नेपालले श्रीलंकाविरुद्ध भने संघर्ष गर्नुपर्‍यो ।
खेलको अन्तिम समयमा सपना लामाले प्रहार गरेको कर्नर बल श्रीलंकन डिफेन्डरको खुट्टामा लागेर गोलपोस्टको जाली चुमेको थियो ।
पहिलो खेलमा भुटानलाई ८–० ले तथा दोस्रो खेलमा माल्दिभ्सलाई ९–० ले हराएको नेपालले श्रीलंकाविरुद्ध भने शान्त भएर खेलेको हो ।
नेपाल रहेको समूह ‘ए’बाट सेमिफाइलनमा पुग्ने अर्को टिमको छिनोफानो भने भुटान र माल्दिभ्सबीचको शुक्रबारै साँझ हुने खेलबाट हुनेछ ।
श्रीलंका र माल्दिभ्सले एक–एक खेल जितेका अवस्थामा जितविहीन भुटान भने लगभग बाहिरिएको अवस्था छ ।
यसअघिका तीन संस्करणको फाइनलमा भारतसँगै हार्दै उपविजेतामा सीमित बनेको नेपाली महिला फुटबल टोली योपटक भने ऐतिहासिक उपाधिसहित घर फर्कने लक्ष्यमा छ ।

5:11 AM

पुस १५ । अबको दुई वर्षमा मध्यपश्चिमाञ्चलमा भेट हुने गरी पूर्वाञ्चलमा भएको सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता शुक्रबार सम्पन्न भएको छ ।


गत शुक्रबार विराटनगरमा राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेको सातौं राष्ट्रिय खेलकुदको धरानमा उपराष्ट्रपति नन्दबहादुर पुनले समापन गरेसँगै सकिएको हो ।
पदक तालिकामा त्रिभुवन आर्मी क्लब शीर्ष स्थानमा रहँदा सशस्त्र प्रहरी दोस्रो तथा नेपाल पुलिस क्लब तेस्रो भएको छ ।
२/२ वर्षमा हुने राष्ट्रिय खेलकुदको आठौं संस्करण मध्यपश्चिमाञ्चलमा हुने भएको छ ।
मध्यपश्चिमाञ्चल र पश्चिमाञ्चलबीच भएको दाबेदारी टक्करमा मध्यपश्चिमाञ्चलले बाजी मारेको हो ।
२०३८ सालदेखि सुरु भएको राष्ट्रिय खेलकुद योपटक पाँच वर्षपछि भएको हो ।
छैटौं संस्करण २०६८ सालमा सुदूरपश्चिमाञ्चलमा भएको थियो ।

पुस १५ । पूर्वाञ्चलमा भएको सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत्को पुरुष फुटबलको उपाधि सशस्त्र प्रहरीले जितेको छ ।


शुक्रबार धरान रंगशालामा भएको पुरुष फुटबलको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै सशस्त्र प्रहरीले बाजी मारेको हो ।
पहिलोपटक राष्ट्रिय प्रतियोगितामा पहिलो भएको सशस्त्रले फाइनलमा आर्मीलाई २–० ले हरायो ।
सशस्त्रका लागि दुबै गोल अन्जन विष्टले गरे । दुबै गोल मध्यान्तरअघि नै भएका थिए ।
उपाधिसँगै सशस्त्रले स्वर्णपदक तथा उपविजेता आर्मीले रजत जित्दा नेपाल पुलिस क्लबले तेस्रो हुँदै कास्यपदक जितेको छ ।

पुस १४ । आठौं अन्तर्राष्ट्रिय फाल्गुनन्द गोल्डकपको तयारी अन्तिम चरणमा पुगेको छ ।


पाँचथरको फिदिममा शुक्रबारदेखि हुने प्रतियोगिताका लागि खेल मैदानमा बाँसको प्याराफिटसमेत बनाएर अन्तिम चरणको तयारी भइरहेको आयोजक फिदिम स्पोर्टिङ क्लबका अध्यक्ष किरण श्रेष्ठले जानकारी दिए ।
प्रतियोगिताको पुरस्कार राशीसमेत वृद्धि गरिएको छ । अघिल्लो संस्करणसम्म विजेताले एक लाख रुपैयाँ पाउने गरेको भए पनि यस वर्षदेखि २ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ ।
पुस २३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपालका ए डिभिजन क्लबसहित भुटान, सिक्किम, दार्जिलिङका १० टोली सहभागी हुने भएका छन् ।

पुस १४ । इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत बुधबार राति भएको खेलमा टोटनह्याम हट्सपर विजयी भएको छ ।

लण्डन क्लब टोटनह्यामले साउथह्याम्पटनलाई उसैको मैदानमा ४-१ ले हराएको हो । खेलमा टोटनह्यामलाई विजयी गराउन डेले अलीले दुई गोल गरे भने ह्यारी केन र सन ह्युङ मिनले एक–एक गोल थपे ।

पराजित टोली साउथह्याम्पटनका लागि भर्जील भान डाईकले एक गोल फर्काए । यो जितपछि टोटनह्याम हट्सपरले लिगको अंक तालिकामा चौथो स्थानको आर्सनलसँग दूरी घटाएको छ ।
१८ खेलबाट टोटनह्यामले ३६ अंक जोडेको छ भने आर्सनलको ३७ अंक छ । ३९ अंक जोडेको म्यान्चेस्टर सिटी तेस्रो स्थानमा छ ।
दोस्रो स्थानको लिभरपुलको ४० अंक छ भने ४६ अंकका साथ चेल्सी शीर्ष स्थानमा रहेको छ ।

पुस १४ । मध्यमाञ्चललाई ‘सडनडेथ’मा ७–६ गोलले पराजित गर्दै त्रिभुवन आर्मी क्लब सातौं राष्ट्रिय खेलकद प्रतियोगितमा पुरुष फुटबलतर्फ फाइनलमा प्रवेश गरेको छ ।


धरान–१७ स्थित एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा विहीबार आर्मीले पेनाल्टी सुटआउटमा मध्यमाञ्चललाई पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।
आर्मीले उपाधिका लागि शुक्रबार (भोलि) सशस्त्र प्रहरीको एपीएफ क्लबसँग खेल्नेछ ।
आर्मी र मध्यमाञ्चलबीच बुधबार निर्धारित् ९० मिनेट र थप गरिएको ३० मिनेटमासमेत गोल हुन नसकेपछि खेल विहीबार (आज)का लागि सारिएको थियो ।
आज दुबै टिम पेनाल्टी सुटआउटबाट निर्णय लिन सहमत भएपछि खेलमा सीधै ‘टाइब्रेकर’ भएको हो ।

5:15 AM

पुस १४ । पूर्वाञ्चलमा जारी सातौं राष्ट्रिय खेलकुद अन्तर्गत विभागीय टोली नेपाल आर्मी अग्रज स्थानमा रहेको छ ।


