Responsive Ad Slot

तीर्थ र लक्ष्मीलाई स्वर्ण

No comments

Jan 31, 2016

माघ १७।  भारतीय सेनामा कार्यरत वाग्लुङका तीर्थ पुन र नेपाली सेनाकी लक्ष्मी पाण्डेले‘नेपाल टेलिकम कप’ नवौं सार्वजनिक संस्थान खेलकुद प्रतियोगिताअन्तर्गत सडक दौडको खुलमा शनिबार स्वर्ण जितेका छन् । तीर्थ पुरुष र लक्ष्मी महिलातर्फ पहिलो भए ।
पुरुषमा नेपाली सेनाका राजन खत्री दोश्रो र कल्याण बानियाँ तेश्रो भए । महिलामा सानुमाया कार्की दोश्रो र रेसु बस्नेत तेश्रो भए । पहिलो हुनेले २५ हजार, दोश्रोले १५ हजार तथा तेश्रोले १० हजारका दरले नगद पुरस्कार पाए ।
सडक दौडको कर्मचारीतर्फ पुरुषमा नेपाल टेलिकमका दलबहादुर दमाईं पहिलो, नेपाल विद्युत प्राधिकरणका अनुप केसी दोश्रो तथा नागरिक उड्डयनका निरोज सुवाल तेश्रो भए । सोही स्पर्धाको महिलामा नागरिक उड्डयनकी सुजिता माझी पहिलो तथा टेलिकमका कल्पना रायमाझी र पशुपति गिरी क्रमशः दोश्रो र तेश्रो भए । शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १५ हजार, १० हजार र ५ हजारका दरले पुरस्कार प्राप्त गरे । खुला र कर्मचारीमा गरी दौडमा जम्मा २ सय २३ प्रतिस्पर्धी सहभागी थिए ।
सार्वजनिक संस्थान खेलकुद विकास संघ नेपालद्वारा आयोजित प्रतियोगिताको बुद्धिचालमा विद्युतका पूर्व नेपाल च्याम्पियन विकासमान लामा प्रथम तथा टेलिकमका पूर्णसुन्दर श्रेष्ठ दोश्रो र गोविन्द खड्का तेश्रो भए । पहिलोले १५ हजार, दोश्रोले १० हजार र तेश्रोले ५ हजार नगद पुरस्कार जिते । बुद्धिचालमा १२ जनाले प्रतिस्पर्धा गरेका थिए ।
विजेतालाई आयोजक संघका अध्यक्ष कुलबहादुर आचार्य, महासचिव रामविनय श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कार प्रदान गरे ।

सेरेनालाई हराउँदै केरबर, अस्ट्रेलियन ओपन

No comments
माघ १७।  जर्मनीकी एन्जेलिक केरबरले सेरेना विलियम्सलाई स्तब्ध पार्दै शनिबार अस्ट्रेलियन ओपनको उपाधि जितेकी छिन् । जर्मन खेलाडीले टेनिस इतिहासकै ठूलो अप्रत्यासित नतिजाका रूपमा विश्व नम्बर १ तथा डिफेन्डिङ च्याम्पियन सेरेनालाई ६–४, ३–६ र ६–४ ले हराइन् ।
यो हारले अमेरिकी खेलाडी सेरेनाको २२ औं ग्रान्ड स्लाम जित्ने कीर्तिमानको सपना अहिलेका लागि रोकिएको छ । केरबरले ग्रान्ड स्लाम उपाधि जितेको यो पहिलोपल्ट हो । यस्तै सन् १९९९ मा स्टेफी ग्राफले फ्रेन्च ओपन जितेयता जर्मन खेलाडीले ग्रान्ड स्लाम उपाधि जितेको पनि यो पहिलोपल्ट हो ।

म्यानचेस्टर सिटी एफए कपको पाँचौं चरणमा

No comments
माघ १७ । दावेदार क्लबहरु आर्सनल र म्यानचेस्टर सिटी एफए कप फुटबलको पाँचौं चरणमा प्रवेश गरेका छन् ।
शनिबार राती भएको खेलमा आर्सलनले बर्नलेलाई २–१ ले हरायो । यसैगरी एस्टन भिल्लालाई ४–० ले हराउँदै म्यानचेस्टर सिटी पनि पाँचौ चरणमा उक्लिएको छ ।
शनिबार राति नै भएकाखेलमा टोटनह्याम हट्सपरले कोल्चेस्टर युनाइटेडलाई ४–१ ले पाखा लगायो ।
यसैगरी स्टोक सिटीलाई १–० ले हराएको क्रिष्टल प्यालेस, नटिङ्घम फरेष्टलाई १–० ले हराएको वाट्फोर्ड तथा पोटर््समाउथलाई २–१ ले हराएको बर्नमाउथ पनि एफ.ए कप फुटबलको पाँचौं चरणमा प्रवेश गरेका छन् ।
प्रिमियरसिप प्रतिद्वन्द्वी वेष्ट ह्यामसँग गोल रहित बराबरी खेलेको लिभरपुलले भने पाँचौं चरण प्रवेशका लागि फेरि खेल्नु पर्ने भएको छ ।
गएराति भएका अन्य खेल जित्दै हल सिटी, लिड्स युनाईटेड, ब्ल्याकबर्न रोभर्स र रिडिङ पनि पाँचौं चरणमा प्रवेश गरेका छन् ।

यु–१९ विश्वकप क्वाटरफाइनलमा नेपाल र भारत

No comments
माघ १६ । नेपाल आइसीसी यु–१९ विश्वकप क्रिकेटको क्वाटरफाइनलमा प्रवेश गरेको छ । समुह डी मा लगातार दोस्रो जित दर्ता गर्दै नेपाल र भारत प्रतियोगितको क्वाटरफाइनलमा प्रवेश गरेका हुन् ।
समुहको पहिलो खेलमा न्युजिल्याण्डलाई पराजित गरेको नेपालले आज आयरल्याण्डलाई पराजित गरेको हो । त्यस्तै भारतले पहिलो खेलमाआयरल्याण्डलाई पराजित गरेको थियो भने आज न्युजिल्याण्डलाई पराजित गरेसँगै समुहको अन्तिम खेल खेल्नु अगावै नेपालसँगै भारत पनि क्वाटरफाइनल पुगेको हो ।
लगातार दुई खेलमा पराजय बेहोरोसँगै आयरल्याण्ड र न्युजिल्याण्ड भने समुह चरणबाटै बाहिरिएका छन् ।
हालसम्म अन्डर नाइन्टिन विश्वकपको सात वटा संस्करण खेलेको नेपालले दोस्रो पटक क्वाटरफाइनलमा स्थान बनाएको हो । यसअघि सन् २००० मा पहिलो पटक अन्डर नाइन्टिन विश्वकपमा सहभागी हुँदा नेपाल क्वाटरफाइनल पुगेको थियो ।
अन्डर नाइन्टिन विश्वकपको दोस्रो चरणमा स्थान बनाउने नेपाल एकमात्र एसोसियट राष्ट्र हो ।
पहिलो खेलमा न्युजिल्याण्डलाई स्तब्ध पारेको नेपालले आज आयरल्याण्डलाई ८ विकेटको फराकिलो अन्तरले हराउँदै लगातार दोस्रो जित दर्ता गर्‍यो । 
बंगलादेशको फतुल्लाहको खान शाहेव रंगशालामा आयरल्याण्डले प्रस्तुत गरेको १३२ रनको बिजयी लक्ष्य नेपालले २५ दशमलव ३ ओभरमा २ विकेट गुमाउँदै पुरा गरेको हो । नेपालका लागि योगेन्द्र कार्कीले सर्वाधिक नटआउट ६१ रनको योगदान गर्दा आरिफ सेखले ३१ तथा सुनिल धमलाले २८ रन जोडे ।
यसअघि ओपनर सन्दिप सुनार पहिलो बलमै डक आउट भएपछि नेपालको सुरुवात राम्रो हुन सकेको थिएन । तर त्यसपछि सम्हालिएको प्रदर्शन गर्दै नेपालले शानदार जित दर्ता गरेको हो ।
खेलमा यसअघि टस जितेर पहिले ब्याटिङ गरेको आयरल्याण्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै १३१ रन बनाएको थियो । नेपाली बलर सन्दिप लामिछानेले ह्याट्रिकसहित कुल ५ विकेट लिएपछि आयरल्याण्ड सस्तैमा समेटिएको थियो ।
सम्हालिएको सुरुवात गरेको आयरल्याण्डले पहिलो विकेट ३९ रनमा गुमाएको थियो तर नेपाली बलरहरुले त्यसपछि सनसनीपूर्ण खेल प्रस्तुत गरे । ४८ रनमा ३ विकेट गुमाईसकेको आयरल्याण्डले त्यसपछि सम्हालिने कोशिश गरेको थियो तर ३२ औं ओभरको अन्तिम ३ बलमा लगातार विकेट लिँदै सन्दिप लामिछानेले ह्याट्रिक गरेपछि आइरिस इनिङ ध्वस्त भएको थियो ।
३९ औं ओभरमा ९२ रन बनाउदा ८ विकेट गुमाइसकेको आयरल्याण्डले त्यसपछि धैर्यता देखाउँदै पुरा ५० ओभर खेलेको हो । नेपालका लागि दीपेन्द्र सिंह ऐरीले २ तथा सुनिल धमला र सुशील कँडेलले थप १–१ विकेट लिए ।
सन्दिप लामिछाने अन्डर नाइन्टिन विश्वकपमा ह्याट्रिक पुरा गर्ने दोस्रो नेपाली खेलाडी बनेका छन् । यसअघि अविनाश कर्णले यो सफलता पाएका थिए ।
समुहको अन्तिम खेलमा सोमबार नेपाल र भारत भिड्दै छन् । सन् २००० मा पहिलो पटक अन्डर नाइन्टिन विश्वकपमा सहभागी हुँदा क्वार्टरफाइनल पुगेको नेपालले त्यसपछिको संस्करणमा त्यस्तो उपलब्धि दोहोर्‍याउन सकेको छैन ।

