यसै सिजन बार्सिलोना छाडेर पिएसजी गएका स्टार फरवार्ड नेइमारमा स्पोट्र्स सुको क्रेज देखेर ‘कम्प्लेक्स म्यागजिन’ले उनलाई स्निकर सपिङ सिरिजका लागि छनौट गरेको छ । कम्प्लेक्स म्यागजिनले चलाएको सपिङ सिरिजमा नेइमारले १९ लाख १८ हजार रुपैयाँ बराबरको जुत्ता किनेका थिए ।
यति पैसाको जुत्ता किनेपछि प्रतिसाता करोडौं पारिश्रमिक पाउने नेइमार किनमेलको अर्को चरणमा प्रवेश गरेका गरेका छन् ।
जुत्ताका सौखिन नेइमारले गत वर्ष पनि नाइक र जोर्डनसँग मिलेर आफ्नै किसिमको जुत्ता एयर जोर्डन हाइपरभेनोम–२ लाई अन्तर्राष्ट्रिय बजारमा ल्याएका थिए । नाइक र जोर्डनसँगको सहकार्यमा नेइमारले ‘एयर जोर्डन भी’नेयमार’ ब्रान्डको जुत्तासमेत निर्माण गरेका थिए ।
The post जुत्ताका सौखिन नेइमार : जसले किने एकैपटकमा १९ लाखको जुत्ता ! appeared first on Taja nepali news.
http://ift.tt/eA8V8Jस्पेनिस ला लिगामा रियल मड्रिडले महत्त्वपूर्ण जित निकालेको छ । भर्खरै सकिएको खेलमा रियल मड्रिडले गेटाफेलाई उसकै घरमा २–१ ले हराएको हो ।
लिगको आठौं खेल खेल्न गेटाफेको मैदानमा उत्रिको रियलका करिम बेन्जिमाले खेलको ४०औं मिनेमा गोल गरेका थिए । पहिलो हाफमा १–० अको अग्रता लिएको रियलविरुद्ध खेलको ५६औं मिनेटमा गेटाफेका मोलिनाले बराबरी गोल फर्काए ।
त्यसपछि केही दबाबमा देखिएको रियलका लागि खेलको ८५औं मिनेमा स्टार रोनाल्डोले गोल गर्दै जित दिलाए । रोनाल्डोको यो नयाँ सिजनको पहिलो गोल पनि थियो ।
यो जितसँगै रियल मड्रिड अंक तालिकामा दोस्रो स्थानमा उक्लेको छ । उसले आठ खेलबाट १७ अंक जोडेर दोस्रो स्थान लिएको हो । रियल अब शीर्ष स्थानको बार्सिलोनाभन्दा मात्रै ४ अंकले पछाडि छ ।
तर, आजै राति बार्सिलोना र एथ्लेटिको मड्रिडको पनि खेल भएकोले उक्त खेल जिते बार्सिलोनाले अंक दूरी बढाउने छ ।
आजै भएको एथ्लेटिको बिल्बाओ र सेभिल्लाबीचको खेला सेभिल्ला हार्दा रियललाई फाइदा पुगेको हो । सेभिललाको हारपछि रियलले उसलाई १ अंकले पछि पार्दै अंक तालिमा दोस्रो स्थान लिएको हो ।
The post रोनाल्डोको सिजनको ‘पहिलो र निर्णायक’ गोलले रियल मड्रिड विजयी, उक्लियो दोस्रो स्थानमा appeared first on Taja nepali news.
http://ift.tt/eA8V8Jकाठमाडौं । अाईसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपाल र हङकङ बिचको खेल सुरु भएको छ ।हङकङ पुरानै प्रतिद्वन्द्वी भए पनि वर्तमान नेपाली खेलाडीलाई हङकङको भूमि नयाँ हुनेछ । हाल नेपाली टोलीमा रहेकामध्ये मात्र तीन खेलाडीले हङकङमा खेलेका छन् । कप्तान पारस खड्का र शरद भेषावकरले सन् २००५ मा हङकङमा खेलेका थिए । यसै वर्ष युवा स्पिनर सन्दीप लामिछानेले पनि हङकङमा प्रतियोगिता खेले । त्यस बाहेकका नेपाली खेलाडीलाई हङकङको पिचको अनुभव छैन । हेर्नुस् लाईभ भिडियो
शीर्ष चारमा परेर विश्वकप छनोटको सम्भावना कायमै राख्न नेपाललाई बाँकी सबै खेल जित्नु बाध्यता छ । शीर्ष दुईमा रहेका नेदरल्याण्ड्स (१८) र पपुवा न्यूगिनी (१६) ले विश्वकप छनोटमा स्थान पक्का गरिसकेका छन् । स्कटल्याण्ड (१५), केन्या (१२), हङकङ (११) र नेपाल (८) दुई स्थानका लागि प्रतिस्पर्धामा छन् अन्तिम चरणमा नेपालले यूएई, केन्याले स्कटल्याण्ड र हङकङले पपुपा न्यूगिनीसँग खेल्नेछ ।
यस्तो छ नेपाली टिम : पारस खड्का, ज्ञानेन्द्र मल्ल, शरद भेषावाकर, सुशील कँडेल , ललित सिंह भण्डारी, सन्दिप लामिछाने, आरिफ शेख, सुशन भारी, सागर पुन, दिपेन्द्र सिंह ऐरी, बसन्त रेग्मी, करण केसी, विनोद भण्डारी, सोमपाल कामी र नरेश बुढाऐर
The post विश्व क्रिकेट लिग: नेपाल र हङकङ बिचको खेल सुरु ( लाईभ भिडियो हेरौ ) appeared first on Taja nepali news.