आर्मीले जारी प्रतियोगितामा ९१ स्वर्ण, ५१ रजत तथा २१ कास्य गरेर कुल १ सय ६५ वटा पदक हात पारेको छ भने सशस्त्र प्रहरी ३२ स्वर्ण, २७ रजत र ४८ कास्यसहित १०७ पदकका साथ दोश्रो स्थानमा छ ।
मध्यामञ्चल २१ स्वर्ण, ३९ रजत र ४६ कास्यसहित १०६ पदक जितेर तेश्रो स्थानमा छ ।
नेपाल पुलिस क्लबले ३७ स्वर्ण, २९ रजत र ३६ कास्यसहित ९२ पदकका साथ चौथो स्थानमा छ । सुदूरपश्चिमले ३ वटा स्वर्ण १० रजत र ५० कास्य जितेको छ ।
मध्यपश्चिम ७ स्वर्ण, १३ रजत र ३७ कास्य जितेको छ । पूर्वाञ्चलले हालसम्म ६ स्वर्ण, ११ रजत र ४० कस्य पदक जितेको छ । पश्चिमाञ्चलले ५ स्वर्ण, १८ रजत र ३० कास्य जितेको छ ।
अहिलेसम्म १ सय ९८ स्वर्ण, १ सय ९८ रजत र ३ सय २८ कास्य पदक गरी कूल ७ सय २४ पदकको छिनोफानो भएको सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता प्रचार प्रचार उपसमितिका सदस्य दामोदर आचार्यले जनाकारी दिए ।
शुक्रबारदेखि सुरु भएको सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता पूर्वाञ्चलका विभिन्न स्थानमा जारी छ ।

पुस १३ । भारतको सिलिगुढीमा सम्पन्न चौथो साफ महिला फुटबल च्याम्पियनसिपमा आज(बुधबार) नेपालले माल्दिभ्सको सामना गर्दैछ ।


पहिलो खेलमा भुटानलाई ८-० ले पराजित गरेको नेपाल आज माल्दिभ्सविरुद्ध पनि सोही लयलाई निरन्तरता दिन चाहन्छ ।
माल्दिभ्सले भने पहिलो खेलमा श्रीलंकालाई ५-२ ले पराजित गरेको थियो । प्रतियोगिताको उपाधि जित्ने लक्ष्यसहित भारत पुगेको नेपाली टोलीले यसपछि समुहको अन्तिम खेलमा श्रीलंकाको सामना गर्नेछ ।
सात राष्ट्र सहभागि प्रतियोगिताको अर्को समुहमा भारत, अफ्गानिस्तान र बंगलादेश रहेका छन् ।
सन् २०१० बाट सुरु भएको साफ महिला च्याम्पियनसिपमा यसअघिका तीन वटै संस्करणको फाइनलमा नेपाललाई भारतले हराएको थियो ।

5:30 AM

पुस १२ । सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गतको उसु खेलमा त्रिभुवन आर्मी क्लबले स्वर्णपदकमाथि कब्जा जमाएको छ ।


मंगलबार सुनसरीको धरानस्थित अमर सेवा समाजको कबर्डहलमा भएको फाइनलमा आर्मीले १० स्वर्णपदकसहित ४ ओटा रजत र ५ ओटा कास्यपदक हात पारेको छ ।
आर्मीका तर्फबाट उसुको ‘थावलु’तर्फ विजय थापा सिन्जाली, हरिप्रसाद गोले, सविता राई, ओशिन राई, नीमा घर्तीमगरले स्वर्णपदक हात पारे ।
त्यस्तै, उसुको ‘सान्सौं’तर्फ आर्मीकै चित्रसिंह ठकुरी, रामचन्द्र बराल, लुमन्ती श्रेष्ठ र बिन्दू पुनले स्वर्णपदक जितेका छन् ।
अर्को विभागीय टोली सशस्त्र प्रहरीले ६ ओटा स्वर्णपदकसहित ३ रजत र ४ कास्यपदक जितेको छ ।
सशस्त्रका तर्फबाट उसुको ‘थावलु’तर्फ सुस्मिता तामाङ र ‘सान्सौं’तर्फ अशोक खालिङ, अमर सुनार, मंगल प्रसाद थारु, सन्जीव महर्जन, तेज बहादुर पल्लीले स्वर्णपदक जितेका छन् ।
नेपाल पुलिस क्लबका तर्फबाट प्रेमचन्द्रसिंह दर्लामी र जुनी राईले उसुको ‘सान्सौं’ तर्फबाट स्वर्णपदक पाए ।
मध्यमाञ्चल विकास क्षेत्रले उसुमा ३ ओटा स्वर्ण जितेको छ । घरेलु मैदानमा आयोजना गरिएको सातौं राष्ट्रिय खेलकुदको उसुतर्फ पूर्वाञ्चल स्वर्णपदकविहीन भएको छ ।
मध्यपश्चिमाञ्चललाई उसुको ‘थावलु’तर्फ एउटा स्वर्णपदक प्राप्त भएको छ ।
सुदूरपश्चिमाञ्चलबाट सान्सौंतर्फ एलिना चौधरीले स्वर्णपदक जित्न सफल भएकी छन् ।

5:29 AM

पुस १२ । पूर्वाञ्चलमा जारी सातौं राष्ट्रिय खेलकुदअन्तर्गत् महिला १० मिटर एअर राइफल टिम इभेन्ट्समा नेपाल पुलिसले स्वर्णपदक हात पारेको छ ।


नेपाल पुलिसकी अस्मिता राई, फूलमाया क्याप्छाकी र दुर्गा सिङ्जालीको जोडीले कुल एक हजार १२२ अंक हासिल गर्दै स्वर्ण प्राप्त गरेका हुन् ।
मध्यपश्चिमले एक हजार ६८ अंक हासिल गरेर रजतपदक प्राप्त गरेको छ । मध्यपश्चिम टिममा शान्ति विष्ट, सीता सिंह र रुशी सोमै थापामगर थिए ।
यस्तै, बीना परियार, कल्पना परियार र सुबिना तामाङ सम्मिलित नेपाली सेनाको टिमले एक हजार ५४ अंक प्राप्त गरेर कास्यपदक पायो । रासस

5:28 AM

पुस १२ । सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत् सप्तरीको राजविराजमा जारी भारोत्तोलनमा त्रिभुवन आर्मी क्लब ५ स्वर्ण ७ रजत र १ कास्यपदकसहित शीर्ष स्थानमा कायमै छ ।


अर्को विभागीय टोली नेपाल पुलिस क्लब ४ स्वर्ण, २ रजत र २ कास्यसहित दोस्रो स्थानमा छ ।
यसैगरी, पूर्वाञ्चल २ स्वर्ण र १ रजतसहित तेस्रो स्थानमा छ ।
मंगलबार भएको पुरुषतर्फको ९४ केजी तौल समूहमा त्रिभुवन आर्मीका दिनेश श्रेष्ठले २६८ केजी तौल उचालेर नयाँ राष्ट्रिय कीर्तिमान रच्दै स्वर्णपदक हात पारेका छन् ।
महिलातर्फको ६९ केजी तौल समूहमा नेपाल पुलिसकी राज्यलक्ष्मी थापाले १३६ केजी, महिलातर्फकै ७५ केजी तौल समूहमा पूर्वाञ्चलकी शान्ति चौधरी १३५ केजी उचालेर स्वर्णपदक प्राप्त गरेका छन् ।