फुटबल, विजेतालाई तीन लाख

No comments

Jan 29, 2016

माघ १५ । गत वैशाख १२ को विनाशकारी भूकम्पमा परी निधन भएका खेल पत्रकार सुमन भोम्जनको स्मृतिमा फुटबल प्रतियोगिता हुने भएको छ ।

सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठान, मकवानपुरले भोम्जनको स्मृतिमा हेटौंडामा अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्र्रतियोगिता आयोजना गर्न लागेको हो । आगामी फागुन १ गतेदेखि ८ गतेसम्म हुने प्रतियोगितामा६ नेपाली क्लबसहित भारत र भुटानका १–१ गरी कुल ८ टोली सहभागी हुनेछन् । प्रतियोगिताको विजेता टोलीले तीन लाख रुपैयाँ जित्ने छ भने उपविजेताले १ लाख रुपैयाँ हात पार्नेछ । वैशाख १२ को भूकम्पमा परी गोरखापत्र दैनिकका खेलकुद पत्रकार सुमन भोम्जनको निधन भएको थियो । 

नेपालको विजयी सुरुआत, न्यूजिल्यान्ड ३२ रनले पराजित

No comments

माघ १५ । बंगलादेशमा जारी आइसीसी यु–१९ विश्वकप क्रिकेट प्रतियोगितामा नेपालले विजयी सुरुआत गरेको छ ।

टेस्ट मान्यता प्राप्त राष्ट्र न्यूजिल्यान्डलाई विहीबार ३२ रनले पराजित गर्दै नेपालले प्रतियोगितामा सनसनीपूर्ण सुरुआत गरेको हो ।

बंगलादेशको फतुल्लाहमा नेपालले दिएको २३९ रनको विजयी लक्ष्य पछ्याएको न्यूजिल्यान्ड ४७ दशमलव१ ओभरमा २०६ रनमा समेटिएपछि नेपालले शानदार जित दर्ता गरेको हो ।

कसिलो बलिङ गर्दै सुरुआतदेखि न्यूजिल्यान्डलाई दबाबमा राखेको नेपालका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ३ विकेट लिए । यस्तै, प्रदीप तामाङले २ तथा सुनील धमला र सन्दीप लामिछानेले १–१ विकेट झारे । यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको नेपालले कप्तान राजु रिजालको सर्वाधिक ४८ रनको मद्दतमा निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २३८ रन जोडेको थियो ।

नेपालका लागि सन्दीप सुनार र आरिफ सेखले समान ३९–३९ रनको योगदान गर्दा आठौं नम्बरमा क्रिजमा आएका कुशल भुर्तेलले २३ बलमा अविजित ३५ रन बनाउँदै नेपाललाई राम्रो योगफलसम्म पुर्‍याएका थिए ।

यस्तै, राजवीर सिंहले २४, दीपेन्द्रसिंह ऐरीले १६, सुनील धमलाले १५, योगेन्द्रसिंह कार्कीले ६ तथा प्रदीप तामाङले अविजित ४ रन जोडे ।

नेपालले सन् २००६ को प्रतियोगितामा न्यूजिल्यान्डलाई हराएर प्लेट च्याम्पियन बनेको थियो ।

यु–१९ विश्वकप क्रिकेटको विभिन्न संस्करणमा टेस्ट मान्यता प्राप्त टोलीहरु दक्षिण अफ्रिका, पाकिस्तान, बंगलादेश र जिम्बाबेलाईसमेत पराजित गरिसकेको नेपालको विहीबारको जितसँगै दोस्रो चरण प्रवेशको सम्भावना बलियो बनेको छ ।

आफ्नो दोस्रो खेलमा शनिबार आयरल्यान्डलाई पराजित गर्न सके नेपालको दोस्रो चरण प्रवेशको सम्भावना बलियो बन्ने छ ।

नेपाल रहेको समूह ‘डी’मा न्यूजिल्यान्डसँगै भारत र आयरल्यान्ड छन् । समूहको अन्तिम खेलमा नेपालले सोमबार भारतको सामना गर्नेछ ।

एभर्टनलाई हराँउदै म्यान्चेस्टर सिटी फाईनलमा

No comments

Jan 28, 2016

माघ १४ । एभर्टनलाई हराँउदै म्यान्चेस्टर सिटी क्यापिटल वान कप अर्थात इङ्गलिस लिग कप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।
पहिलो लेगको खेलमा एभर्टनसँग २-१ ले पराजित सिटीले बुधबार राती आफ्नै मैदानमा भएको दोस्रो लेगको खेल ३-१ ले जित्दै समग्रमा ४-३ को नतिजाको साथ फाईनलमा ठाँउ बनाएको हो ।
सिटीले अब फाईनलमा लिभरपुलको सामना गर्नेछ । यसअघि बुधबार भएको पहिलो सेमीफाईनल खेलमा स्टोक सिटीलाई पेनाल्टी सुट आउटमा पराजित गर्दै लिभरपुल फाईनलमा पुगेको थियो ।
लिभरपुल र म्यान्चेस्टर सिटीविचको लिग कप फुटबलको फाईनल खेल आगामी फेब्रुअरी २८ तारीखमा चर्चीत वेम्बले रंगशालामा हुनेछ ।

न्यूजिल्याण्डसँग नेपाल भिड्दै

No comments
माघ १४ । बंगलादेशमा जारी यु–१९ विश्वकप क्रिकेट प्रतियोगितामा नेपालले आज न्यूजिल्याण्डसँग खेल्दैछ । नेपाल सन् २००६ मा न्यूजिल्याण्डलाई पराजित गर्दै प्लेट च्याम्पियन बनेको थियो ।
नेपालले विभिन्न संस्करणमा टेष्ट मान्यताप्राप्त टोलीहरु दक्षिण अफ्रिका, पाकिस्तान, बंगलादेश र जिम्बाबेलाईसमेत पराजित गरिसकेकालेआज पनि सोही लयलाई सम्हाल्दै विजयी सुरुवात गर्ने अपेक्षा गरिएको छ । नेपाल रहेको समूह डी मा न्यूजिल्याण्डसँगै भारत र आयरल्याण्ड छन् ।
यता प्रतियोगितामा आयोजक बंगलादेश र इङ्गल्याण्डले विजयी सुरुवात गरेका छन् । हिजो भएको उद्घाटन खेलमा बंगलादेशले दक्षिण अफ्रिकालाई ४३ रनले पराजित गरेको हो भने इङ्गल्याण्डले फिजीलाई २९९ रनको फराकिलो अन्तरले पराजित गर्यो। 

चैत ३ गते ‘हिमालयन रस ट्राइएथलन’

No comments

Jan 27, 2016

माघ १३।  साहसिक खेल पर्यटनका लागि नेपाल विश्वकै उत्कृष्ट गन्तव्य रहेको सन्देश दिन चैत ३ गते पोखरामा ‘हिमालयन रस ट्राइएथलन’ खेल प्रतियोगिता आयोजना गरिने भएको छ ।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो प्रतियोगितामा विश्वका विभिन्न राष्ट्र र नेपालबाटसमेत गरी १ सय २० बढी स्पर्धीले प्रतिस्पर्धा गर्ने जानकारी दिइयो ।
/>
प्रतियोगितामा पर्यटकीय नगरी पोखराको बेगनास तालमा पौडी प्रतियोगिता गरिनुका साथै पोखराकै विभिन्न स्थानमा साइक्लिङ तथा दौड प्रतियोगिता आयोजना गरिने छ ।

आयोजक हिमालयन रस टिम, फन्टास्टिक नेपाल होलिडेज्का अनुसार भूकम्पपछि नेपालको पर्यटन क्षेत्र र त्यसका पनि साहसिक खेल पर्यटनको क्षेत्र सुरक्षित रहेको सन्देश विश्वभर फैलाउन कार्यक्रम आयोजना गर्न लागिएको हो ।

आहा–रारा फुटबलको सेमिफाइनल समीकरण पूरा

No comments
माघ १३ । बंगलादेशको गजिरच्याट स्पोर्टिङ क्लबलाई ४–१ को फराकिलो अन्तरले पराजित गर्दै झापा–११ पोखरामा जारी १४औं आहा–रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

यससँगै प्रतियोगिताको सेमिफाइनलमा पुग्ने सबै चार टोलीको टुंगो लागेको छ ।

यसअभि भएका क्वार्टरफाइनलखेलहरुमा विजयी हुँदै आयोजक सहारा, मनाङ–मर्स्याङ्दी र त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा पुगिसकेका छन् ।

