नेपाली युवा स्ट्राइकर विमल घर्ती मगर भारतीय आइ लिग क्लब मोहन बगानसँग आबद्ध भएका छन्। थ्री स्टारसँग आबद्ध भएर टोलीलाई इटहरी गोल्डकप जिताउन महत्वपूर्ण भूमिका निभाएका मगरले यस सिजनको अन्त्यसम्म मोहन बगानसँग सम्झौता गरेका हुन्।
विमल अब थ्री स्टारको टोलीसँग आहा-रारा गोल्डकपका नखेली भारत प्रस्थान गर्ने कार्यक्रम रहेको छ। उनी सोमबारदेखि प्रशिक्षणमा संलग्न हुने भएका छन् ।
कलकत्ताको मोहनबगान अहिले ११ खेलबाट १७ अंकसहित तालिकाको चौथो स्थानमा छ । अब विमलले बाँकी सिजन मोहनबगानबाट खेल्नेछन् । आई लिग मार्चसम्म चल्नेछ ।
यसअघि विमलले युरोपका केही क्लबहरुसँग ट्रायल पनि दिएका थिए। उनले डच क्लब ट्वेन्टेसँग २ साता प्रशिक्षण गरेका थिए भने बेल्जियम क्लब एन्डरलेक्टसँग लामो समय आबद्ध भई राम्रो अनुभव बटुलेका थिए। विमलले १४ वर्षको उमेरमै नेपालको लागि राष्ट्रिय टोलीबाट खेलेका थिए।
यसअघि पछिल्लो पटक पूर्व फरवार्ड हरि खड्काले मोहन बगानबाट खेलेका थिए। खड्काले १९९८ मा अन्तिम पटक खेलेका थिए। त्यसअघि नेपालका पुर्वस्टार डिफेन्डर पारस चौधरी पनि मोहन बगानमै आवद्ध थिए।
भारतीय क्लब मोहुन बगानसँग आबद्ध भएका नेपाली स्टाइकर विमल घर्ती मगर आज भारतीय पत्रकारहरुसँग पत्रकार सम्मेलनमा सहभागी भएका छन् । सोमबारै भद्रपुरबाट विमल कोलकाता पुगेका हुन् ।
विमलले टोलीको अर्को लिग खेलमा डेब्यु गर्ने बलियो सम्भावना छ । विमलको टोली मोहुन बगानले आगामी शनिबार सिलोङ लाजोङसँग खेल्दैछ । पत्रकार सम्मेलनमा भारतीय पत्रकारले विमललाई दिल्ली डेरडेभिल्सबाट आइपिएल खेल्न लागेका क्रिकेटर सन्दिप लामिछानेका बारेमा पनि सोधेका थिए ।
भिडियो हेर्नुहोस्:
The post भारतमा विमलको पत्रकार सम्मेलन। हिन्दि मै दीए प्रश्न को जवाफ (हेर्नुहोस भिडियो सहीत) appeared first on Taja nepali news.
http://ift.tt/eA8V8Jसन्दीप लामिछानेको सुरुवाती मूल्य २० लाख भारु तोकिएको थियो र दिल्लीले २० लाख भारुमै किन्यो । आइपिएल खेल्ने पहिलो नेपाली खेलाडी बनेपछि सामाजिक सञ्जालमा सन्दीपलाई बधाइ दिनेको ओइरो लागेको छ ।
17-year-old sensation with a knack for picking up wickets, @IamSandeep25 will be vying to do his country proud come the Vivo IPL season! #IPLAuction #DilDilli pic.twitter.com/1B7gvbShut
— Delhi Daredevils (@DelhiDaredevils) January 28, 2018
सन्दीपलाई किनेको दिल्लीले सन्दीपलाई आफ्नो क्लवबाट खेलाउन पाउनु निकै खुसीको कुरा भएको बताएको छ । दिल्लीले ट्वीटमा भनेको छ ‘सन्दीप आइपिएल खेल्ने पहिलो नेपाली खेलाडी बनेका छन् १७ वर्षको लेग स्पिनरलाई स्वागत गर्न पाउनु हाम्रा लागि निकै खुसीको कुरा हो ।’
I filmed this on September 24, 2016. Michael Clarke @MClarke23 talking about Sandeep Lamichhane @IamSandeep25 during his first game for Western Suburbs in Sydney Grade Cricket – he just got bought by @DelhiDaredevils in the @IPL #IPLAuction #Nepal #Delhi pic.twitter.com/78u8XvwkRU
— Paul Cochrane (@paulcochrane) January 28, 2018
The post दिल्लीले भन्यो- नेपालका सन्दीपलाई किन्न पाउनु हाम्रा लागि सुखद, हेर्नुहोस कस कसले के के भने .. appeared first on Taja nepali news.