5:18 AM

पुस १२ । सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत् सेपाकताक्रोमा पश्चिमाञ्चल क्षेत्रको टिमले २ स्वर्णपदकसहित शीर्ष स्थान ओगट्न सफल भएको छ ।


पश्चिमाञ्चलले मंगलबार पुरुष डबल्स र महिला डबल्समा स्वर्ण जितेको हो ।
साथै, पश्चिमाञ्चलले पुरुष रेगो र महिला रेगोमा रजतपदक जितेको छ ।
विभागीय टिम त्रिभुवन आर्मीले २ स्वर्णसहित एक रजतपदक जितेर दोस्रो स्थानमा छ ।
सुदूर पश्चिमाञ्चल एक स्वर्ण, एक रजत र एक कास्यसहित तेस्रो बनेको छ ।
सुदूरले महिला रेगोमा स्वर्ण जित्दा महिला डबल्समा रजत र पुरुष टिम इभेन्टमा कास्यपदक जितेको हो ।
मध्यमाञ्चलले चार कास्यपदक जित्दा आयोजक पूर्वाञ्चल पदकविहीन बन्यो ।

पुस १२ । नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले एएफसी एसिया कप छनोट प्रतियोगितामा सहभागिता जनाउन पाउने भएको छ ।

                    छनोट चरण खेल्ने अवसर पाएको ग्वामले नाम फिर्ता लिएपछि नेपालले उक्त अवसर पाएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले मंगलबार जनाएको छ ।
मलेसियामा सम्पन्न एएफसी सोलिडारिटी कप फुटबलको उपाधि जितेर विश्वको ध्यान खिच्न सफल नेपालले ग्वामको ठाउँमा खेल्ने अवसर पाएको हो ।
२४ टिमलाई ६ समूहमा विभाजन गरी खेलाइने छनोट चरणमा समूहका शीर्ष दुई टिम एसिया कपको मुख्य स्पर्धामा छानिनेछन् ।
छनोट चरणको समूह ‘ड्र’ आगामी जनवरी २३ तारिखमा हुने जनाइएको छ । आगामी एसिया कप सन् २०१९ मा युएईमा हुँदैछ ।


पुस १२ । सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत् महिला क्रिकेटको स्वर्णपदक पूर्वाञ्चलले जितेको छ ।


मंगलबार सुनसरीमा भएको फाइनलमा सशस्त्र प्रहरीले अन्तिममा खेल छाडेपछि पूर्वाञ्चलले बाजी मारेको हो ।
६४ रनको चुनौती लिएर मैदानमा उत्रिएको सशस्त्रले ७ बलमा ५ रन बनाउनुपर्ने अवस्था रहेकाबेलामा चौकाको विषयमा विवाद भएपछि सशस्त्रले ‘वाकआउट’ हुँदै मैदान छाड्दा पूर्वाञ्चलले स्वर्णपदक जितेको हो ।
चौका भए/नभएको विवाद आएपछि सशस्त्रले चौका पाउनुपर्ने माग गरे पनि ‘अन फिल्ड’ अम्पायरले नियमानुसार ‘फिल्डर’लाई सोध्दा चौका नभएको बताएपछि अम्पायरले पूर्वाञ्चलको पक्षमा निर्णय गरेका थिए ।
यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको पूर्वाञ्चलले १८ ओभर ४ बल क्रिजमा टिकेर ६३ रन जोडेको थियो ।
जवाफमा साविक विजेता सशस्त्रले ८ विकेट गुमाइसकेको अवस्थामा विवाद भएपछि खेल त्यागेको हो ।
पटक–पटक सशस्त्रलाई मैदानमा आउन समय दिएपनि नआएपछि पूर्वाञ्चलले स्वर्ण तथा सशस्त्रले रजतमा चित्त बुझाएको हो ।

5:31 AM

पुस ११ । सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत् सप्तरी सदरमुकाम राजविराजमा सन्चालन भइरहेको भारोत्तोलन प्रतियोगितामा महिलातरफ़  दुई खेलाडीले राष्ट्रिय कीर्तिमान बनाएका छन् ।

नेपाल प्रहरीकी देवी चौधरीले ५३ केजी तौल समूहमा र नेपाली सेनाकी कमला श्रेष्ठले ५८ केजी तौल समूहमा नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका हुन् ।
चौधरीले आफ्नै नामको कीर्तिमान भंग गर्नेक्रममा स्न्याचमा ६० र क्लीन एन्ड जर्कमा ७८ गरी कुल १३८ केजीको कीर्तिमानी तौल उचालेर स्वर्णपदक हात पार्न सफल भएकी छन् ।
५८ केजी तौल समूहमा नेपाली सेनाकी कमला श्रेष्ठले स्न्याचतर्फ ६६ र क्लीन एन्ड जर्कतर्पm ७९ गरी कुल १४५ केजी भार उचालेर नयाँ कीर्तिमान कायम गर्दै स्वर्णपदक प्राप्त गरेकी छन् ।
यसअघि, सो तौल समूहमा १४० केजीको कीर्तिमान कायम रहेको थियो ।
पुरुषतर्फको ६९ केजी तौल समूहमा मध्यपश्चिमाञ्चलका प्रकाश केसी २८१ केजी उचालेर स्वर्ण, नेपाली सेनाका भुजबहादुर सारुले १९७ केजी उचालेर रजत तथा नेपाल प्रहरीका ओमप्रकाश वैश्यले १८७ केजी उचालेर कास्यपदक प्राप्त गरेका छन् ।
पुरुषतर्फकै ७७ केजी तौल समूहमा नेपाली सेनाका सुरेन्द्र श्रेष्ठ, २०५ केजी उचालेर स्वर्ण, नेपाली सेनाकै राजु चौधरीले १९५ केजी उचालेर रजत तथा मध्यमाञ्चलका सरोज यादवले १६२ केजी तौल उचालेर कास्यपदक हात पारेका छन् ।

पुस ११ । सातौं राष्ट्रिय खेलकद प्रतियोगिताअन्तर्गतको पुरुष फुटबल प्रतियोगितामा नेपाल पुलिस क्लब र मध्यमाञ्चल सेमिफाइनल प्रवेश गरेका छन् ।


समूह ‘ए’को विजेता बन्दै पुलिस र उपविजेता बनेको मध्यमाञ्चल सेमिफाइनलमा पुगेका हुन् ।
धरान–१७ स्थित एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा सोमबार भएको पहिलो खेलमा नेपाल पुलिसले मध्यमाञ्चल विकास क्षेत्रलाई ३–१ ले पराजित गर्दै समूह ‘ए’को विजेता बनेको हो ।
सोमबारै दोस्रो खेलमा यसअघि एक खेल जितेको पश्चिमाञ्चल पूर्वाञ्चलसँग ३–१ गोलले पराजित भएपछि पुलिसलाई समूह विजेता बन्ने ढोका खुलेको थियो ।
लिग चरणको खेलमा पुलिस र मध्यमाञ्चलले समानरुपमा ६–६ अंक जोडेका भएपनि ‘हेड टु हेड’को आधारमा पुलिस समूह विजेता बनेको हो ।
प्रतियोगिताअन्तर्गत् मंगलबारको पहिलो खेल सशस्त्र प्रहरी र त्रिभुवन आर्मी तथा दोस्रो खेल मध्यपश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चलबीच हुनेछ ।