पोखरा रंगशालामा मंगलबार भएको अन्तिम क्वार्टरफाइनलमा कर्ण लिम्बुको २ गोलको मद्दतमा झापाले बंगलादेशको गजिरच्याट स्पोर्टिङ क्लबलाई ४–१ ले पराजित गरेको हो । झापाका लागि गणेश खड्का र नगेन्द्र लिम्बुले थप एक–एक गोल गरे ।

गजिरच्याट स्पोर्टिङ क्लबलाई सीधै प्रतियोगिताको क्वार्टरफाइनलमा स्थान दिइएकोे थियोे भने झापा–११ ले प्रिक्वार्टरफाइनलमा नेपाल पुलिस क्लबलाई हराएको थियो ।

झापाले अब सेमिफाइनलमा मनाङ–मर्स्याङ्दी क्लबको सामना गर्नेछ ।

एन्फासम्बन्धी प्रतिवेदन राखेपलाई पेश

No comments
माघ १३ । राष्ट्रिय खेलकुद परिषद (राखेप)ले अखिल नेपाल फुटबल संघ (एन्फा)का सम्बन्धमा छानबिन गर्न गठन गरेको समितिले राखेपलाई ७ बुँदे सुझावपत्र पेश गरेको छ ।

पछिल्लो समय ‘म्याच फिक्सिङ’, गणेश थापामाथि फिफाले गरेको प्रतिबन्धलगायतका घटनाहरु सार्वजानिक भएपछि राखेपले एन्फाका सम्बन्धमा अध्ययन गर्न ५ सदस्यीय छानबिन तथा सुझावसमिति गठन गरेको थियो ।

नेपाल सरकारका पूर्वसचिव प्रतापकुमार पाठकको संयोजकत्वमा गठन भएको छानबिन समितिले राखेपसमक्ष मंगलबार ७ बुँदे सुझावपत्र पेश गरेको हो ।

समितिले उपाध्यक्ष कर्माछिरिङ शेर्पालगायतका अन्य तीन पदाधिकारीहरुलाई निलम्बन गर्ने एन्फाको निर्णय विधिसम्मत् नभएको भन्दै उनीहरुलाई सो पदमा कायम राख्न राखेपलाई सुझाएको छ ।

साथै, साधारणसभाको निर्णय नभएसम्मका लागि एन्फाको कार्यकारी समितिलाई कुनैपनि नीतिगत तथा दीर्घकालीन असरपर्ने निर्णय नगर्न राखेपले निर्देशन दिनुपर्ने समितिको ठहर छ ।

यस्तै, फिफाको इथिक्स कमिटीले अध्यक्ष गणेश थापामाथि कारबाही गरेकाले अध्यक्ष पदलाई रिक्त गरी सो पदका लागि विधानसम्मत् निर्वाचन गराउनका लागि राखेपले पहल गर्नुपर्ने समितिको सुझाव छ ।

खेलकुद प्रेमीका लागि खुशीको खबर

No comments

Jan 25, 2016

माघ ११ समय–समयमा नयाँ एपहरु सार्वजनिक गर्दै आएको सामाजिक संंजाल फेसबुकले खेलखुद प्रेमीका लागि खेल स्टेडियम ल्याउने भएको छ । फेसबुक प्रयोग गर्ने ६ सय ५० मिलियन खेलकुद प्रेमीहरुलाई लक्षित गरेर यो नयाँ सुविधा ल्याइएको हो ।
कुनै खेलकुद प्रतियोगिता चलिरहेको समयमा आफ्ना साथीहरुसँग नभएपनि उनीहरु साथमै भएको महशुस गर्न सकिने छ । खेलकुदका सबै जानकारीहरु एकैपटक फेसबुकमा आउनेछन् र प्रयोगकर्ताले खेलको बारेमा छलफल गर्ने सक्नेछन् ।
कुन टिभी च्यानलमा खेल आउँछ भनेर पनि फेसबुक बाट नै जानकारी प्राप्त गर्न सकिन्छ। 

मनाङमर्स्याङ्दी सेमिफाइनलमा

No comments
माघ ११  । मनाङमर्स्याङ्दी क्लब पोखरामा जारी १४ औं आहा रारा गोल्डकपको सेमिफाईनलमा प्रवेश गरेको छ ।
पोखरा रंगशालामा आज भएको खेलमा इण्डियन आर्मी गोर्खा ब्रिगेड टिमलाई २—० ले पन्छाउँदै मनाङले अन्तिम चारको यात्रा तय गरेको हो । निर्धारित ९० मिनेट गोलरहित बराबरीमा सकिए पनि अतिरिक्त समयमा सम्हालिन नसक्दा पाहुनाटोली घर फर्किन बाध्य भयो । अतिरिक्त समयको पाँचौ मिनेटमै दोहोरो पहेलो कार्ड खाँदै प्रशान्त गुरुङ मैदानबाट बाहिरिएपछि गोर्खा ब्रिगेड १० खेलाडीमा सिमित भयो । अतिरिक्त समयको छैठौं मिनेटमा अमित तामाङले मनाङका लागि गोलको खाता खोले । लगत्तै १० औं मिनेटमा अर्को गोल गर्दै ओलावाले मनाङलाई सेमिफाईनल प्रवेश गराए ।
आहा रारा गोल्डकपको ईतिहासमा ८ पटक फाईनल पुगेको मनाङले दुई पटकमात्रै उपाधि जितेको छ ।
आजको विजेता मनाङले फाईनल प्रवेशका लागि माघ १४ गते झापा ११ र रहमदगञ्ज एमएफ सोसाईटी बंगलादेश बीचको विजेतासँग प्रतिश्पर्धा गर्नेछ ।
प्रतियोगिता अन्तर्गत भोलिको खेल त्रिभूवन आर्मी क्लब र थ्रिस्टार क्लब बीच हुनेछ । प्रतियोगिताको फाईनल खेल माघ १६ गते हुनेछ ।

दक्षिण एसियाली खेलकुदका स्वर्ण पदक विजेतालाई सम्मान

No comments
माघ ११ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक विजेता नेपाली खेलाडीलाई नगदसहित सम्मान गरेको छ ।
राखेपले आज राजधानीमा एक कार्यक्रम गरी अहिलेसम्म नेपालका लागि सागमा स्वर्ण पदक जितेका सबै १०३ खेलाडीलाई जनही २,५०० रुपैयाँसहित सम्मान गरेको हो ।
कार्यक्रममाराखेपका सदस्यसचिव केशव बिष्टले पुरस्कार राशी कम भए पनि देशका लागि योगदान गरेका खेलाडीलाई सम्मान गर्ने संस्कारको विकास गरिएको बताए । राखेपले यो महिनादेखि सागका स्वर्ण पदक बिजेता सम्पूर्ण नेपाली खेलाडीलाई मासिक २,५०० रुपैयाँ भत्ता दिने ब्यवस्था गरेको सदस्यसचिब बिष्टले जानकारी दिए ।
यसैबीच राखेपले यसपटकदेखि दक्षिण एसियाली खेलकुदमा ब्यक्तिगत स्पर्धातर्फ स्वर्ण पदक जित्ने नेपाली खेलाडीलाई ५ लाख, रजत जित्नेलाई ४ लाख र कास्य जित्नेलाई ३ लाख रुपैयाँ दिने घोषणा गरेको छ ।
राखेपले एसियाली खेलकुदमा स्वर्ण पदक जित्नसके २५ लाख, रजत जिते १५ लाख र कास्य बिजेतालाई १० लाख रुपैयाँ दिने घोषणा गरेको छ । यस्तै, ओलम्पिकमा स्वर्ण पदक जित्न सके १ करोड, रजत जिते ७५ लाख र कास्य पदक जिते ५० लाख दिने राखेपले घोषणा गरेको छ ।
सदस्यसचिव बिष्टले राखेपको बिधानमै पुरस्कारको राशी तोकिइसकेकाले नेतृत्व फेरिए पनि खेलाडीले पुरस्कार पाउने दाबी गरे । उनले सागमा स्वर्ण, रजत र कास्य पदक जित्ने खेलाडीलाई क्रमशः मासिक ५ हजार, ३ हजार र १५ सय भत्ता दिने पहल भइरहेको जानकारी दिए ।
यस्तै एसियन गेम्समा स्वर्ण, रजत र कास्य पदक जित्नेलाई १५ हजार, १० हजार र ५ हजार तथा ओलम्पिकमा स्वर्ण, रजत र कास्य पदक जित्न सके २५ हजार, १५ हजार र १० हजार मासिक भत्ता दिने पहल भइरहेको उनको भनाइ थियो ।

बंगबंधु विजेता खेलाडीलाई जनही ७ लाख

No comments

Jan 23, 2016

माघ ९। २३ वर्षपछि नेपाललाई अन्तराष्ट्रिय फुटबलको उपाधि दिलाउन सफल नेपाली टोलीका सदस्यहरुले जनही ७ लाख रुपैयाा पुरस्कार पाउने भएका छन् ।
अखिल नेपाल फुटबल संघ एन्फाले टीमका प्रत्येक सदस्यलाई जनही ५ लाख दिने घोषणा गरेको हो । यसैगरी राष्ट्रिय खेलकुद परिषदले च्याम्पियन टोलीका खेलाडीलाई जनही २ लाख दिने बताएको छ ।