http://ift.tt/eA8V8Jअसोज २६, काठमाडौँ | आगामी बर्ष २०१८ मा रुसमा हुने विश्वकप फुटबलका लागि अहिलेसम्म २३ देश छनोटमा परेका छन् भने यसअघि विश्वकप खेलेका ७ राष्ट्र छनोटमै फालिएका छन् ।
युरोपबाट १० राष्ट्र
अब हुने विश्वकप फुटबल खेलका लागि आयोजक राष्ट्र रुस सहित युरोपका १० राष्ट्र सहभागी हुने पक्का भएको छ । युरोपबाट आयोजक राष्ट्र रुस, जर्मनी, बेल्जियम, इंग्ल्याण्ड, स्पेन, फ्रान्स, आइसल्याण्ड, पोल्याण्ड, पोर्चुगल र सर्विया रहेका छन् ।
दक्षिण अमेरिकाबाट ४ राष्ट्र
अब हुने विश्वकप फुटबल खेलका लागि अहिलेसम्म दक्षिण अमेरिकाका ४ राष्ट्रले आफ्नो स्थान सुरुक्षित गरेका छन् जसमा ब्राजिल, अर्जेन्टिना, कोलम्बो र उरुग्वे रहेका छन् ।
अफ्रिकाबाट २ देश छानिए
अब हुने विश्वकप फुटबल खेलका लागि अहिलेसम्म अफ्रिकाबाट २ राष्ट्र छनोट भएका छन् जसमा नाइजेरिया र इजिप्ट रहेका छन् ।
पानामा पहिलो पटक विश्वकपमा
विश्वकप फुटबल २०१८ का लागि अहिलेसम्म कन्काकाफबाट ३ राष्ट्र छनोट भएका छन् जसमा मेक्सिको, कोस्टारिका र पानामा रहेका छन् । यी तीन देश मध्ये पानामाले पहिलो पटक विश्वकपको यात्रा तय गरेको छ । छनोट खेलमा पानामा विश्वकप २०१८ मा छानिएको हो । छनोटको अन्य खेलमा पानामा र होन्डुरस विजयी भएपछि अमेरिका बाहिरिएको हो । पानामाले छनोट भइसकेको कोस्टारिकालाई २–१ ले पराजित गर्दा शीर्ष स्थानको मेक्सिको होन्डुरससँग ३–२ ले पराजित भएको थियो । यस नतिजापछी पानामा तेस्रो स्थान कब्जा गर्दै स्वतः छनोट भएको हो ।
एसियाबाट ४ देश छानिए
एसियाबाट विश्वकप २०१८ का लागि ४ देश छनोट भएका छन् । एसियाका इरान, जापान, साउदी अरेविया र दक्षिण कोरिया विश्वकपमा छनोट भएका हुन् ।
कुन-कुन देश बाहिरिए ?
त्यस्तै विश्वकपमा छनोट नभएका राष्ट्रहरुमा नेदरल्यान्ड्स, वेल्स, चिली, अमेरिका, घाना, चीन र इराक रहेका छन् ।
The post विश्वकप फुटबलका लागि २३ देश छनोट, विश्वकप खेलेका ७ राष्ट्र छनोटमै फालिए (सुची सहित) appeared first on Taja nepali news.
