August 2015

भाद्र १४। सुशान्त चिपल्कट्टी स्मृति एसियाली जुनियर ब्याडमिन्टन च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली सोमबार भारतको पुना जाँदैछ ।
सेप्टेम्बर ३ देखि ६ तारिखसम्म हुने च्याम्पियनसिपमा समान ३-३ पुरुष/महिला गरी ६ नेपाली खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । पुरुषमा दीपेश धामी, नविन श्रेष्ठ र गौतम कठायत तथा महिलामा जेसिका गुरुङ, सुनैया मुखिया र मेघा चन्द रहेका छन् ।
दीपेश र गौतम भरातकै बैंगलारुको छुट्टाछुट्टै स्थानमा प्रशिक्षणमा रहेकाले दुवै त्यतैबाट प्रतियोगितामा सहभागी हुने नेपाल ब्याडमिन्टन संघका महासचिव रामजीबहादुर श्रेष्ठले जानकारी गराए ।
नेपाली खेलाडीले पुरुष/महिला सिंगल्स र डबल्स तथा मिक्स गरी ५ स्पर्धामा भाग लिने छन् । प्रतियोगिताको कूल पुरस्कार राशी १५ हजार अमेरिकी डलर रहेको छ ।
सन् २०१३ मा भएको उक्त च्याम्पियनसिपमा दीपेश पि्रक्वाटरफाइनलमा पुग्ने नै नेपाली खेलाडीको सबैभन्दा ठूलो उपलब्धी हो ।
प्रशिक्षकमा मेघराज कठायत छन् भने अनुपरत्न शाक्यले निणर्ायकको भूमिका निर्वाह गर्नेछन् । टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष लामा टेन्डी शेर्पाले आइतबार एक कार्यक्रमबीच बिदाइ गरे ।

भाद्र १४। इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाइटेडले पहिलो हार व्यहोरेको छ ।
आइतबार राति भएको खेलमा स्वान्सीले एक गोलले पछि परेको अवस्थामा उत्कृष्ट पुनरागमन गर्दै म्यानचेष्टर युनाइटेडलाई २-१ ले पराजित गरेको हो ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर, दोस्रो हाफको सुरुमा नै म्यानचेष्टर युनाइटेडले अग्रता लियो । ४८ औं मिनेटमा माटाल गोल गरे ।
काउन्टर अट्याकमा स्वान्सीका आन्द्रे अयूले ६१ औं मिनेटमा बराबरी गोल फर्काए । त्यसको पाँच मिनेटपछि नै गोमिसले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए ।
सुरुवाती तीन खेलमा एक गोल खाएको थियो । तर, स्वान्सीले त्यसलाई तोडेको छ । खेलपछि म्यानचेष्टर युनाइटेडका प्रशिक्षक लुइस भानगालले खेलको ८५ मिनेट आफ्नो नियन्त्रणमा राखेको तर, ५ मिनेट गुमाउँदा हार व्यहोरेको बताएका छन् ।
लिगमा सुरुवाति दुई खेल जितेको युनाइटेड पछिल्लो खेलमा न्यूक्यासलसँग गोलरहित बराबरीमा रोकिएको थियो ।

भाद्र १४। एसीसी यू-१९ प्रिमियर क्रिकेटमा नेपालले मलेसियालाई ७५ रनमा समेटेको छ । नेपालले केहीबेरमा जवाफी व्याटिङ गर्नेछ ।
बायोमास ओभलमा टस जितेर पहिले व्याटिङ गरेको मलेसिया ३८ ओभरमा ७५ रन जोड्दा अलआउट भयो ।
उसका लागि पवनदिप सिंहले सर्वाधिक १७ रन बनाए  । नेपालका आरिफ शेखले १० ओभरमा ३ मेडन राख्दै १८ रन दिएर ४ विकेट लिए । दिपेश श्रेष्ठ र दिपेन्द्रसिंह ऐरीले समान २/२ विकेट लिए ।
पहिलो खेलमा यूएईविरुद्ध फराकिलो जित हात पारेको नेपाल दोस्रो खेलमा अफगानिस्तानसँग १० विकेटले पराजित भएको थियो ।


भद्र १२।  नेपालले १९ वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ । एन्फा कम्लेक्स सातदोबाटोमा शनिबार भएको फाइनलमा भारतलाई टाइब्रेकरमा ५–४ ले हराउँदै नेपालले उपाधि जितेको हो ।
यसअघि निर्धारित ९० मिनेटमा दुवै टिमले एक एक गोल गरेका थिए । ३१ औं मिनेटमा तेज तामाङले गरेको गोलबाट नेपालले लिएको अग्रता खेल सकिन ३ मिनेट मात्र बाँकी हुँदा गुमाएको थियो ।
८७ औं मिनेटमा दिनेश राजबंशीले डी बक्सभित्र हातले बल छोएपछि पाएको पेनाल्टीलाई सदुपयोग गर्दै भारतका सहबाजले बराबरी गोल फर्काएका थिए । जितसँगै नेपालले डेढ हप्ता अघि १६ वर्षमुनिको साफ च्याम्पियनसिपमा व्यहोरेको हारको बदला पनि लिएको छ । बंगलादेशमा भएको १६ वर्षमुनिको साफ च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल भारतसित हारेको थियो ।

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.