पुस ११ । भारतको सिलिगुडीमा सोमबारदेखि सुरु भएको साफ महिला फुटबल च्याम्पियनसिपको चौथो संस्करणको उद्घाटन खेलमा नेपाल विजयी भएको छ ।

नेपालले कमजोर भुटानमाथि ८–० को फराकिलो जित हासिल गरेको हो ।
नेपाललाई जिताउनेक्रममा सावित्रा भण्डारी एक्लैले *५ गोल गरिन् । त्यसैगरी, शर्मिला थापाले २ र कृष्णा खत्रीले एक गोल थपे ।
यसअघिका तीन संस्करणको फाइनलमा भारतसँग पराजित हुँदै उपविजेतामा सीमित भएको नेपालले योपटक लामो समयदेखि नियमित प्रशिक्षण गरिरहेकाले उपाधि नै जित्ने सम्भावना बढेको छ ।
तर, घरेलु मैदानमा तीनपटकको च्याम्पियन भारतलाई हराउन भने नेपालले अहिलेदेखि नै गतिलो रणनीति बनाउनु पर्नेछ ।
प्रतियोगिताको तयारीस्वरुप काठमाडौंमा गत साता खेलिएको मैत्रीपूर्ण अभ्यास खेलमा नेपालले मलेसियालाई १–० ले हराएसँगै थप हौसिएको थियो ।
नेपालले प्रतियोगिताको समूह चरणमा भुटानसहित माल्दिभ्स र श्रीलंकासँग खेल्नेछ ।
अर्को समूहमा भारत, अफ्गानिस्तान र बंगलादेश रहेका छन् । पाकिस्तानले भने प्रतियोगितामा भाग लिएको छैन ।

5:24 AM ,

पुस ११ । सातौं राष्ट्रिय खेलकुदको एथ्लेटिक्सतर्फ त्रिभुवन आर्मी क्लबको वर्चश्व कायमै छ ।


आर्मीका खेलाडीले सोमबारैमात्रै एथ्लेटिक्समा थप चारओटा स्वर्णपदक जितेका छन् ।
सुनसरीको इटहरी रंगशालामा सोमबार बिहान भएको एथ्लेटिक्सतर्फ महिला ४०० मिटर हर्डल्स रेसमा आर्मीले स्वर्णपदक जितेको छ ।
खेलमा आर्मी क्लबकी दुर्गा देवकोटाले स्वर्णपदक जितेकी हुन् । यो स्पर्धामा सशस्त्र प्रहरीकी सविता चौधरी दोस्रो भइन् भने पूर्वाञ्चलकी सविता श्रेष्ठले कास्यपदक हात पारिन् ।
यसैगरी, २०० मिटर महिला दौडमा आमी क्लबकी कृष्णा चौधरीले स्वर्णपदक जितिन् । यो स्पर्धामा आर्मीकै संगीता मेचे दोस्रो तथा मध्यपश्चिमाञ्चलकी प्रमिला थारु तेस्रो भए ।
२०० मिटर दौड पुरुषतर्फ मध्यपश्चिमाञ्चलका यामसाजन सुनारले स्वर्णपदक जित्दा सशस्त्र प्रहरीका आशिष चौधरीले रजत तथा आर्मीका आनन्ददेव थारुले कास्यपदक हात पारे ।
यसैगरी, ८०० मिटर महिला दौडतर्फ आर्मीकी सरस्वती भट्टराईले स्वर्णपदक जितिन् । सातौं राष्ट्रिय खेलकुदलमा सरस्वतीको यो तेस्रो स्वर्णपदक हो ।
यसअघि, उनले महिला १५०० मिटर तथा चार गुणा ४०० मिटर रिले दौडमा पनि स्वर्णपदक हात पारेकी थिइन् ।
यसैगरी, पुरुष ८०० मिटर दौडमा आर्मीका सोमबहादुर कुमालले स्वर्णपदक जिते ।
आर्मीकै जीवन चौधरीले रजत जित्दा सशस्त्र प्रहरीका हिक्मत धामीले कास्यपदक हात पारे ।
एथ्लेटिक्सकै ट्रिपल जम्पतर्फ पुरुषमा नेपाल पुलिस क्लब तथा महिलामा आर्मी क्लबले स्वर्ण जितेको छ ।
महिलातर्फ पुलिसकी केसरी चौधरीले स्वर्णपदक जित्दा सशस्त्र प्रहरीकी शिला चौधरीले रजत तथा आर्मीकी संगीता मेचेले कास्यपदक जिते ।
यसैगरी, पुरुषतर्फ आर्मीका दिल्ली खत्रीले स्वर्णपदक जित्दा पुलिसका चन्द्रदेव जोशीले रजत तथा सुदूरपश्चिमाञ्चलका प्रविणबहादुर पालले कास्यपदक हात पारेका छन् ।

5:22 AM

पुस ११ । सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत् सुनसरी सदरमुकाम इनरुवामा सम्पन्न खो–खोतर्फको फाइनल खेलमा विभागीय टोली नेपाली सेनाले स्वर्णपदक जितेको छ ।

सदरमुकाम इनरुवामा रहेको खेल मैदानमा सोमबार सम्पन्न भएको खो–खो खेलमा सेनाले महिला तथा पुरुष दुबै प्रतिस्पर्धामा प्रथम हुँदै स्वर्णपदक हात पारेको हो ।
पुरुषतर्फको फाइनलमा नेपाली सेनाले मध्यमाञ्चललाई पराजित गरेको हो ।
सेनाले एकपालि बाँकी छँदै मध्यमाञ्चललाई ६ काविरुद्ध १० को स्कोरमा पराजित गरी स्वर्ण जितेको हो ।
मध्यमाञ्चलले रजतमा चित्त बुझाउँदा कास्यपदक भने सुदूरपश्चिमाञ्चलले हात पारेको छ ।
त्यसैगरी, सोमबारै सम्पन्न महिलातर्फको खो–खो खेलको फाइनलमा आर्मीसँग पराजित हुँदै मध्यपश्चिमाञ्चलले रजतपदक प्राप्त गरेको छ ।
महिला खो–खोको कास्यपदक भने सुदूरपश्चिमाञ्चलले जितेको छ । रासस


पौष ११।  टेबलटेनिसतर्फको मिक्स डबलल्सको खेलमा नेपाल पुलिसका दीप साउन र नविता श्रेष्ठको जोडीले आफ्नै टोलीका स्यान्टु श्रेष्ठ र एलिना महर्जनको जोडीलाई ११–८, ११–५ र ११–४ले पराजित गर्दै स्वर्णपदक कब्जा गरे ।
सोमबार विराटनगरमै भएको खेलमा सशस्त्र प्रहरीका पुरुषोत्तम बज्राचार्य र सोनु थापामगर तथा आर्मीका कृष्ण थापामगर र रोविना महर्जनको जोडीले कास्यमा चित्त बुझाए ।

5:16 AM

पुस ११ । सशस्त्र प्रहरीका मुकुन्द्र महर्जनले राष्ट्रिय खेलकुद प्रतियोगितामा लगातार तीन स्वर्णपदक जित्दै सोमबार ह्याट्रिक गर्न सफल भएका छन् ।