नेपाली टोलीलाई प्रधानमन्त्रीले दिए बधाइ

No comments
माघ ८। प्रधानमन्त्री केपी शर्मा ओलीले बङ्गबन्धु गोल्डकपको उपाधि विजेता नेपाली टोलीलाई बधाइ दिएका छन् ।
नेपाली राष्ट्रिय टिमले ऐतिहासिक जीत हासिल गरेकोमा ओलीले खुशी व्यक्त गरेको उनको निजी सचिवालयले जनाएको छ ।
‘बहराइनको यू-२३ टिमलाई ३-० को जीत हासिल गरेर नेपाली टिमले सफलता हात पारेकोमा प्रधानमन्त्री ओलीले खेलाडीहरुलाई बधाइ ज्ञापन गर्नुभएको छ’ सचिवालयले जारी गरेको प्रेस नोटमा भनिएको छ- साथै खेल प्रशिक्षकलाई पनि धन्यवाद प्रकट गर्नुभएको छ ।’
प्रधानमन्त्री ओलीले खेलकुदको प्रवर्द्धनका लागि सदैव सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।

नेपालले २३ वर्षपछि जित्यो उपाधि

No comments
माघ ८ । नेपाली राष्ट्रिय फुटबल टिमले २३ वर्षपछि पहिलो औपचारिक उपाधि जितेको छ ।

बंगलादेशको ढाकामा शुक्रबार सम्पन्न बंगबन्धु गोल्डकप फुटबल प्रतियोगिताको उपाधिसँगै नेपालले सन् १९९३ पछि पहिलो औपचारिक उपाधि जितेको हो । फाइनलमा नेपालले बहराइनको यु–२३ टिमलाई ३–० ले पराजित गर्‍यो। नेपालको जितमा विमल घर्तीमगर, विशाल राई र नवयुग श्रेष्ठले एक–एक गोल गरे ।

खेलको ५औं मिनेटमै गोल गर्दै विमलले नेपाललाई सुरुआती अग्रता दिलाएका थिए । ८७औं मिनेटमा विशालले गोल गरे भने इन्जुरी समयको पहिलो मिनेटमा नवयुग श्रेष्ठले अर्को गोल थपे । नवयुगले माल्दिभ्सविरुद्धको सेमिफाइनल खेलमा ह्याट्रिक गरेका थिए । कुनैपनि औपचारिक प्रतियोगितामा १७ वर्षपछि फाइनल खेलेको नेपालले उपाधि जितेसँगै नेपाली फुटबलको हैसियत एक कदम माथि उठेको छ ।

नेपालले सेमिफाइनलमा माल्दिभ्सलाई ४–१ को फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा ठाउँ पक्का गरेको थियो । समूह चरणमा नेपालले मलेसियाको फेल्डा युनाइटेड र बंगलादेशसँग गोलरहित बराबरी खेलेको थियो भने श्रीलंकालाई १–० ले हराएको थियो ।

आसन्न दक्षिण एसियाली खेलकुद (साग)लाई लक्षित गर्दै युवा टोली लिएर बंगलादेश पुगेको नेपालले इतिहास रचेको हो ।

नेपाली फुटबलको इतिहासमा सन् १९८४ र सन् १९९३ को सागमा उपाधि जितेबाहेक नेपालले कुनै अन्तर्राष्ट्रिय उपाधि जितेको यो पहिलोपटक हो ।

विराट गोल्डकप फुटबल माघ २८ गतेदेखि

No comments

Jan 21, 2016

माघ ७ । चौथो विराट गोल्डकप फुटबल प्रतियोगिता माघ २८ गतेदेखि विराटनगरमा सन्चालन हुने भएको छ । पूर्वाञ्चलमै सबैभन्दा धेरै धनराशी भएको फुटबल प्रतियोगिता फागुन ८ गतेसम्म सन्चालन हुनेछ ।

प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी, थ्रीस्टार क्लब, झापा–११, मोरङ–११, भुटान–११, मनाङ–मर्स्याङ्दीक्लब सहभागी हुने जानकारी आयोजक समितिले बुधबार विराटनगरमा पत्रकार सम्मेलन गरी दिएको छ । त्यस्तै, भारतको जर्ज टेलीग्राफ, बंगबन्धु बंगलादेश र युनाइटेड सिक्किम फुटबलसहित १० टिम प्रतियोगितामा सहभागी हुनेछन् ।

विजेता टिमले ५ लाख एक हजार रुपैयाँ र उपविजेताले ३ लाख एक हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

सेरेना अस्ट्रेलियन ओपन टेनिसको दोस्रो चरणमा

No comments
माघ ७ । विश्व नम्बर एक सेरेना विलियम्स अस्ट्रेलियन ओपन टेनिसको दोस्रो चरणमा प्रवेश गरेकी छन् । बुधबार बिहान भएको खेलमा अमेरिकी सेरेनाले ताइवानकी सिह सु वेईलाई हराएर दोस्रो चरणमा प्रवेश गरेकी हुन् ।
सेरेनाले वेईलाई ६–१ र ६–२ को सोझो सेटमा हराएकी हुन् । यस्तै पुरुष एकलतर्फ विश्व नम्बर दुई रोजरफेडेरर पनि दोस्रो चरणमा प्रवेश गरेका छन् ।
फेडेररले अलेक्जेन्डर डोल्गोपोलोभलाई ६–३, ७–५ र ६–१ को सेटमा हराएर दोस्रो चरणमा प्रवेश गरेका हुन् । फेडेररले पछिल्लो पटक सन् २०१० मा अस्ट्रेलियन ओपनको उपाधि जितेका थिए ।

गोर्खा बिग्रेड क्वार्टरफाइनलमा, सशस्त्र प्रहरी पहिलो खेलमै स्तव्ध

No comments
माघ ७  । भारतको गोर्खा ब्रिगेड पोखरामा जारी १४औं आहा–रारा गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ ।

बुधबार भएको खेलमा सशस्त्र प्रहरीको टिममाथि २–१ को जित हासिल गर्दै गोर्खा ब्रिगेड अन्तिम आठमा पुगेको हो । गोर्खा ब्रिगेडका लागि विक्रम राई र अजय तामाङले गोल गरे ।

नियमितचार खेलाडी खेलाडीहरु बंगलादेशमा जारी बंगबन्धु गोल्डकपका लागि रहेका बेला सम्हालिन नसकेको सशस्त्रका प्रविन स्याङ्तानले सान्त्वना गोल फर्काए ।

यो हारले सशस्त्र प्रहरीलाई भने पहिलो खेलमै झड्का लागेको छ ।

उद्घाटन खेलमा सिमराको नव जनजागृति युवा क्लबलाई ३–० ले हराएर आयोजक सहारा क्लब क्वार्टरफाइनलमा पुगिसकेको छ ।

जारी संस्करणमा तीन विदेशीसहित १२ टोली सहभागी छन् । 

आर्मीलाई हराउँदै हिमालयनले चुम्यो उपाधि

No comments
माघ ७  । पहिलो राष्ट्रिय अन्तरक्लब युवा क्रिकेट च्याम्पियनसिपको उपाधि हिमालयन क्रिकेट एकेडेमीले जितेको छ ।

बुधबार राजधानीको कीर्तिपुर मैदानमा भएको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ४० रनले हराउँदै हिमालयनले उपाधि जितेको हो । खेलमा पहिले ब्याटिङ गरेको हिमालयनले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ४० रन बनायो । भुपेन्द्रथापाले सर्वाधिक ३० रन जोडे । जवाफमा आर्मीले १७ ओभर ४ बल क्रिजमा टिकेर सय रनमात्र जोड्न सक्यो । कसिलो बलिङ गर्नेक्रममा हिमालयनका ललित भण्डारीले ३ विकेट लिए ।
खेलमा १० बलमा २१ रनका साथै एक विकेट लिन सफल हिमालयनका अमर सिंह राउटेला ‘म्यान अफ द फाइनल’ घोषित भए । 
उपाधिसँगै हिमालयन एकेडेमीले एक लाख एक हजार ११ रुपैयाँ जित्दा उपविजेता आर्मीले ५० हजार रुपैयाँमा चित्त बुझाएको छ । हिमालयनका भुपेन्द्र थापा उत्कृष्ट ब्याट्सम्यान घोषित हुँदा उत्कृष्ट बलरको उपाधि हिमालयनकै भुवन कार्कीले जिते ।
त्यस्तै, प्रतियोगितामा १ सय १५ रन बनाउनुकासाथै ६ विकेट लिन सफल आर्मीका शरद भेषावकर ‘प्लेयर अफ द सिरिज’ बने । एमाले निकट युवा संघ नेपालको आयोजनामा भएको प्रतियोगिताका विजेतालाई उपप्रधान एवं रक्षामन्त्री तथा एमाले उपाध्यक्ष भीम रावलले पुरस्कृत गरे । 