http://ift.tt/eA8V8Jअसोज २५ – अर्जेन्टिना आउँदो वर्ष रुसमा हुने विश्वकप फुटबलका लागि छनौट भएको छ । दक्षिण अमेरिकी क्षेत्रको छनौट अन्तर्गत बुधबार बिहान भएको इक्वेडरसँगको निकै महत्वपूर्ण खेलमा ३–१ को जित निकाल्दै अर्जेन्टिनाले विश्वकपमा स्थान पक्का गरेको हो । एक खेल बाँकी हुँदा छनौट नहुने खतरामा रहेको अर्जेन्टिना स्टार खेलाडी लियोनल मेस्सीको उत्कृष्ट प्रदर्शनको बलमा विश्वकपमा स्थान बनाउन सफल भएको हो ।
अर्जेन्टिनाको जितमा तीनै गोल मेस्सीले गरे । पहिलो मिनेटमा नै इक्वेडरका इबाराले गोल गरेपछि अर्जेन्टिना पछि परेको थियो । तर ११ औं मिनेटमा मेस्सीले अर्जेन्टिनाका लागि बराबरी गोल फर्काए । त्यसको सात मिनेटपछि व्यक्तिगत दोस्रो गोल गर्दै मेस्सीले अर्जेन्टिनालाई २–१ को अग्रता दिलाए ।
पहिलो हाफमा दुई गोल गरेका मेस्सीले ६२ औं मिनेटमा सुन्दर गोल गर्दै ह्याट्रिक पूरा गरे । मेस्सीको ह्याट्रिकले अर्जेन्टिनालाई रुस यात्रा तय गर्न सजिलो बनायो । दक्षिण अमेरिकी क्षेत्रका १० देश मध्ये शीर्ष चारमा हरने टिमले विश्वकपमा सोझै स्थान बनाउँछन् । पाँचौं स्थानमा रहने टिमले प्ले–अफ खेल्नु पर्छ । अर्जेन्टिना २८ अंकसहित तेस्रो स्थानमा रहँदै विश्वकपका लागि छनौट भएको हो ।
The post मेस्सीको ह्याट्रिक, विश्वकपमा छानियो अर्जेन्टिना appeared first on Taja nepali news.
http://ift.tt/eA8V8Jकाठमाडौं । एएफसी एसियन कप फुटबल छनोट अन्तर्गतको नेपाल र ताजकिस्तान बिचको खेल अब केही बेरमा सुरु हुनेछ । घरेलु मैदानमै ताजिकिस्तानसँग पराजित भएको नेपालले ताजिकिस्तानलाई पनि उसैको मैदानमा हराउने लक्ष्य राखेको छ। ताजकिस्तानसँगको खेल जित्न नसकेमा नेपालको शीर्ष दुईमा परेर एसिया कपमा छनौट हुने संभावना लगभग सकिने छ । चार टिम सहभागी समूह ‘एफ’ मा तीन खेलबाट एक अंकमात्र जोडेको नेपाल पुछारमा छ । एक महिनाअघि एन्फा कम्लेक्स सातदोबाटो ललितपुरमा भएको खेलमा नेपाललाई हराएको ताजकिस्तान तीन अंकसहित तेश्रो स्थानमा छन् । हेर्नुस् लाईभ भिडियो…
सात अंक जोडेको फिलिपिन्स पहिलो र पाँच अंकसहित यमन दोश्रो स्थानमा छन् । आजको खेलपछि नेपालले फिलिपिन्ससँग काठमाडौंमा र यमनसँग उसकै मैदानमा खेल्न बाँकी हुन्छ ।
नेपालका कप्तान विराज महर्जनले ताजिकिस्तानविरुद्धको खेल निकै कठिन हुने बताए । ‘ताजिकिस्तानमा निकै बलिया खेलाडी छन् । प्रशिक्षकले भनेझैं हामी ३ अंककै लागि आएका हौं, ’ उनले थपे, ‘हामीले खेलमा पाएको मौकाको सदुपयोग गरेर आयोजक टोलीमाथि दबाब सिर्जना गर्ने प्रयास हुनेछ ।’
नेपालले अब अर्को खेल फिलिपिन्ससँग आगामी नोभेम्बर १४ मा घरेलु मैदानमा खेल्नेछ । यमनसँगको अवे खेल आगामी वर्ष मार्च १८ मा खेलिनेछ । समूहमा समावेश प्रत्येक टोलीसँग ‘होम एन्ड अवे’ प्रणालीमा खेलिने छनोट प्रतियोगिताका शीर्ष दुई टोली सन् २०१८ मा युनाइटेड अरब इमिरेट्स (यूएई)मा हुने एसिया कपका लागि सीधै छनोट हुनेछन् ।
यस्तो छ टिम : किरणकुमार लिम्बु, एलन न्याैपाने, बिकेश कुथु, बिराज महर्जन, देवेन्द्र तामाङ, अनन्त तामाङ, दिनेश राजवंशी, जितेन्द्र कार्की, आदित्य चौधरी, कमल श्रेष्ठ, राजेन्द्र रावल, सुनिल बाल, हेमन गुरुङ, रोहित चन्द, बिक्रम लामा, बिशाल लाई, हेमन्त थापामगर, सुजल श्रेष्ठ, बिमल घर्तीमगर, जर्ज प्रिन्स कार्की, नवयुग श्रेष्ठ, भरत खवास र अञ्जन विष्ट
The post एसिया कप छनौट : नेपाल र ताजकिस्तान बिचको खेल अब केही बेरमा सुरु हुने ( लाईभ भिडियो हेरौ ) appeared first on Taja nepali news.
http://ift.tt/eA8V8J