उनले विराटनगरस्थित सहिद रंगशालामा भएको सातौं राष्ट्रिय खेलकुदमा पुरुष कराँतेतर्फ ६७ केजी तौलमा स्वर्ण हात पार्दै पर्शुराम बास्तोलासँग आफूलाई बराबरीमा उभ्याएका छन् ।
मुकुन्द्रले पाँचौ, छैटौं र सातौं राष्ट्रिय खेलकुदमा लगातार स्वर्णपदक जित्न सफल भएका हुन् ।
यस स्पर्धामा सुदूरपश्चिमका मो.शेखु आलमले रजत तथा नेपाल प्रहरीका भुपेन्द्र खड्का र मध्यमाञ्चलका विशाल पौडेलले कास्यपदक पाए ।
यस्तै, पुरुषको ८४ केजीमुनिको तौलमा नेपाल प्रहरीका दिवस श्रेष्ठले पश्चिमाञ्चलका सुनित घर्तीमगरलाई पराजित गर्दै स्वर्णपदक जिते ।
तेस्रो स्थानमा पूर्वाञ्चलका ईश्वर माझी र सशस्त्रका भीमबहादुर तामाङ रहे ।
महिला ६८ केजी तौलमा सशस्त्र प्रहरीकी कल्पना बस्नेतले बाजी मारिन् । उनले आर्मीकी रिता कार्कीलाई फाइनलमा पराजित गर्दै स्वर्ण हात पारिन् ।
मध्यमाञ्चलकी रोजिता रन्जित र पुलिसकी मनिता मोक्तानले कास्यपदक पाए ।

पुस ११ । साफ महिला फुटबल च्याम्पियनसिपको चौथो संस्करण भारतको सिलिगुढीमा आज(सोमबार)बाट हुँदैछ ।


प्रतियोगिताको पहिलो खेलमा नेपालले भुटानको सामना गर्नेछ । यसअघिका तीन संस्करणको फाईनलमा भारतसँग पराजित हुँदै उपविजेतामा सिमित नेपाल यसपटक पनि उपाधि जित्ने लक्ष्यका साथ भारत पुगेको छ ।
नेपालका प्रशिक्षक कुमार थापाले यसपटक नेपाली टोली पहिलेभन्दा पनि उच्च तयारी र मनोबलका साथ प्रतियोगिता खेल्न लागेकोले उपाधि जितेरै देश फर्कीने बताएका छन् ।
प्रतियोगिताकै तयारी स्वरुप काठमाडौंमा खेलिएको मैत्रिपुर्ण अभ्यास खेलमा नेपालले मलेसियालाई १÷० ले हराएको थियो ।
फिफा वरियतामा आफुभन्दा माथि रहेको मलेसियालाई हराएको नेपाली महिला फुटबलरहरु निकै हौसिएका छन् ।
नेपालले प्रतियोगिताको समुह चरणमा भुटानसँगै माल्दिभ्स र श्रीलंकासँग खेल्नेछ । अर्को समुहमा भारत अप्mगानिस्तान र बंगलादेश रहेका छन् ।
पाकिस्तानले भने प्रतियोगितामा भाग लिएको छैन । सन् २०१० बाट सुरु भएको साफ महिला च्याम्पियनसिपमा यसअघिका तीन वटै संस्करणको फाइनलमा नेपाललाई भारतले हराएको थियो ।


पुष १० । पुरुष फुटबलमा आइतबार नेपाल आर्मीले जित हात पर्दा एपिएफ र सुदुरपश्चिमाञ्चलले गोलरहित बराबरी खेलेका छन् ।

एन्फा टेक्निकल सेन्टर, धरानमा भएको समूह ‘ख’ पहिलो खेलमा एपिएफ र सुदूरपश्चिमाञ्चले गोल गर्न सकेनन् भने अर्को खेलमा आर्मीले मध्यपश्चिमाञ्चललाई १–० गोलअन्तरले पराजित गरेको छ ।
बराबरीपछि एपिएफ र सुदूरपश्चिमाञ्चलले एक–एक अंक बाँडे भने आर्मीले महत्वपूर्ण ३ अंक जोड्यो । आर्मीको जितमा नवयुग श्रेष्ठ नायक बने ।
उनले पहिलो हाफको ६ मिनेटमा गोल गरेका थिए ।
मध्यपश्चिमाञ्चलका खेलाडीले प्रहार गरेको बल नियन्त्रणमा लिएर करिब २० यार्डबाट नवयुगले गरेको प्रहार सिधै गोलमा परिणत भएको थियो ।
दोस्रो हाफको १९ औं मिनेटमा कृष्ण रानाभाटले रातो कार्ड पाएर मैदान छाड्नु परेपछि मध्यपश्चिमाञ्चल १० खेलाडीमा सीमित भएको थियो । आइतबारको नजितापछि दुवै खेलमा जित पाएको आर्मी ६ अंकको साथ समूहको शीर्ष स्थानमा छ ।
एक खेलमा जित र एकमा बराबरी नतिजा निकालेको एपिएफले ४ अंक जोडेको छ भने एक खेलमा हार र एकमा बराबरी नतिजा निकालेको सुदूरपश्चिमाञ्चलको मात्र एक अंक छ । दुवै खेल हारेको मध्यपश्चिमाञ्चल अंकविहीन छ ।
सोमबार समूह क अन्र्तगत लिग चरणको अन्तिम खेल हुनेछ । पहिलो खेल नेपाल पुलिस क्लब र मध्यामाञ्चलबीच हुनेछ भने दोस्रो खेल पश्चिमाञ्चल र पुर्वाञ्चलबीच हुनेछ ।

6:58 AM ,

पुस १० । झापाको धुलाबारीमा आयोजना भएको जुडो खेलमा आइतबार ९ स्वर्ण पदकको छिनोफानो भएको छ । दुई दिनको खेलमा कुल १८ स्वर्ण पदकको खेल भएका छन् ।