आज बंगलादेश जाँदै यू-१९ टोली

No comments

Jan 20, 2016

माघ ६। दोस्रो चरणसम्म पुग्ने लक्ष्यका साथ विश्वकप क्रिकेट खेल्न नेपाली टोली भोली बंगलादेशतर्फ प्रस्थान गर्दैछ । नेपालको युवा क्रिकेट टोलीले विश्वकपमा भाग लिन लागेको यो साताैं पटक हो ।
यू-१९ विश्वकप क्रिकेटमा पटक-पटक शक्तिशाली टिमहरुलाई हराएर सनसनी मच्चाएको गौरवपूर्ण इतिहास नेपालसित छ । के यो टिमले त्यस्तो इतिहास दोहोर्‍याउने आशा गर्न सकिन्छ त ? टिमका कप्तान तथा कोचले एक स्वरमा टोलीमा त्यस्तो क्षमता रहेको दावी गरेका छन् ।
आउँदो ८ माघदेखि बंगलादेशमा हुने विश्वकपमा टेस्ट मान्यताप्राप्त ९ सहित १६ राष्ट्र समावेश छन् । नेपालको समूहमा रहेको शक्तिशाली अष्ट्रेलियाले अन्तिम समयमा सुरक्षाको कारण देखाउँदै सहभागिता रद्द गरेको थियो । अब नेपालको समूहमा भारत, न्यूजिल्याण्ड र आयरल्याण्ड रहेका छन् । नेपालले समूह चरण पार गर्नका लागि दुई टिमलाई हराउनुपर्ने हुन्छ ।
प्रशिक्षक जगत टमाटा र कप्तान राजु रिजालको लक्ष्य छ, भारत र न्यूजिल्याण्डमध्ये कम्तिमा एउटा टोलीलाई स्तब्ध बनाउने । छनोट प्रतियोगिताको फाइनलमा आयरल्यान्डलाई ३ विकेटले हराएर नेपाल विश्वकपका लागि छानिएको थियो । त्यसैले विश्वकपमा पनि आयरल्याण्डविरुद्ध नेपालको उच्च आत्मविश्वास रहने छ ।
न्यूजिल्याण्डलाई सन् २००६ मा अयोजित यू-१९ विश्वकपको प्लेट च्याम्पियनसिपतर्फ फाइनलमा नेपालले पराजित गरेको थियो । उक्त स्मरण पनि टोलीको हौसला बढाउनलाई काम लाग्ने अपेक्षा गरिएको छ । भारतसित भने नेपालले अहिलेसम्म कुनै पनि उमेर समूहको क्रिकेटमा जित हासिल गर्न सकेको छैन ।
प्रशिक्षक टमाटाले बंगलादेशको पीच नेपाली खेलाडीहरुका लागि बढि अनुकल रहेको दाबी गरेका छन् । उनी भन्छन्, ‘सामान्यतया सवकन्टिनेन्ट पिचहरु अलिकति स्लो र स्पिनरलाई मद्दत गर्ने हुन्छन् । यसले फास्ट बलरलाई खासै हेल्प गर्दैन ।’ उनले न्यूजिल्याण्डको टिम स्पिनिङ पिचमा खासै अभ्यस्त नभएकाले त्यसको फाइदा नेपालले उठाउन सक्ने आँकलन गरे ।
कप्तान रिजालले पनि न्यूजिल्याण्ड र भारतमध्ये एउटालाई हराएर समुह चरण पार गर्ने लक्ष्य लिएको बताए ।
सन्तुलित टिम
प्रशिक्षक टमाटा र कप्तान रिजाल दुवैले नेपालको युवा टोलीमा बलिङ र ब्याटिङको सन्तुलन राम्रो रहेको बताए ।
विकेटलाई मध्यनजर गर्दै चार जना स्पिनर टोलीमा समावेश गरिएको छ र, नेपालले बलिङतर्फ फास्ट बलरभन्दा स्पिनरबाट बढि आशा राखेको छ
१४ सदस्यीय टोलीमा अधिकांश अलराउण्डर छन्, जसले बलिङ र ब्याटिङ दुवैमा योगदान दिन सक्छन् । अलराउण्डरको वर्चश्व हुनु नै नेपाली टोलीको सबैभन्दा मजबुत पक्ष रहेको बताउछन् कप्तान राजु रिजाल । उनी आफैं एक अलराउण्डर हुन्, जो मध्यक्रममा ब्याटिङ गर्नुका साथै विकेटकिपरको भूमिका निर्वाह गर्छन् ।
नेपाली टोलीमा आरिफ शेख सबैभन्दा अनुभवी हुन् । नेपालको सिनियर राष्ट्रिय टोलीबाट समेत थुप्रै पटक प्रतिनिधित्व गरिसकेका आरिफको ब्याटिङ नेपालका लागि महत्वपूर्ण हुने मानिएको छ । आरिफबाहेक ओपनर सुनील धमला, दिपेन्द्र ऐरी र कप्तान रिजालमाथि नेपालको ब्याटिङ निर्भर रहने छ ।
विकेटलाई मध्यनजर गर्दै चार जना स्पिनर टोलीमा समावेश गरिएको छ र, नेपालले बलिङतर्फ फास्ट बलरभन्दा स्पिनरबाट बढि आशा राखेको छ । फास्ट बलरहरुसित स्पिड नभए पनि स्वीङ र भेरियसन राम्रो भएको प्रशिक्षक टमाटाले बताए । ‘नेपालको बलिङ स्पिनमा बढि निर्भर छ, तर यसको अर्थ फास्ट बलिङ कमजोर छ भन्ने होइन,’ उनले भने ।
मध्यक्रमका अनुभवी ब्याट्सम्यान सौरभ खनाल चोटका कारण विश्वकपबाट बाहिर रहनुले भने नेपाली टोलीलाई धक्का पुगेको छ । यसअघि पनि विश्वकप खेलिसकेका सौरभ विष्फोटक ब्याटिङका लागि चिनिन्थे । उनको स्थानमा कुशल भुर्तेललाई ल्याइएको छ । प्रशिक्षक टमाटाले सौरभको अनुपस्थितिले टिममा प्रभाव परे पनि कुशलले त्यसलाई केहि हदसम्म पूर्ति गर्ने बताए ।
कस्तो छ तयारी ?
पाँच महिनादेखि निरन्तर अभ्यासमा रहेका नेपाली टोलीको तयारी राम्रो रहेको प्रशिक्षक टमाटाको भनाइ छ । विश्वकप छनोट प्रतियोगितायता खेलाडीहरुलाई बन्द प्रशिक्षणमा राखिएको थियो ।
टोलीले हालै मात्र अफगानिस्तानको टोलीसित दुईवटा अभ्यास म्याच खेल्योे । बलिया टोलीसित दुवै म्याचमा पराजित भए पनि अनुभवका हिसाबले नेपाललाई फाइदा भएको टमाटा बताउँछन् ।
पहिले ब्याटिङ गर्दा २ सय देखि २५० सम्मको स्कोर जोड्ने तथा पहिले बलिङ गर्दा विपक्षी टोलीलाई २ सय रनभित्र समेट्ने रणनीति नेपालको छ । कप्तान रिजाल भन्छन्-‘पहिले बलिङ गर्दा २ सय रनभित्रै विपक्षीलाई अलआउट गर्न सक्यौं भने हामी चेज गर्नसक्छौं । पहिले ब्याटिङ गर्दा दुई सयभन्दा माथि बनायौ भने त्यसलाई रक्षा गर्न सक्छौं ।’
बन्ला त इतिहास ?
समूह चरण पार गर्न नसक्ने टिमले प्लेट च्याम्पियनसिपतर्फ प्रतिस्पर्धा गर्न पाउँछन् । नेपाल एक पटक प्लेट च्याम्पियन र एक पटक उपविजेता भएको इतिहास छ
सन् २००० मा पहिलोपटक विश्वकपमा स्थान बनाएको नेपालले २०१० र २०१४ बाहेक सबै विश्वकप खेलेको छ ।
सात पटकको सहभागीतामा नेपालले अहिलेसम्म यू-१९ विश्वकपको समूह चरण पार गर्न सकेको छैन । यसपटक यो सफलता हासिल गरेमा नेपालले नयाँ इतिहास बनाउने छ ।
समूह चरण पार गर्न नसक्ने टिमले प्लेट च्याम्पियनसिपतर्फ प्रतिस्पर्धा गर्न पाउँछन् । नेपाल एक पटक प्लेट च्याम्पियन र एक पटक उपविजेता भएको इतिहास छ ।
नेपालबाहेक अरु टेस्ट नखेल्ने राष्ट्रले अहिलेसम्म प्लेट च्याम्पियनसिप जितेका छैनन् । यू-१९ विश्वकपको उपाधि अहिलेसम्म भारत र अष्ट्रेलियाले ३-३ पटक जितेका छन् । यस्ते पाकिस्तानले २ पटक जितेको छ भने दक्षिण अफ्रीका  र इंग्ल्याण्डले एक-एक पटक जितेका छन् ।

सहाराको विजयी सुरुआत

No comments
माघ ६  । आयोजक सहारा क्लबले आहा–रारा गोल्डकप फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ ।

मंगलबार पोखरा रंगशालामा भएको १४औं संस्करणको प्रतियोगिताको उद्घाटन खेलमा सहाराले सिमराको नवजनजागृति युवा क्लबलाई ३–० ले हरायो ।

सहारालाई जिताउनेक्रममा एल्भेस, गाइ र कमल थापाले गोल गरे ।

प्रतियोगिताको अघिल्लो संस्करणमा नवजनजागृतिसँगै पराजितभएपछि सहारा पहिलो खेलबाटै बाहिरिएको थियो ।

