Latest Post

असार १९।  इटलीलाई पेनाल्टी सुटआउटमा ५-६ ले पराजित गर्दै जर्मनी युरोकप २०१६ को सेमिफाइनलमा प्रवेश गरेको छ । ठूला प्रतियोगिताका फाइनल चरणमा जर्मनीले इटलीलाई हराएको यो पहिलो पटक हो ।
यसअघि विश्वकप र युरोकपमा भएको आठ भेटमा इटली अपराजित रहँदै आएको थियो ।
बोर्डोमा भएको खेलको निर्धारित र अतिरिक्त समयको खेल १-१ गोलको बराबरीमा टुंगिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो ।
जसमा जर्मनीका जोनस हेक्टरले विजयी गोल गरे ।
संयोग पनि कस्तो भने ठूला प्रतियोगितामा भएको नवौं भेटमा इटलीमा पहिलो पटक हराउने क्रममा नवौं पेनाल्टी गोल नै निर्णाायक बन्न पुगेको छ ।
यसअघि टाइब्रेकरमा जर्मनीका थोमस मुलर, ओजिल र स्वाइन्सगाइटर चके । तर, इटलीका पनि जाजा, पेले र बोनुचीले गोल गर्न सकेनन् र २-२ भयो । सडन डेथ लगातार तीन पेनाल्टीमा दुबै टोलीले गोल गरे । इटलीका गिआचेरिनी, पारोला र डि सिलिओले गोल गरे भने जर्मनीका हृयामल्स, किमिच र बोटेङले गोल गरे ।
तर, नवौं प्रहारमा इटलीका डर्मिअन चुके । उनको प्रहार जर्मन गोलकिपर नुयुरले रोके । लगतै जोनस हेक्टरले गोल गर्दै विश्व विजेता जर्मनीलाई युरोपियन च्याम्पियनसिपको अन्तिम चारमा पुर्‍याए ।
जर्मनी ९० मिनेटभित्रै विजयी हुने देखिएको थियो । उसले ६५ औं मिनेटमा ओजिलको गोलबाट अग्रत लिएको थियो ।
तर, ७८ औं मिनेटमा इटलीले पेनाल्टी पायो । जर्मन डिफेण्डर जेरोमी बोटेङले अनावश्यक हृयाण्ड गर्दा उसले पेनाल्टी पाएको थियो, जसमा बोनुचीले गाले गरे । यो उनको करियरमै पहिलो पेनाल्टी गोल थियो ।
निर्धारित ९० मिनेटको खेल १-१ को बराबरीमा सकियो । थपिएको ३० मिनेटको खेलमा पनि दुबै टोलीबाट गोल हुन सकेन । र, निर्णय टाइब्रेकरबाट लिइयो ।
जर्मनीले १९७६ मा चेकोस्लोभाकियासाग हारेदेखि जर्मनी अहिलेसम्म पेनाल्टीमा चुकेको छैन । अब उसले आयोजक फ्रान्स र आइसल्याण्डको विजेतासाग सेमिफाइनल खेल्नेछ ।

युरोकपको सेमिफाइनलमा पोर्चुगल र वेल्सको भेट रोनाल्डो भर्सेस बेल हुनेछ ।
शनिबार विहान लिलेमा भएको खेलमा हजार्डको कप्तानीमा रहेको बेल्जियमको सुरुवात राम्रो थियो । हजार्डसँगै केभिन डि ब्रायेन र लुकाकु सहितको बेल्जियमले १३ औं मिनेटमा नै राड्जा नारिनगोलान्डको गोलबाट अग्रता पनि लियो । तर, यसलार्इ धेरैबेर जोगाइराख्न सकेन ।
३० औं मिनेटमा वेल्सका कप्तान एश्ले विलियम्सले बराबरी गोल फर्काए । तर, खेलको टर्निङ प्वाइन्ट भने ५५ औं मिनेटमा बन्यो, जतिबेला वेल्सका हल रोब्सन कानुले गोल गरे ।
Eden-Hazard
बल पोजिसन बेल्जियमकै पक्षमा थियो र उसले अझै पनि खेलमा र्फकने प्रयास जारी राख्यो । औं मिनेटमा साम भोक्सले गोल गर्दै युरो २०१६ को अन्तिम चारमा वेल्सलाई पुर्‍याए ।
अब हजार्डको युरो १०१६ को यात्रामा पुर्णविराम लागेको छ ।र, सेमिफाइनलमा पोर्चुगल र वेल्स भिड्ने भएका छन् ।

असार १८।  बेल्जियमलाई पन्छाउँदै वेल्स युरोकप २०१६ को नकआउट चरणमा प्रवेश गरेको छ । १९५८ मा विश्श्वकपको क्वार्टरफाइनल खेलेको वेल्सका लागि कुनै पनि ठूलो प्रतियागिताको मा यो नै ठूलो उपलब्धि हो ।
शनिबार विहानै भएको खेलमा वेल्सले बेल्जियमलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।
लिलेमा भएको खेलमा बेल्जियमले राम्रो सुरुवात गरेको थियो । र, १३ औं मिनेटमा नै राड्जा नारिनगोलान्डको गोलबाट अग्रता लिएको थियो ।
तर, यो खेललाई निरन्तरता दिन सकेन । ३० औं मिनेटमा वेल्सका कप्तान एश्ले विलियम्सले बराबरी गोल फर्काए । उनी खेलमा ठूलो शंका थियो, किनकी उनको काँधमा चोट लागेको थियो । तर, बेल्जियमविरुद्ध उनले नै कर्नरमा आएको बलमा हेडमार्फत बराबरी गोल फर्काए ।
पहिलो हाफ १-१ को बराबरीमा सकियो । दोस्रो हाफमा वेल्स हावी भयो । ५५ औं मिनेटमा हल रोब्सन कानुले गोल गरे भने ८५ औं मिनेटमा साम भोक्सले गोल गर्दै युरो २०१६ को अन्तिम चारमा वेल्सलाई पुर्‍याए ।

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjfkzhO7bGO0Nyjr-N1AwrFWueKcgjQWVtusxtDZeXn1vSKu0KUImgxTnQm82EMGM3XZU7nf-GolGILRCaLMpzYlkoTpOdG4BDmPCjQRaf1-PMpQqyehHJguEq0nG3aIMBEJ-d42VjlGX3G/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.