सोमबार तीन स्वर्णका लागि खेल हुनेछ ।
राउण्डरोविन लिगमा भएको खेलमा आर्मीकी फुपु ल्हामु खत्रिले अन्तिम लिग खेलमा चार सेकेण्डमा हराइन् । १२औं सागकी स्वर्ण विजेता फुपुले महिला ६३ केजीको सबै खेलमा अपराजित रहदै स्वर्ण जितिन् ।
सोही तौलमा पुलिसकी निसा चौधरीले रजत तथा सुदरपश्चिमाञ्चलकी शेखा श्रेष्ठ र पुर्वाञ्चलकी दिल कुमारी सिजालीले कास्य पदक जितिन् ।
महिला ४४ केजीमा मध्यपश्चिमाञ्चलका सोनु भटृले स्वर्ण, पश्चिमाञ्चलकी सोम माया तामाङले रजत, सुदुरपश्चिमाञ्चलका विमला महता र नेपाल आर्मीकी सुमित्रा राईले कास्य तथा ५२ केजी तौलसमुहमा आर्मीकै लिला अधिकारीले स्वर्ण, पुलिसकी दिल कुमारी छन्त्यालले रजत, एपीएफकी देविका खड्का र मध्यमाञ्चलकी कविता नेपालीले कास्य पदक हात पारिन् ।
महिलाकै ७८ केजीमा आर्मीकी पुनम श्रेष्ठले स्वर्ण, पुर्वाञ्चलकी वविता चौधरीले रजत, पुलिसकी भावना घर्तिमगर र मध्यपश्चिमाञ्चलकी कृष्णी राइदासले कास्य जितिन् ।
त्यस्तै पुरुष ५० केजी तौल समुहमा आर्मीका तिलक बहादुर देउजाले स्वर्ण, मध्यमाञ्चलका मनोज आचार्यले रजत, एपीएफका सन्तोष विष्ट र मध्यपश्चिमाञ्चलका चक्रविर रोक्काले कास्य तथा ६० केजी तौलमा आर्मीका सुदिप कुमार बोहराले स्वर्ण, पुलिसका उमेश मगरले रजत, मध्यपश्चिमाञ्चलका दिनेश बुढामगर र पुर्वाञ्चलका विकास भुजेलले कास्य पदक जितेका छन् ।
७३ केजी तौलसमुहमा पुलिसका सञ्चित डंगोलले स्वर्ण, मध्यमाञ्चलका रामभक्त तामाङले रजत, एपीएफका निर्दोष चलाउने र आर्मीका जंग बहादुर सारुले कास्य जिते ।
पुरुष ९० केजी तौलसमुहमा नेपाल प्रहरीका श्रीराम मकाजुले स्वर्ण, मध्यमाञ्चलका सञ्जय महर्जनले रजत, नेपाल आर्मीका सुर्यमान लामा र सुदुपश्चिमाञ्चलका चन्द्र प्रसाद चौधरीले कास्य तथा १०० केजीमा नेपाल प्रहरीका राजन जोशीले स्वर्ण, नेपाल आर्मीका कालुमान तामाङले रजत, पुर्वाञ्चलका बच्चुलाल चौधरी र सुदुरपश्चिमाञ्चलका आषिश ओझाले कास्य पदक जितेका छन् ।
दोस्रो दिनको पदक विजेता खेलाडीलाई युवा तथा खेलकुदमन्त्री दलजित विके श्रीपाली, राष्ट्रिय खेलकुद परिषद(राखेप)का उपाध्यक्ष लामा टेण्डी शेर्पा र नेपाल जुडो संघका अध्यक्ष दिपकहर्ष बज्रचार्यले पदक हस्तान्तरण गरे ।

6:56 AM

पुस १० । सातौं राष्ट्रिय खेलकुद अन्तर्गतको फुल कन्ट्राक्ट कराते प्रतियोगितामा पुरुषतर्फको खेलमा ६० केजीतर्फ पूर्वाञ्चलका गोपाललाल सिंह फाइनलमा प्रवेश गरेका छन् ।


त्यसैगरी ५० केजी तौल मुनि सशस्त्रका सञ्जय राई र सुदुरपश्चिमका सुमित कुमार रोकाया, ५५ केजी तौल मुनि सशस्त्रका निकेश महर्जन र मध्यमाञ्चलबाट बिनोद थापा, ४० केजी तौल मुनि मध्यपश्चिमाञ्चलका राजबन गोसाई र सुदुरपश्चिमाञ्चलका पुस्कर थापा फाइनलमा प्रवेश गरेका छन् ।
यता महिलातर्फको प्रतियोगितामा क्वार्टरफाईनल चरण सकिएको छ । सेमिफाईनलमा महिला खुल्लातर्फ नेपाल आर्मीकी मञ्जु विक, पश्चिमाञ्चलकी सुस्मी श्रेष्ठ पश्चिमाञ्चलकी हरिना साउद सुदुरपश्चिमाञ्चलकी सपना गन्धर्व सेमिफाइनलमा प्रवेश गरेका छन् ।
त्यस्तै ५५ केजीतर्फ पश्चिमाञ्चलकी सुनिता गुरुङ, पुलिसकी मनिषा लामा, मध्यमाञ्चलकी सबिता श्रेष्ठ र आर्मीकी अम्बिका भुजेलले जित हात पारेका छन् । ५० केजीतर्फ पुलिसकी सुजता राई, सशस्त्रकी दिपा शाही, मध्यमाञ्चलकी निर्मला लो र सुदुरपश्चिमाञ्चलकी बिमला बुढाले जित हात पारे ।

6:54 AM

पुस १० । सातौं राष्ट्रिय खेलकुद अन्र्तगत झापाको दमकमा भएको आइटिएफ तेक्वान्दोमा नेपाल आर्मीले पदकमा बर्चस्व कायम गरेको छ ।


दमकस्थित रेडक्रम भवनमा भएको खेलमा आर्मीले आठ स्वर्णसहित बर्चस्व कायम गरेको नेपाल आइटिएफ तेक्वान्दो महासंघका अध्यक्ष अन्जन धमलाले बताए ।
आर्मीले एक स्पाइरिङमा दुई स्वर्ण र प्याट्रनमा ६ स्वर्ण हात पारेको छ । स्पाइरिङमा पुरुषको ४५–५० तौलसमुहमा आर्मीका पुर्णबहादुर मगरले स्वर्ण, पश्चिमाञ्चलका दिपक गौतम रजत तथा पुर्वाञ्चलका प्रभात कार्की र मध्यमाञ्चलका सुनिल महतोले कास्य पदक हात पारे ।
पुरुष स्पाइरिङकै ५१–५५ केजी तौलसमुह अन्तर्गत एपीएफका योगेन्द्र धिमालले स्वर्ण, पश्चिमाञ्चलका विकल्प पौडेलले रजत तथा मध्यमाञ्चलका तारा तामाङ र मध्यपश्चिमाका हिमाल लामाले कास्य पदक हात पारे ।
फाइटतर्फ महिलाको ४१–४५ केजीमा आर्मीकी निस्मा बस्यालले स्वर्ण, पश्चिमाञ्चलकी रिता अधिकारीले रजत तथा सुपकी पुजा रावल र मध्यमाञ्चलकी सोनी खड्काले कास्य जितिन् ।
प्याट्रनको महिलातर्फ निलो पेटीमा आर्मीकी उसना श्रेष्ठले स्वर्ण र मध्यमाञ्चलकी जिजिबिसा थापा मगरले रजत, रातो पेटिमा आर्मीकी कल्पना राईले स्वर्ण र एपीएफकी सञ्चिताले रजत तथा कालोपेटीमा मध्यमाञ्चलकी रञ्जु पुलामी मगरले स्वर्ण र पश्चिमाञ्चलकी आयुषा कार्कीले रजत हात पारे ।
महिलाकै कालो पेटी दोस्रो डानमा नेपाल आर्मीकी आस्मा श्रेष्ठले स्वर्ण र मध्यमाञ्चलकी पुजा खुलाल मगरले रजत तथा तेस्रो डानमा आर्मीकी तुलसा राजथलाले स्वर्ण र पश्चिमाञ्चलकी शर्मिला महतले रजत दिलाइन् ।
प्याट्रनको पुरुषतर्फ निलो पेटीमा पूर्वाञ्चलका वीरबहादुर तामाङले स्वर्ण र मध्यमाञ्चलका अनिल तामाङले रजत, रातो पेटीमा एपीएफका श्यामकृष्ण श्रेष्ठले स्वर्ण र पुर्वाञ्चलका रबजोर वाईबाले रजत, कालोपेटी प्रथम डानमा आर्मीका भिम बहादुर तामाङले स्वर्ण र पश्चिमाञ्चलका विमल रानाले रजत, दोस्रो डानमा आर्मीका पुर्णबहादुर मगरले स्वर्ण र पश्चिमाञ्चलका श्यामबहादुर गाहा मगरले रजत तथा तेस्रो डानमा पुर्वाञ्चलका युवराज लामाले स्वर्ण र मध्यमाञ्चलका हनक सुब्बाले रजत हात पारे ।
स्पाइरिङको पुरुष ६०–६५ केजी तौलमा सेमिफाइनलमा पश्चिमाञ्चलका दिनेश बुढामगरले आर्मीका आदोन लामालाई हराउँदै स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्ने भएका छन् ।

