Latest Post

असार १७ । एएमए इभेन्ट्स प्रालिको आयोजनामा राजधानीमा प्रथम नेपाल फुटसल प्रिमियर लिग प्रतियोगिता आयोजना हुने भएको छ ।

काठमाडौं, ललितपुर र भक्तपुरमा रहेका फुटसल केन्द्रहरुले सहभागिता जनाउने उक्त लिग आगामी साउन १० गतेदेखि चार महिनासम्म सन्चालन हुनेछ ।

प्रतियोगितामा फुटसल केन्द्रका टोलीलेमात्र सहभागिता जनाउन पाउने र सहभागी टोलीहरुमध्येबाट उत्कृष्ट १६ टोली छनोट गरी ‘होम एन्ड अवे’को अवधारणामा लिग खेलाउने आयोजकको भनाइ छ ।

लिगको अन्त्यमा अंक तालिकामा शीर्ष स्थान ओगट्ने टोलीले विजेताकोरुपमा १० लाख रुपैयाँ र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

यस्तै, आफ्नो विधामा उत्कृष्ट हुने खेलाडीले जनही ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रत्योगितामा सहभागी हुने हरेक टोलीले १ जनासम्म ‘ए’ डिभिजन खेल्ने खेलाडी सहभागी गराउन पाउनेछन् ।

कार्यक्रमका संयोजक विवेक गौतमले फुटसल प्रिमियर लिग निकै महत्वकांक्षी योजना भएपनि आफूहरुले सम्पूर्ण तयारी गरेका कारण प्रतियोगिता सफल हुने दाबी गरेका छन् । 

असार १७।  स्पेनिस क्लव बार्सिलोनाका सुपरस्टार नेइमार र बार्यन म्यूनिखका डग्लास कोष्टा आसन्न रियो ओलम्पिकका लागि बढि उमेरको खेलाडीको रुपमा ब्राजिलियन टोलीमा छनौट भएका छन् ।
२३ बर्षमुनिको ओलम्पिक टोलीमा तीन खेलाडी बढि उमेरको राख्न पाउने नियम अनुसार ब्राजिलले घोषणा गरेको टोलीमा अर्का खेलाडी पाल्मेइरासका गोलरक्षक फर्नाण्डो प्रासपनि परेका छन् ।
ब्रजिलियन फुटबलको महारथी टोली सान्तोसका युवा स्ट्राइकर ग्याब्रियल बार्बोसापनि टोलीमा समाबेश गरिएका छन् । बार्बोसाले गत महिना ब्राजिलको राष्ट्रिय टोलीबाट डेब्यू गर्दै गोलसमेत गरेका थिए ।
ब्राजिलको उमेरसमूहको टोलीका प्रशिक्षक रोगेरियो मिकेलले टोलीको प्रशिक्षण गर्नेछन् । कोपा अमेरिकाको समूह चरणबाटै बाहिरिएपछि नियमित प्रशिक्षक डुंगा बर्खास्तीमा परेका थिए ।
बुधबार घोषणा गरिएको ब्राजिली ओलम्पिक टोली यस्तो छ ।
गोलकिपरः फर्नाण्डो प्रास र विल्सन
डिफेण्डरः मार्क्विन्होस, लुवान, रोड्रिगो काइयो, जेका, विलियम र डग्लास सान्तोष
मिडफिल्डरः थियागो माइया, रोड्रिगो डोउराडो, फ्रेड, राफिन्हा र फिलिप एण्डरसन
स्ट्राइकरः नेइमार, डग्लास कोष्टा, ग्याब्रियल जेसस, ग्याब्रियल बार्बोसा र लुआन

 असार १७।  पोल्याण्डलाई टाइब्रेकरमा ५-३ ले पराजित गर्दै पोर्चुगल युरोकप २०१६ को सेमिफाइनलमा प्रवेश गरेको छ । पोर्चुगल सेमिफाइनलमा पुगेको यो चौथो पटक हो ।
निर्धारित समय र अतिरिक्त समयको खेल १-१ को बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो ।
पोर्चुगलका गोलरक्षकले रुई प्याट्रिसियाले पोल्याण्डका ज्याकुब ब्लासचोकोब्स्कीको पेनाल्टी रोके भने रिकार्डो करिज्माले विजयी पेनाल्टी गोल गरे ।
यसअघि निर्धारत समयको खेलमा पोल्याण्डले दोस्रो मिनेटमा नै रोबर्ट लेभान्डोस्कीको गोलबाट अग्रता लिएको थियो । तर, ३३ औं मिनेटमा रेनाटो सान्चेसले बराबरी गोल गरे ।
सेमिफाइनलमा पुग्ने क्रममा पोर्चुगलले एउटा खेल पनि निर्धारित समयमा जितेको छैन । समूह चरणको तीन वटै खेलमा बराबरी खेलेको पोर्चुगल तेस्रो स्थानमा रहेको उत्कृष्ट चारमा पर्दै नकआउट चरणमा पुगेको थियो । प्रिक्वार्टरफाइनलमा उसले क्रोएसियालाई अतिरिक्त समयमा गोल गर्दै हरनएको थियो ।
इुरोपियन च्याम्पियनसिपमा अहिलेसम्म कुनै पनि टोली यसरी ९० मिनेटको खेलमा नजिति यतिलामो यात्रा गरेको थिएन । अझ रोचक त के भने पोर्चुगलले यो सिंगो प्रतियोगितामा १९ मिनेट मात्र खेलमा अग्रता लिएको छ ।
अब फाइनल प्रवेशका लागि पोर्चुगलले बेल्वियम र वेल्सको खेलको विजेतासँग खेल्नु पर्नेछ ।

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjfkzhO7bGO0Nyjr-N1AwrFWueKcgjQWVtusxtDZeXn1vSKu0KUImgxTnQm82EMGM3XZU7nf-GolGILRCaLMpzYlkoTpOdG4BDmPCjQRaf1-PMpQqyehHJguEq0nG3aIMBEJ-d42VjlGX3G/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.