जितसँगै सहाराले क्वार्टरफाइनलमा युनाइटेड सिक्किम फुटबल क्लब भारतसँग खेल्नेछ ।

प्रतियोगिताको यो संस्करणमा तीन विदेशीसहित १२ टोली सहभागी छन् । 

योपटक प्रतियोगिताको विजेताले ५ लाख १ हजार तथा उपविजेताले २ लाख ५१ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । 

नेपाल शानदार जितसँगै फाइनलमा

No comments
माघ ६  । नेपाल बंगलादेशमा जारी बंगबन्धु गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।

मंगलबार भएको सेमिफाइनलमा माल्दिभ्सलाई ४–१ को फराकिलो अन्तरले पराजित गर्दै नेपालले पहिलोपटक बंगबन्धु गोल्डकपको फाइनलमा ठाउँ बनाएको हो ।

नेपाललाई जिताउनेक्रममा नवयुग श्रेष्ठले ह्याट्रिक गरे । यो बंगबन्धुगोल्डकपको जारी श्रृंखलाको पहिलो ह्याट्रिक हो ।

नवयुगले खेलको ३१औं, ६२ औं र इन्जुरी समयको पहिलो मिनेटमा गोल गरेका हुन् ।

त्यस्तै, नेपालको तर्फबाट ५२औं मिनेटमा विशाल राईले गोल गरेका थिए ।

७६औं मिनेटमा भने नेपालले गोल खायो । माल्दिभ्सका नासिद अहमदले एक गोल फर्काएका हुन् ।

नेपाली गोलकिपर विकेश कुथुले तीन सय ४५ मिनेटको खेलपछि गोल खाएका हुन् ।

नेपालले समूह चरणमा बंगलादेश र मलेसियाको फेल्डा युनाइटेड क्लबसँग गोलरहित बराबरी खेल्दा श्रीलंकालाई १–० ले हराएको थियो ।

नेपालले उपधिका लागि फाइनलमा शुक्रबार बहराइनको टिमसँग खेल्नेछ ।

सेमिफाइनलमा आयोजक बंगलादेशलाई १–० ले हराउँदै बहराइन फाइनलमा पुगेको हो । दुबै टिम बंगबन्धु गोल्डकपमा पहिलोपटक फाइनलमा पुगेका हुन् । 

आहा रारा गोल्डकप आजदेखि सुरु, विदेशीसहित १२ टोली सहभागी

No comments

Jan 19, 2016

माघ ५ । आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको १४ औं सस्करण पोखरामा मंगलबार(आज)देखि सुरु हुँदैछ । सहारा क्लब पोखराले आयोजना गर्दै आएको प्रतियोगिताको यो संस्करणमा तीन विदेशीसहित १२ टोली सहभागि छन् ।
प्रतियोगिताको उद्घाटन खेलमा आज आयोजक सहारा क्लबले सिमराको नज जनजागृती युवा क्लबको सामना गर्नेछ । प्रतियोगिताकोअघिल्लो संस्करणमा यही प्रतिद्वन्द्वीसँग पराजित भएपछि पहिलो खेलबाटै बाहिरिएको सहारा क्लब आज सोही हारको बदला लिने सुरमा छ ।
उता नव जनजागृति क्लब पनि अघिल्लो वर्ष झैं यसपटक पनि आयोजकलाई पहिलो खेलमै निराश पार्न चाहन्छ । आजको खेल विजेताले क्वाटरफाइनलमा युनाईटेड सिक्किम फुटबल क्लब भारतको सामना गर्नेछ । यसपटकदेखि प्रतियोगिताको विजेताले ५ लाख १ हजार तथा उपविजेताले २ लाख ५१ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

आज नेपालले माल्दिभ्सको सामना गर्दै

No comments

माघ ५ । बंगलादेशमा जारी बंगबन्धु गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा आज(मंगलबार) नेपालले माल्दिभ्सको सामना गर्नेछ । प्रतियोगिताको समूह ‘ए’ को उप–विजेताका रूपमा नेपालले समूह ‘बी’ को विजेता माल्दिभ्सलाई प्रतिद्वन्द्वी पाएको हो ।
नेपालले समूह चरणमा बंगलादेश र मलेसियाको फेल्डायुनाइटेड क्लवसँग गोलरहित बराबरी खेल्दा श्रीलंकालाई १–० ले हराएको थियो । यो जितले नेपालले लगातार १२ खेलमा जित आत्मसात् गर्न नसकेको खाडललाई तोडेको थियो ।
आजको सेमिफाईनल खेलपुर्व नेपाली टोलीका प्रशिक्षक बालगोपाल महर्जनले नेपालले माल्दिभ्सविरुद्ध उत्कृष्ट प्रदर्शन गर्ने बताएका छन् ।
उनले यसअघिका खेलमा नेपालको फिनिसिङ लाइन मजबुद हुन नसकेको भन्दै माल्दिभ्स विरुद्धको खेलमा टिमले कुनै गल्ती नदोहोर्‍याउने प्रतिबद्धता जनाए ।
आजको खेल विजेताले उपाधिका लागि बहराइनको २३ वर्ष मुनीको टिमसंग खेल्नेछ । बहराइनले हिजो भएको पहिलो सेमिफाइनलमा आयोजक बंगलादेशलाई १–० ले स्तब्ध पार्दै फाइनलमा ठाउँ पक्का गरेको हो ।

प्रजापति नेपाल खेलकुद पत्रकारिता पुरस्कार बाँस्कोटालाई

No comments
माघ ५ । स्वर्गिय प्रजापति नेपाल खेलकुद पत्रकारिता पुरस्कार’ पाँचथरका पत्रकार भीम बाँस्कोटालाई प्रदान गरिएको छ ।
खेलकुद क्षेत्रमा पुरयाएको योगदानको प्रशंसा गर्दे बाँस्कोटालाई उक्त पुरस्कार शनिबार आयोजित एक कार्यक्रमका वीच प्रदान गरिएको नेपाल पत्रकार महासंघ शाखा पाँचथर अध्यक्ष लवदेव ढुंगानाले वताए । उक्तपुरस्कारको राशी १० हजार रुपैया रहेको छ ।
व्यवसायी हरिप्रसाद नेपालले आफ्ना दिवंगत पिता प्रजापति नेपालको स्मृतिमा स्थापना गरेको उक्त पुरस्कारको राशी १० हजार रुपैँया रहेको छ । दिवंगत पिता प्रजापति नेपालको नाम्मा १ लाख रुपैया रकम अक्षय कोषको रुपमा स्थापना गरिएको स्वर्गिय प्रजापतिका नाती दिपक नेपालले जानकारी दिए ।
गत वर्ष देखि फाल्गुनन्द गोल्डकप फुटवल प्रतियोगिताको सर्वोधिक समाचार सम्प्रेषण गरी सहयोग पुरयाउने विधुतिय संचारमाध्यम र छापा माध्यममा काम गर्ने २ जना पत्रकारलाई १०/१० हजार रुपैया रकम दिइने वताएपनि यसपाली भने आयोजक फिदिम स्पोटिङ क्लवले उक्त पुरुस्कार प्रदान गरेन् ।
गत वर्ष भने रासस तथा इमेज च्यानलका पाँचथर संवाददाता जितेन्द्र भण्डारी र नागरिककर्मी गिरीराज वास्कोटलाई उक्त पुरस्कारको राशी प्रदान गरेको थियो ।

यु-१९ विश्वकप क्रिकेट टोली सम्मानित

No comments

Jan 18, 2016

माघ ४।  आइसीसी यू-१९ विश्वकप क्रिकेट खेल्न जान लागेको नेपाली टोलीको विदाई तथा सम्मान गरिएको छ । वैशाख १२ को ठुलो भुकम्पपछि विभिन्न समस्यामा परेकाहरुलाई स्थापित गर्ने उद्देश्यले स्थापना गरिएको वि विल राइज फाउन्डेसनले खेलाडीहरुलाई सम्मान गरेको हो ।
नेपालले अक्टोबरमा मलेसियामा भएको आईसीसी यू-१९ विश्वकप छनोट जितेको थियो । त्यो संगै नेपाल सातौं पटक आईसीसी यू-१९ विश्वकपमा छनोट भएको थियो ।
छनोट प्रतियोगिता जितेको र विश्वकप खेल्न जान लागेको नेपाली टोलीलाई वि विल राइज फाउन्डेसनले नगद सम्मानसहित विदाई गरेको हो ।
१७ खेलाडी तथा ६ अफिसियललाई जनही १० हजार सहित आइतबार आयोजित प्रतियोगितामा सम्मान गरिएको थियो । सम्मानित हुनेमा खेलाडीतर्फ कप्तान राजु रिजाल, उपकप्तान आरिफ शेख, सुनिल धमला, सन्दिप सुनार, शंकर राना, योगेन्द्र कार्की, राजवीर सिंह, दीपेन्द्र ऐरी, सौरभ खनाल, प्रेम तामाङ, सुशील कँडेल, ललितनारायण राजवंशी, दीपेश श्रेष्ठ, कुशल भुर्तेल, सन्दिप लामिछाने, इशान पाण्डे, हिमांशु दत्त छन् ।
त्यस्तै अफिसियलमा प्रशिक्षक जगत टमाटा, सहयाक प्रशिक्षक विनोद दास, कम्पयुटर एनालिस्ट, फिजियो दिनेश भट्ट तथा व्यवस्थापकमा धीरेन्द्र साउद र सुदिप शर्मा छन् ।
देश अप्ठयारो परिस्थितिमा रहेको समयमा पनि यू-१९ क्रिकेटले प्रेरणादिने कार्य गरेकाले सम्मान गरिएको वि विल फाउन्डेसनका निर्देशक सुवाष ढकालले जनाए ।