6:53 AM

पुस १० । सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत सप्तरीको राजविराजमा भएको राष्ट्रिय भारोत्तोलन प्रतियोगितामा पुरुषतर्फ ५६ केजी तौल समुहमा पूर्वाञ्चलका मनोज यादवले स्वर्ण पदक जितेका छन् ।


१ सय ७५ केजी तौल उचालेर यादवले स्वर्ण पदक जितेका हुन् । सोही तौल समुहमा नेपाली सेनाका तुलानाथ महतोले १ सय ६६ केजी तौल उचालेर रजत तथा सुदुर पश्चिमाञ्चलका रवीलाल चौधरीले १ सय ६२ केजी उचालेर कास्य पदक हात पारेका छन् ।
महिलातर्फ ४८ केजी तौल समुहमा नेपाली सेनाकी मनिषा रानाभाटले १ सय ५ केजी तौल उठाएर स्वर्ण पदक हात पारेकी छिन् । उक्त तौल समुहमा पुर्वाञ्चलकी मनिषा चौधरीले ७७ केजी तौल उठाएर रजत तथा सुदुर पश्चिमाञ्चलकी कञ्चन चौधरीले ७१ केजी तौल उठाएर कास्य पदक प्राप्त गरेकी छन् ।

12:37 PM ,

पुस १० । सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत जुडो खेलमा मध्यमाञ्चलले अग्रता हासिल गरेको छ । शनिबार राति सम्पन्न नौवटा स्पर्धामा मध्यमाञ्चलले पाँचवटामा जित हासिल गरेको छ भने नेपाली सेनाले दुई तथा सुदूरपश्चिमाञ्चलले एउटा स्वर्ण पदक जितेको छ ।

मध्यमाञ्चलका लागि पुरुषतर्फ ५५ किलोमुनिको तौलमा किरण कडेल, ६६ किलोमुनिमा इन्द्रबहादुर श्रेष्ठ, ८१ किलोमुनि मोहन सुनुवार र १०० किलोमुनि रबिन श्रेष्ठले तथा महिला स्पर्धामा ६० किलोमुनि सुनिता मगरले स्वर्ण पदक जिते ।
यसैगरी नेपाली सेनाका लागि पुरुषतर्फको ४५ किलोमुनि सुबोध मण्डल तथा महिलातर्फ ५७ किलोमुनिमा मनिता श्रेष्ठ प्रधानले स्वर्ण पदक हात पारे ।
यस्तै महिला स्पर्धामा नेपाल प्रहरीका ४८ किलोमुनिको तौलमा सरिता चौधरीले स्वर्ण पदक जिते भने ७८ किलोमाथिको तौलमा सुदूरपश्चिमाञ्चलकी सुनिता बोहराले स्वर्ण पदक हासिल गरे ।
जुडोको पुरुषतर्फको ४५ किलोमुनिको तौलमा पूर्वाञ्चलका अमितकुमार रामले रजत तथा मध्यमाञ्चलका निशान लिम्बू र सुदूरपश्चिमाञ्चलका कुमार शाहले कास्य पदक जिते ।
पुरुष ५५ किलोमुनि नेपाली सेनाका कर्मा तामाङले रजत तथा सशस्त्र प्रहरीको एपिएफ क्लबका दीपेन्द्र तामाङ र नेपाल प्रहरीका रोहन थापामगरले कास्य पदक पाए ।
यसैगरी पुरुष ६६ किलोमुनिमा नेपाल प्रहरीका टीकाराम चौधरीलाई रजत तथा पश्चिमाञ्चलका सुमन्त क्षत्री र एपिएफका विजय तामाङले कास्य पदक प्राप्त गरे ।
पुरुष ८१ किलोमुनि तौलमा नेपाल प्रहरीका सन्तोष सुनारले रजत तथा सेनाका दिलबहादुर मगर र पश्चिमाञ्चलका मङ्गलु मेचेले कास्य पदक हात पारे ।
पुरुष १०० किलोमुनि तौलमा नेपाली सेनाका शिवराम बरामले रजत तथा नेपाल प्रहरीका रियाज श्रेष्ठ र सुदूरपश्चिमाञ्चलका राजन ओझाले कास्य पदक जिते ।
यसैगरी महिला ४८ किलोमुनिको तौलमा मध्यपश्चिमाञ्चलका शारदा खत्रीले रजत तथा नेपाली सेनाका सुष्मिता लावत र पश्चिमाञ्चलका माया लुहारले कास्य पदक जित्न सफल भए ।
महिला ५७ किलोमुनितर्फ मध्यमाञ्चलका शर्मिला तामाङले रजत पाउँदा मध्यपश्चिमकै निर्मला कुँवर र नेपाल प्रहरीका विष्णु थापाले कास्य पदकमा चित्त बुझाए ।
यस्तै महिला ६० किलोमुनिको तौलमा मध्यपश्चिमका सम्झना चौधरीले रजत पदक पाउँदा नेपाली सेनाका गङ्गा चौधरी र नेपाल प्रहरीका रेणुका थापाले कास्य जितिन्।
महिलाको ७८ किलोमाथिको तौलमा नेपाली सेनाका आकृति जोशीले रजत तथा पश्चिमाञ्चलका सीमा ठकुरीले कास्य पदक जितिन ।

पुस ९ । सशस्त्र प्रहरीका पर्शुराम बास्तोलाले पूर्वाञ्चलमा जारी सातौं राष्ट्रिय खेलकुदमा स्वर्णपदक प्राप्त गर्दै राष्ट्रिय खेलकुदमा ह्याट्रिक गर्न सफल भएका छन् ।

शनिबार विराटनगरस्थित सहिद रंगशालामा भएको कराँते प्रतियोगिताअन्तर्गत् पुरुष एकल कातामा बास्तोलाले नेपाली सेनाका डम्बरबहादुर आलेमगरलाई पराजित गर्दै स्वर्णपदक जितेका हुन् ।
उनले काठमाडांैमा भएको पाँचांै र धनगढीमा भएको छैटौं राष्ट्रिय खेलकुदमासमेत स्वर्णपदक जितेका थिए ।
प्रतियोगितामा सुदूरपश्चिमका ललित खत्री र मध्यमाञ्चलका सुमन पुलामी मगरले कास्यपदक प्राप्त गरे ।
यस्तै, महिलातर्फको एकल कातामा नेपाल प्रहरीकी निर्मला तामाङले मध्यमाञ्चलकी अप्सरा मोक्तानलाई हराउँदै स्वर्णपदक जितिन् ।
सशस्त्रकी सरिता श्रेष्ठ र सुदूरपश्चिमकी वर्षा साउदले कास्यमा चित्त बुझाए ।