http://ift.tt/2hN33xS१४ माघ, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले नेपाली खेलाडी सन्दिप लामिछाने आईपीएल टिम दिल्ली डेर डेभिल्समा आवद्ध भएकोमा खुशी व्यक्त गरेका छन् ।
आइतबार अपरान्ह ट्विटरमार्फत उनले सन्दिपलाई बधाई दिँदै नेपाली क्रिकेट खेलाडीका लागि गर्वको क्षण भएको उल्लेख गरेका छन् ।
‘सबै नेपाली, नेपाली क्रिकेट खेलाडीहरु, नेपाली क्रिकेटका क्रेजी फ्यान सबैलाई बधाई छ, आजको दिन नेपाली क्रिकेटका लागि गर्वको क्षण हो, स्याबास सन्दिप ।’ उनले भनेका छन् ।
The post सन्दिपलाई बधाई दिँदै पारसले भने – यो नेपाली क्रिकेटको गर्वको क्षण हो appeared first on Taja nepali news.
http://ift.tt/eA8V8Jकाठमाडौं। नेपाली स्पिनर सन्दिप लामिछाने इण्डियन प्रिमियर लिग खेल्ने पहिलो खेलाडी बनेका छन् । दिल्ली डेयरडेभिल्सले उनलाई उनको बेस मूल्य २० लाखमा किनेको छ ।
दिल्ली डेयरडेभिल्समा उनी भारतीय दिग्गज खेलाडी गौतम गम्भीरको कप्तानीमा खेल्नेछन् । दिल्लीले गम्भीरलाई कप्तान घोषित गरिसकेको छ । सन्दिपका कोच अस्ट्रेलियाका दिग्गज खेलाडी रिकी पोन्टिङ हुनेछन् । उनले दिल्लीको टिमबाट आइपिएलको प्लेइङ ११ मा खेल्न पाउने सम्भावना अधिक छ ।
The post सन्दिप लामिछाने बने आइपिएल खेल्ने पहिलो नेपाली खेलाडी, यस्ता दिग्गजसँग खेल्नेछन् appeared first on Taja nepali news.
http://ift.tt/eA8V8Jबैंगलोर। इण्डियन प्रिमियर लिग (आइपिएलमा) भारतीय टिमका पूर्वकप्तान महेन्द्र सिंह धोनीको टिम चेन्नइ सुपर किंग्स सबैभन्दा बुढो टिम भएको छ । टि–२० खेलमा युवा खेलाडीहरुलाई सबैभन्दा उपयुक्त मानिने भएपनि चेन्नइ भने ठिक उल्टो बुढाहरुको टिम बनेको छ । चेन्नइलाई आइपिएल ११ को सबैभन्दा पाको टिक मानिएको छ ।
यो टिमका कप्तान धोनी स्वयं ३६ वर्षका छन् । धोनीको अगुवाइमा यो टिक २ पटक आइपिएल विजेता भएको छ । टिमका ११ खेलाडीको औसत उमेर ३४ वर्ष छ । टिमका १० खेलाडी ३० वर्षभन्दा बढी उमेरका छन् । चेन्नइमा सबैभन्दा पाका खेलाडी दक्षिण अफ्रिकाका इमरान ताहिर छन् जसको उमेर ३८ वर्ष छ ।
टिममा सबैभन्दा कम उमेरका खेलाडी रविन्द्र जडेजा छन् जसको उमेर २९ वर्ष छ । टिममा ३१ वर्षका सुरेश रैना, ३६ वर्षका शेन वाटसन, ३६ वर्षका ड्वेन ब्राभो, ३६ वर्षका हरभजन सिंह, ३२ वर्षका केदार जाधव, ३२ वर्षका अम्बाती रायडु, ३३ वर्षका फाफ डुप्लेसिस, ३० वर्षका कर्ण शर्मा छन् । लिलामीमा पाका खेलाडीहरु नबिकिरहेका बेला चेन्नइले भने बुढा खेलाडीहरु थुपारिरहेको देख्न धेरैले आश्चर्य मानेका छन् ।
The post चेन्नइ आइपिएलको सबैभन्दा बुढो टिम, टप १० खेलाडीको उमेर ३० वर्ष माथि appeared first on Taja nepali news.
http://ift.tt/eA8V8J