लास पालमसको पोष्टमा एथ्लेटिको मड्रिडको ३ गोल

No comments
माघ ४ । स्पेनिस ला लिगा फुटबलअन्तर्गत आइतबार राति भएको खेलमा शीर्ष स्थानको एथ्लेटिको मड्रिड विजयी भएको छ ।
एथ्लेटिको मड्रिडले लास पालमसलाई ३–० ले हराएको हो । खेलको १७ औं मिनेटमा फिलिपे लुइसले गोल गर्दै एथ्लेटिकोलाई सुरुआती अग्रता दिलाए ।
दोस्रो हाफको ६८ र ८९ औंमिनेटमा एन्टोन ग्रिजम्यानले दुई गोल गरेपछि एथ्लेटिकोले पराकिलो जित निकालेको हो । जितपछि शीर्ष स्थानको एथ्लेटिको मड्रिडको २० खेलबाट ४७ अंक भएको छ । समान खेलबाट १९ अंक जोडेको लास पालमस १६ औं स्थानमा छ ।
आइतबार राति नै भएका अन्य खेलमा गेटाफेले स्पानियोललाई ३–१ ले हरायो भने भ्यालेन्सिया र रायोभालेकानोले २–२ को बराबरी खेलेका छन् ।

रुनीको गोलले म्यानचेस्टर युनाईटेड विजयी

No comments
माघ ४ । इङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले लिभरपुललाई पराजित गरेको छ ।
आइतबार राति लिभरपुलको मैदान एन्फिल्डमा भएको खेलमा पाहुना टोली म्यानचेस्टर युनाईटेड १–० ले विजयी भयो । खेलमा म्यानचेस्टर युनाईटेडका लागि वायन रुनीले निर्णायक गोल गरे ।
आइतबारराति भएको अर्को खेलमा आर्सनललाई स्टोक सिटीले गोलरहित बराबरीमा रोकेको छ । स्टोकको मैदानमा भएको खेल बराबरीमा सकिएपछि आर्सनलले अंक तालिकामा अग्रता लिने अवसर गुमाएको छ ।
अंक तालिकामा २२ खेलबाट ४४ अंक जोडेको आर्सनल शीर्ष स्थानमा छ । समान ४४ अंक जोडेको लेष्टर सिटी गोल अन्तरका आधारमा दोस्रो स्थानमा झरेको छ । तेस्रो स्थानको म्यानचेस्टर सिटीको ४३ अंक छ भने ३९ अंकको साथ टोटनह्याम चौथो स्थानमा छ ।
आइतबार रातिको जितपछि २२ खेलबाट ३७ अंक जोडेको म्यानचेस्टर युनाईटेड भने पाँचौ स्थानमा उक्लिएको छ । इङ्लिस प्रिमियर लिग फुटबलमा सोमबार राति स्वान्सी सिटी र वाट्फोर्ड भिड्नेछन् ।

आहा रारा गोल्डकप फुटवलको तयारी पूरा

No comments
माघ ४। पोखरामा मंगलबारदेखि शुरु हुने १४ औं आहा रारा गोल्डकप फुटवलको तयारी पूरा भएको आयोजकले जनाएका छन् । आयोजक सहारा क्लवले आज पोखरामा पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारीबारे जानकारी दिएको हो ।
गोल्डकपका विजेताले पाँच लाख एक हजार नगदसहित शिल्ड प्राप्त गर्नेछन् । त्यस्तै उपविजेताले दुई लाख ५१ हजार रुपैयाँप्राप्त गर्नेछन् । प्रतियोगिताका सर्वोकृष्ट खेलाडीलाई एउटा हिरो स्कुटर प्रदान गरिने छ । प्रतियोगितामा नेपालका ए डिभिजन क्लबहरु, आयोजक सहारा क्लव र तीन विदेशी टोलीसहित १२ टिमको सहभागिता रहने प्रतियोगिताका संयोजक केशव बहादुर थापाले बताए ।
प्रतियोगितामा विभागीय टिमहरु नेपाल आर्मी, सशस्त्र प्रहरी, नेपाल पुलिस क्लब सहभागी हुनेछन् । यस्तै थ्रिस्टार, मनाङ मर्स्याङदी, जावलाखेल युथ, झापा ११, नवजनजागृति युवा क्लब सिमरा र आयोजक सहारा क्लब पनि सहभागी हुनेछन् । यस्तै ईण्डियन आर्मी गोर्खा ब्रिगेड, युनाईटेड सिक्किम एफसी र रहमदगञ्ज एमएफ सोसाईटी बंगलादेश पनि प्रतियोगितामा सहभागी हुनेछन् । प्रतियोगिता सम्पन्न गर्न ७९ लाख ६२ हजार खर्च लाग्ने अनुमान आयोजकले गरेका छन् भने ९९ लाख ९२ हजार आम्दानीको अपेक्षा गरिएको छ ।
प्रतियोगिता माघ १६ गतेसम्म चल्ने छ । आहा रारा गोल्डकप हेर्न जाने एकजना दर्शकले एक तोला सुन प्राप्त गर्नेछन् । प्रतियोगिता अबधि भर काटिएको टिकट मध्ये गोला प्रथाबाट एकजना भाग्यमानी दर्शक छनौट गर्ने जनाइएको छ ।

डेनेब बास्केटबल आइतबारदेखि

No comments

Jan 15, 2016

माघ १।  डेनेब एकेडेमीको आयोजनामा छैटौं डेनेब अन्तरविद्यालय बास्केटबल प्रतियोगिता आइतबारदेखि हुने भएको छ ।प्रतियोगितामा सिनियर ब्वाइज र गल्र्स तथा जुनियर ब्वाइजमा गरी जम्मा ३८ टिमको सहभागिता रहने डेनेबका खेलकुद संयोजक विकास बोटेले जनाएका छन् । सिनियर ब्वाइजमा १६, सिनियर गल्र्समा १० तथा जुनियर ब्वाइजमा १२ टिमले प्रतिस्पर्धा गर्नेछन् ।

फुटसल अनिश्चितकालका लागि बन्द

No comments
माघ १। जथाभावी शुल्क लिने तथा हो–हल्ला बढी हुनेजस्ता कारण देखाउँदै अभिभावक तथा छरछिमेकीले उजुरी गरेपछि प्रहरीले काठमाडौंमा खुलेका फुटसल कोर्ट सन्चालनमा प्रतिबन्ध लगाएको छ ।

पछिल्लो समय युवामाझ निकै लोकप्रिय रहेको फुटसलका कारण फुटसलमा जुवा बढेको, लागुऔषध प्रयोगस्थल बनेको तथा स्कुल–कलेजका विद्यार्थी पढाइ छाडेर त्यतातिरलागेको भन्दै उजुरी आउन थालेपछि प्रहरीले कोर्ट सन्चालनमा प्रतिबन्ध लगाएको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता विश्वराज पोखरेलले विभिन्न गुनासाका उजुरी आउन थालेपछि फुटसल कोर्ट अनिश्चितकालका लागि बन्द गरिएको बताए ।

काठमाडौं उपत्यकामा ७० भन्दा बढी फुटसल कोर्ट सन्चालनमा रहेको बताइएको छ । रासस

बार्सिलोना कोपा डेल रे को क्वाटर फाइनलमा

No comments
माघ १।  साविक बिजेता बार्सिलोना स्पेनको घरेलु फुटबल प्रतियोगिता कोपा डेल रे को क्वाटर फाइनलमा प्रबेश गरेको छ ।
इस्पानुयललाई समग्रमा ६–१ गोल अन्तरले पराजित गर्दै बार्सिलोनाले अन्तिम ८ मा स्थान बनाएको हो । बिहीबार बिहान सम्पन्न दोस्रो लेगको खेलमा बार्सिलोनाले इस्पानुयललाई २–० गोल अन्तरले पराजितगरेको हो ।
इस्पानुयलको मैदानमा सम्पन्न खेलमा बार्सिलोनालाइ बिजयी गराउन दुबै गोल दुई खेलको प्रतिबन्धमा परेका लुइस सुवारेजको स्थानमा मैदान उत्रिएका मुनिर एल हदादीले गरे । यसअघि घरेलु मैदानमा भएको पहिलो लेगको खेलमा बार्सिलोना ४–१ गोल अन्तरले बिजयी भएको थियो ।

फिदिम स्पोर्टिङ फाल्गुनन्द गोल्डकपको फाइनलमा

No comments
माघ १। डिफेन्डिङ च्याम्पियन फिदिम स्पोर्टिङ क्लब पाँचथरको फिदिममा जारी पूर्वाञ्चलस्तरीय फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

विहीबार भएको अन्तिम सेमिफाइनल खेलमा ब्वाइज युनाइटेड काठमाडौंलाई १–० ले पराजित गर्दै फिदिमले फाइनलमा स्थानमा सुरक्षित गरेको हो ।