5:45 AM

पुस ९ । सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत् शनिबारदेखि गाईघाटस्थित थरुहट रंगशालामा आर्चरी खेल सुरु भएको छ ।


शनिबार बिहानदेखि सुरु भएको प्रतियोगितामा २५ जना महिला र ६५ जना पुरुष खेलाडीले सहभागिता जनाएको सातौं राष्ट्रिय आर्चरी प्रतियोगिताका संयोजक किरण राईले जानकारी दिए ।
तीन विधा बाँडेर यो खेल खेलाइएको आयोजक समितिका सदस्य तथा जिल्ला खेलकुद विकास समिति उदयपुरका अध्यक्ष पुष्प विकले बताए ।
प्रतियोगिता यही पुस ११ गते सम्पन्न हुने बताइएको छ ।

5:43 AM ,

पुस ९ । पूर्वाञ्चलमा जारी सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पहिलो स्वर्णपदक हरिप्रसाद रिमालले जितेका छन् ।


एथलेटिक्सतर्फको खेलमा नेपाली सेनाका हरिले १५ सय मिटर दौडमा स्वर्णपदक जितेका हुन् ।
शनिबार सुनसरीको इटहरी रंगशालामा भएको खेलमा निर्धारित् दुरी ४ मिनेट ४ सेकेन्डमा पूरा गर्दै हरिले स्वर्णपदक जितेका हुन् ।
रजतपदक पनि सेनाकै छत्रबहादुर दाहालले जिते । नेपाल पुलिसका करण खड्काले कास्यपदक जिते ।
यसैगरी, महिलातर्फ पनि सेनाकै सरस्वती भट्टराईले स्वर्णपदक जितिन् । सरस्वतीले निर्धारित् दूरी ४ मिनेट ४३ सेकेन्डमा पूरा गरिन् ।
सशस्त्रकी पुमली रानाले रजत तथा सेनाकी लक्ष्मी पाण्डेले कास्यपदक जितिन् ।
- See more at: http://imagekhabar.com/news/latest/sports/13369#sthash.PGopqyLj.dpuf

पुस ९ । सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत् भलिबलका खेलहरु शनिबारदेखि इटहरीमा सुरु भएका छन् ।


पुरुषतर्फको खेलमा पश्चिमाञ्चल र नेपाल पुलिसले विजयी सुरुआत गरेका छन् ।
पुलिसले मध्यमाञ्चललाई ३–१ ले हरायो । पहिलो सेट २१–२५ ले गुमाएको पुलिसले त्यसपछि भने २५–१७, २५–१७ र २५–१४ ले खेल जित्यो ।
यसैगरी, पश्चिमाञ्चलले सुदूरपश्चिमाञ्चललाई ३–० को सोझो सेटमा हरायो ।
महिला भलिबलमा भने सशस्त्र प्रहरी र पश्चिमाञ्चलले विजयी सुरुआत गरेका छन् ।
सशस्त्रले मध्यमाञ्चललाई ३–० को सोझो सेटमा हरायो । त्यस्तै, पश्चिमाञ्चलले त्रिभुवन आर्मीलाई ३–१ ले हरायो ।

पुस ९ । सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत् शनिबारदेखि पोखरामा सुरु भएको पुरुष तथा महिला लनटेनिसमा विभागीय टिम हावी भएका छन् ।


पोखरा रंगशालामा भएको लनटेनिसमा पुरुषतर्फ नेपाल प्रहरीले मध्यमाञ्चललाई, सशस्त्र प्रहरीले मध्यमाञ्चललाई, त्रिभुवन आर्मीले पूर्वाञ्चललाई तथा पश्चिमाञ्चलले सुदूरपश्चिमाञ्चललाई समान ३–० को सेटमा हराएर सेमिफाइनलमा ठाउँ बनाएका छन् ।
लनटेनिसमा महिलातर्फ पनि तीनओटै विभागीय टिम र पूर्वाञ्चल सेमिफाइनलमा प्रवेश गरेका छन् ।
सशस्त्रले मध्यमाञ्चललाई तथा पूर्वाञ्चलले पश्चिमाञ्चललाई समान ३–० ले हराएर तथा दुई विभागीय टिमहरु प्रहरी र आर्मी ‘बाइ’ पाएर सेमिफाइनलमा पुगेका हुन् ।
लनटेनिसमा पुरुष तथा महिलातर्फका एकल खेलहरु आइतबारदेखि सुरु हुँदैछन् ।
प्रतियोगितामा पुरुष ४० तथा महिला २२ गरि ६६ जना खेलाडीले १६ स्वर्ण, १६ रजत र ३२ कास्य पदकका लागि प्रतिस्पर्धा गर्दैछन् ।

पुस ९ । सातौ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत् महिला फुटबल खेलमा सशस्त्र प्रहरी च्याम्पियन बनेको छ ।


शनिबार सुनसरीको दुहबी रंगशालामा भएको नेपाल पुलिस क्लबविरुद्धको फाइनल खेलको निर्धारित् ७० मिनेटसम्म दुबै पक्षबाट कुनै गोल हुन सकेन ।
खेल अवधिभर प्रहरीले सशस्त्रलाई दबाबमा राख्न सफल भयो । तर, त्यसपछिको ‘ट्राइब्रेकर’मा सशस्त्र ४–२ ले विजयी भयो ।
टाइब्रेकरमा सशस्त्रकी लक्ष्मीकुमारी पौडेल, मञ्जु दोङ, अनिता केसी र सिर्जना चेम्जोङले गोल गरे ।
सशस्त्रकी तारा थिङले गरेको पेनाल्टी सुट पोलमा ठोक्किएर बाहिरिएको थियो ।
त्यसैगरी, प्रहरीका तर्फबाट टिम क्याप्टेन धीमकुमारी गुरुङ र सिर्जना खड्कालेमात्र गोल गर्न सके ।
प्रहरीको तर्फबाट एलिजा शाहले गरेको प्रहार सीधै पोस्टबाहिर गएको थियो । त्यस्तै, अमृता जैसीले गरेको प्रहार पनि सशस्त्रकी गोलरक्षक रुपा रानामगरले रोक्न सफल भइन् ।
मगर खेलको उत्कृष्ट ‘फाइनलिस्ट’ घोषित भइन् ।
त्यस्तै, त्रिभुवन आर्मी मध्यमाञ्चललाई पराजित गर्दै तेस्रो हुँदै कास्यपदक जित्यो ।
प्रहरीकी निरु थापा प्रतियोगितामा ५ गोल गर्दै सर्वाधिक गोलकर्ता बनिन् ।
प्रतियोगितामा पाँच विकास क्षेत्र तथा तीन विभागीय गरी ८ टिमले सहभागिता जनाएका थिए ।

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.