Latest Post

असार 16 । ब्रिटिश खेलाडी एण्डी मरे वर्षको तेस्रो ग्रान्ड स्लाम टेनिस विम्बल्डनको दोस्रो चरणमा प्रवेश गरेका छन् ।
बेलायतको विम्बल्डनमा जारी प्रतियोगिताको पहिलो चरणको खेलमा आफ्नै देशका लियाम ब्रोडीलाई सोझो सेटमा हराउँदै मरे दोस्रो चरणमा पुगेका हुन् ।
खेलमा मरे ६-२, ६-३ र ६-४ को सोझो सेटमा विजयी भए । घाँसे कोर्टमा सञ्चालन हुने वर्षको एकमात्र ग्रान्ड स्लाम टेनिस विम्बल्डनको दोस्रो चरणमा मरेले चाईनिज ताईपेईका यन सेन लुसँग खेल्नेछन् ।
विम्बल्डन टेनिसको पहिलो चरणका अन्य खेलहरुमा विजयी हुँदै स्विट्जरल्याण्डका स्टानिस्लास वावरीङ्का, फ्रान्समा रिचार्ड ग्यास्के र जो विल्फ्रेड सोङ्गा, स्पेनका रामोस भिलानोस र फेलीसीयानो लोपेज पनि दोस्रो चरणमा प्रवेश गरेका छन् ।
उता महिलातर्फ अमेरीकाकी सेरेना विलियम्स र रुसकी स्वेतलाना कुज्नेत्सोभा पनि दोस्रो चरणमा पुगेका छन् ।

असार 16 । यति फ्लोरिङ राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरीले जितेको छ ।

फाइनलमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै सशस्त्रले उपाधि जितेको हो ।

बुधबार राजधानीको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा भएको फाइनलमा सशस्त्रले पुलिसलाई २५–१६, २५–२० र २५–११ ले हरायो ।

प्रतियोगितामा सर्वोत्कृष्ट बन्न सफल सशस्त्रकी सरस्वती चौधरीले १५ हजार तथा बुद्ध एअरको माउन्टेन फ्लाइट टिकट प्राप्त गरिन् ।

यसैगरी, सशस्त्रका खेलाडीहरु नेविका चौधरी उत्कृष्ट सर्भर, उषा विष्ट उत्कृष्ट ब्लकर र बिनीता बुढाथोकी उत्कृष्ट सेटर घोषित भए ।

यस्तै, न्यू डायमन्ड एकेडेमीकी प्रतिभा माली उत्कृष्ट स्पाइक तथा नेपाल पुलिसकी कमला पुन उत्कृष्ट डिफेन्स भइन् । प्रशिक्षकमा सशस्त्रका सुदेश कुमार रिमाल उत्कृष्ट घोषित भए ।

तेस्रो स्थानका लागि भएको खेलमा न्यू डायमन्डले पश्चिमाञ्चललाई २५–१४, २५–१९, २३–२५ र २५–१७ ले हरायो ।

विजेता सशस्त्रले एक लाख, दोस्रो भएको पुलिसले ६० हजार र तेस्रो भएको न्यू डायमन्डले ४० हजार रुपैयाँ पायो ।

असार 16 । ललित स्मृति यु–१८ फुटबल प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ ।

बुधबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको फाइनलमा लुम्बिनी फुटबल क्लबलाई ‘टाइब्रेकर’मा पराजित गर्दै आर्मीले उपाधि जितेको हो ।

निर्धारित् ९० मिनेटको खेलमा १–१ गोलको बराबरी भएपछि सीधै टाइब्रेकरमा निर्णय भएको खेलमा आर्मी ३–१ ले विजयी भएको हो ।

यसअघि, खेलको छैटौं मिनेटमा जनोमलाल लिगलले गोल गर्दै लुम्बिनीलाई प्रारम्भिक अग्रता दिलाएपनि त्यसपछि भने प्रेजेन तामाङले गोल गर्दै आर्मीलाई बराबरीमा ल्याएका थिए ।

१२ टिमले सहभागिता जनाएको प्रतियोगिताको उपाधि जितेसँगै आर्मीले तीन लाख तथा उपविजेता लुम्बिनीले डेढ लाख रुपैयाँ पुरस्कार पाएको छ ।

त्यस्तै, व्यक्तिगततर्फ गोलकिपरमा संकटा क्लबका सुशील बस्नेत, डिफेन्डरमा आर्मीका सुमन अर्याल, मिडफिल्डरमा लुम्बिनीका दामोदर थापा क्षेत्री, फरवार्डमा लुम्बिनीकै जनोमलाल लिगल तथा प्रशिक्षकमा आर्मीका चक्र तामाङ उत्कृष्ट घोषित भएका छन् ।

व्यक्तिगततर्फका उत्कृष्टले जनही १५ हजार रुपैयाँ प्राप्त गरेका छन् । 

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjfkzhO7bGO0Nyjr-N1AwrFWueKcgjQWVtusxtDZeXn1vSKu0KUImgxTnQm82EMGM3XZU7nf-GolGILRCaLMpzYlkoTpOdG4BDmPCjQRaf1-PMpQqyehHJguEq0nG3aIMBEJ-d42VjlGX3G/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.