फिदिमलाई जिताउन खेलको ५५औं मिनेटमाधिरज तामाङले गरेको गोल नै निर्णायक बन्यो । योसँगै फिदिमले फाइनलमा केएसएस ताप्लेजुङसँग उपाधि भिडन्त पक्का गरेको छ ।
प्रतियोगिताको फाइनल माघ ३ गते हुनेछ ।

प्रतियोगिताको विजेताले १ लाख ११ हजार १ सय ११ रुपैयाँ र उपविजेताले ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

मेस्सी पाँचौ पटक फिफा वर्ष खेलाडी घोषित

No comments

Jan 12, 2016

पुस २८ । स्पेनिस फुटबल क्लब बार्सिलोनाका अर्जेन्टाईनी खेलाडी लियोनल मेस्सीले यस वर्षको फिफा बलुन डे ओर अर्थात वर्ष खेलाडीको उपाधि जितेका छन् ।
विश्व फुटबलको सर्बोच्च निकाय फिफाले सन् २०१५ को सर्बोत्कृष्ट फुटबलरलाई सोमबार राति बलुन डे ओर पुरस्कारबाट सम्मानित गरेको हो ।
अन्तिमचरणमा मनोनयनमा परेका रियल मड्रिडका पोर्चुगिज खेलाडी क्रिश्चियानो रोनाल्डो र बार्सिलोनाकै ब्राजिलियन खेलाडी नेईमारलाई उछिन्दै मेस्सी पाँचौं पटक वर्ष खेलाडी बनेका हुन् ।
मेस्सीले कुल मतको ४१ प्रतिशतभन्दा बढी मत प्राप्त गरे भने रोनाल्डोले २८ प्रतिशत तथा नेईमारले ७ प्रतिशत मत प्राप्त गरे ।
सन् २०१४ को नोभेम्बर २१ देखी २०१५ को नोभेम्बर २० सम्मका खेलहरुमा गरेको प्रदर्शन र फिफामा आबद्ध देशका राष्ट्रिय टोलीका कप्तान, मूख्य प्रशिक्षक र पत्रकारहरुको मतका आधारमा बर्षको सर्बोत्कृष्ट फुटबलर चुनिएको हो ।
गत सिजनमा बार्सिलोनालाई च्याम्पियन्स लिग, स्पेनिस लिग र स्पेनिस किङ्स कप सहित कुल ५ उपाधी दिलाउन महत्वपुर्ण भुमिका खेलेका मेस्सीले वर्षभरी खेलेका ६१ खेलमा ५२ गोल गरेका थिए ।
मेस्सीले कीर्तिमानी पाँचौं पटक बलुन डे ओरको उपाधि जित्दा रोनाल्डो भने फेरी एकपटक निराश भएका छन् । यी दुई खेलाडीले ८ पटक उपाधि जितिसकेका छन् । मेस्सीलाई पछ्याउँदै रोनाल्डो तीन पटक फिफा वर्ष खेलाडी बनेका छन् ।
यसपटक महिला खेलाडीतर्फ अमेरिकाकी कार्ली लोएड उत्कृष्ट ठहरिइन । उनले महिला विश्वकप फुटबलको फाइनलमा जापान विरुद्ध ह्याट्रिक गरेकी थिइन ।

ताप्लेजुङ सेमिफाइनलमा

No comments
पुस २८  । पाँचथरको फिदिममा जारी पूर्वाञ्चलस्तरीय वाइवाइ सातौं फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगितामा केएसएस ताप्लेजुङ सेमिफाइनलमा प्रवेश गरेको छ ।

सोमबार भएको खेलमा विर्तामोड युनाइटेड झापा–११ लाई २–१ गोलले पराजित गर्दे ताप्लेजुङले सेमिफाइनलको यात्रा तय गरेको हो ।

पहिलो चरणको अन्तिम खेलमा मंगलबार ब्वाइज युनाइटेडकाठमाडौं र सशस्त्र प्रहरी बल (एपीएफ) पूर्वाञ्चलबीच प्रतिस्पर्धा हुनेछ ।

नेपाल र भारतका गरी ८ टिम सहभागी प्रतियोगिताको विजेताले १ लाख ११ हजार १ सय ११ र उपविजेताले ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रतियोगिताको फाइनल खेल आगामाी माघ २ गते हुनेछ ।

अब रोहित चन्द मलेसियन क्लब टी-टीममा

No comments

Jan 11, 2016


पुष २७।  नेपालका डिफेण्डर रोहित चन्द मलेसियन क्लब टी-टीम एफसीमा आवद्ध भएका छन् ।
चन्द सिजन २०१६ का लागि मलेसियन क्लबमा आवद्ध भएका हुन् । आइतबार सम्झौतामा हस्ताक्षर भएको टी-टीम एफसीले जनाएको छ । तर, रकम भने खुलाइएको छैन ।
नौ वर्षअघि स्थापना भएको टी-टीम मलेसिया पि्रमियर लिगमा गत सिजन तेस्रो भएको थियो । चन्दको आवद्धताले लिगमा प्रदर्शन सुदृढ हुने विश्वास लिइएको क्लबको फेसबुक पेजमा लेखिएको छ ।
रोहितले ३० नम्बरको जर्सी लगाउनेछन् । यसअघि उनले इण्डोनिसियाको सुपर लिग खेलेका थिए ।

बैकुण्ठ मानन्धरलाई ‘पृथ्वी खेलाडी पुरस्कार’

No comments
पुष २७। यस वर्षको पृथ्वी खेलाडी पुरस्कारबाट दक्षिण एसियाली खेलकुदका कीर्तिमानी धावक बैकुण्ठ मानन्धर सम्मानित भएका छन् ।
राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्म जयन्तीको अवसरमा प्रदान गरिने पृथ्बी पुरस्कारबाट दक्षिण एसियाली खेलकुदका ३ पटकका स्वर्ण पदक विजेता मानन्धरलाई सम्मानित गरिएको हो ।
justify;">उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री कमल थापाले मानन्धरलाई २ लाख रुपैयाँ नगदसहित सम्मानित गरे । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल सम्बद्ध राष्ट्रिय खेलकुद संघले हरेक वर्ष यो पुरस्कारबाट एकजना खेलाडीलाई सम्मानित गर्दै आएको छ ।
गत वर्ष पृथ्वी पुरस्कार राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान राजु शाक्यलाई प्रदान गरिएको थियो ।
पुरस्कृत ब्यक्तित्व मानन्धरले सम्मानले योगदानको कदर गर्नुका साथै भावी पुस्तालाईसमेत खेल क्षेत्रमा लाग्न प्रेरित गर्ने धारणा ब्यक्त गरे ।
पुरस्कार प्रदान गर्दै मन्त्री थापाले पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसको रुपमा मनाउन र सार्वजनिक बिदा दिन पहल भईरहेको बताए ।

फिदिम स्पोर्टिङ क्लव सेमिफाइनलमा

No comments
पुष २७। डिफेन्डिङ च्याम्पियन फिदिम स्पोर्टिङ क्लव पाँचथरको फिदिममा जारी पूर्वाञ्चल स्तरीय वाईवाई सातौं फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनमा प्रवेश गरेको छ ।
भएको खेलमा माइभ्याली क्लव इलामलाई २–० गोलले पराजित गर्दै फिदिम स्पोर्टिङ क्लव सेमिफाइनलमा पुगेको हो ।
आज  विर्तामोड यूनाइटेड झापा ११ र केएसएस ताप्लेजुङबीच प्रतिस्पर्धा हुने छ ।
प्रतियोगिताको विजेताले १ लाख ११ हजार १ सय ११ र उपविजेताले ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछन् ।
प्रतियोगितामा नेपाल र भारतका गरी ८ टिम सहभागी रहेका छन् ।

प्रशिक्षक जिदानको पहिलो खेल, बेलको हृयाट्रिक

No comments

Jan 10, 2016

पुष २६। प्रशिक्षकका रुपमा जिनेदान जिदानको पहिलो खेलमा रियल मड्रिडले ग्यारेथ बेलले हृयाट्रिकको मद्दतमा डिपोर्टिभोमाथि सहज जित हात पारेको छ ।
शनिबार राति भएको खेलमा रियल मड्रिडले डिपोर्टिभोलाई ५-० गोल अन्तरले पराजित गरेको हो ।
रियल मड्रिडले १५ औं मिनेटमा करिम बेन्जिमाको गोलबाट अग्रता लिएको थियो । क्लबका लागि लिगमा उनको यो १०० औं गोल थियो ।
२२ औं मिनेटमा बेलले खाता खोले । दोस्रो हाफको चौथो मिनेटमा नै व्यक्तिगत दोस्रो गोल गरेका बेलले ६३ औं मिनेटमा हृयाट्रिक पुरा गरे ।
खेलको अन्तिममा बेन्जिमाले दोस्रो गोल गरेपछि रियल मड्रिड ५-० गोल अन्तरले विजयी भएको छ ।
जितसँगै रियल मड्रिडले तेस्रो स्थानमा रहेको ४० अंक भएको छ र लिग लिडर बार्सिलोना भन्दा २ अंकले मात्र पछाडि छ । तर, रियलले एक खेल बढी खेलेको छ ।
Don't Miss

Translate

Shreeji Media © All Rights Reserved 2025
Design By KpCat